राप्रपा अध्यक्ष्र लिङ्देन मंगलबार महेन्द्रनगर आउदै
महेन्द्रनगर–राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन महेन्द्रनगर आउने कार्यक्रम तय भएको छ । मंगलबार राप्रपा अध्यक्ष लिङ्देन चुनावि अभियानको क्रममा महेन्द्रनगर आउने भएका हुन् । उनीसंगै राप्रपा नेतृ खुश्बु ओली, राप्रपा सुदूरपश्चिम अध्यक्ष धर्मराज जोशी, पूर्वमन्त्री जयन्त चन्द लगायतका नेताहरु महेन्द्रनगरस्थित महेन्द्रस्मारकमा हुने विशाल आम सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको राप्रपा कञ्चनपुरका एक नेताले बताए । उनका अनुसार राप्रपा जिल्ल अध्यक्ष गजेन्द्र चन्दको सभापतित्वमा हुने आम सभामा निर्वाचन क्षेत्र नं. ३का राप्रपाका उमेदवार पूर्ण बहादुर चन्दले पनि सम्बोधन गर्ने कार्यक्रम रहको छ । धर्मराज जोशी र खुश्बु ओली समानुपातिका उमेदवार हुन् ।
अध्यक्ष लिङ्देनले मंगलबार विहान साढे ९ बजे टिकापुर, साढे १० बजे लम्की, सवा ११ बजे सुख्खड, दिउसो १२ बजे अत्तरीय, पौन १ बजे झला...




















