Advertisement

भीमदत्तद्धारा शिक्षक दरबन्दी मिलान गर्न गठित कार्यदलले बुझायो प्रतिवेदन, एकलाई अपग्रेड ६ लाई मर्ज गर्ने सुझाव

महेन्द्रनगर–भीमदत्त नगरपालिकाले शिक्षक दरबन्दी मिलान, विद्यालय समायोजन तथा विद्यालय व्यवस्थापन सम्बन्धी कार्य गर्न गठन गरेको उच्च स्तरीय कार्यदलले अध्ययन प्रतिवेदन बुझाएको छ । एक महिनाको समयावधि पाएको पूर्व जिल्ला शिक्षा अधिकारी देबीदत्त भट्टको संयोजकत्वको अध्ययन कार्यदलले समयसिमा नसकिदै सोमबार नगर प्रमुख पदम बोगटीलाई ७२ पृष्ठको अध्ययन प्रतिवेदन बुझाएको हो । सामाजिक विकास समितिका संयोजक सुशिल भट्ट, भीमदत्तका निमित्त प्रमुख प्रशासकीय अधिकृत एव शिक्षा शाखा प्रमुख हरिदत्त जोशी लगायतको उपस्थितिमा कार्यदलले नगर प्रमुख बोगटी र नगर उपप्रमुख निलम लेखक जोशीले संयुक्तरुपमा प्रतिबेदन बुझेका छन् ।
उक्त अध्ययन प्रतिवेदनमा शिक्षक दरबन्दी अनुसार विद्यार्थी संख्या नभएका आधा दर्जन विद्यालय समायोजन गर्न सुझाव दिईएको छ । शिक्षक अनुपात अनुसार विद्यार्थी संख्या नभएका विद्यालयलाई समायोजन गर्न सल्लाह दिईएको कार्य दलका सदस्य हरिराज विष्टले बताए ।
‘शिक्षक अनुपातमा विद्यार्थी संख्या जहाँ कम छ, ती विद्यालयका शिक्षक जहाँ विद्यार्थी संख्या अनुसार शिक्षक कम छन त्यहा दरबन्दी मिलान गर्नुपर्छ भन्ने सल्लाह दिएका छौ,’ यसरी हेर्दा शिक्षक दरबन्दी नै काटिदा विद्यालयहरु पनि समायोजन हुनसक्छन, जसमा ४÷६ जति विद्यालय रहेका छन्, नाम चाहि नभनौ ।’
चैत ६ गते पूर्व जिल्ला शिक्षा अधिकारी भट्टको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरिएको थियो । सोमबार मेयर बोगटीले कार्यालय प्रमुख आवाशमा गएर प्रतिवेदन बुझेका छन् ।
कार्य दलका संयोजक भट्टले नगरपालिकाले कार्य दललाई दिएको जिम्मेवारी अनुसार विद्यालयहरुको यथार्थ अवस्था राखेर प्रतिवेदन बनाएको बताए ।
‘हामीलाई जे जे जिम्मेवारी दिइएको थियो, त्यस अनुसार विद्यालयमै पुगेर त्यहाँको वास्तविक अवस्था अध्ययन गरी प्रतिवेदनमा राखेका छौ’ उनले भने,‘प्रतिवेदन आज नगर प्रमुख लाई बझायौँ ।’
पालिका भित्रका सबै सामुदायिक विद्यालयमा पुगेर विद्यार्थी संख्या, भौतिक पूर्वाधार, शिक्षक दरबन्दी लगायतका विषय अध्ययन गरेको कार्य दलका सदस्य हरिराज विष्टले बताए । ‘सबै सामुदायिक विद्यालयहरुमै पुगेर विद्यालयमा विद्यार्थी संख्या, शिक्षक दरबन्दी बारे अध्ययन गरेका छौ,’ उनले भने, ‘फिल्डमा हामीले जे जे देख्यौ सबै कुरा समेटेर सल्लाह सुझाव राखेकाछौ ।’
कार्यदलले शैक्षिकशत्र सुरु हुन लागेकाले समयावधि नसकिदै एक हप्ता अगाडि बझाएको कार्यदल सदस्य नारा जोशीले बताईन् । ५७ विद्यालयमध्ये वडा नं ९ मा पर्ने खल्लाको विद्यालयलाई अपग्रेड गर्नुपर्ने र अन्य २÷४ विद्यालयलाई डाउनसाईज गर्नपर्ने सुझाव प्रतिवेदनमा समेटिएको उनले बताईन् । ‘खल्लाको विद्यालयलाई दुरीको हिसावले अपग्रेड गर्नुपर्ने बाध्यता रहेको छ, नगरपालिकाले स्रोत साधनले सक्छ भने त्यस विद्यालयलाई अपग्रेड गर्न अनिवार्य आवश्यक छ,’ उनले भनिन् ‘विद्यार्थी नै नभएका ४÷६ विद्यालय डाउन साईज गर्नुपर्ने देखिन्छन्, हामीले वास्तविकता जेछ त्यही सल्लाह दिएका छौ गर्ने नगर्ने पालिकाको हातमा छ ।’
प्रतिवेदन तयार गर्नुअघि मापदण्ड अनुसार शिक्षक विद्यार्थी नभएका केही विद्यालयलाई नगरपालिका कार्यालयमा बोलाएर छलफल गरेको थियो । कार्य दलमा नारा जोशी, हरिराज विष्ट, नरेन्द्र सिह भण्डारी, लालमनी पाण्डेय, शिक्षा विकास तथा समन्वय इकाई सदस्य र भीमदत्तको शिक्षा, युवा तथा खेलकूद शाखाका शाखा अधिकृत दिपेन्द्र विष्ट सदस्य सचिव छन्।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...
बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

डडेल्धुरा — बाढी तथा पहिरोलगायत प्राकृतिक विपद्बबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले डडेल्धुरा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

महेन्द्रनगर- सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्र सिंह रावलले बिहीबार भीमदत्त नगरपा...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज