Advertisement

samachar

नेपाली सेनाद्धारा तीन किशोरीको उद्धार

नेपाली सेनाद्धारा तीन किशोरीको उद्धार

samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर - शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र हराएका तीन किशोरीको नेपाली सेनाले उद्धार गरेको छ ।   निकुञ्जभित्रको बाबा ताल इलाकामा बाटो बिराएर हराइरहेको भन्ने सूचना पाएपछि रणसिंह दल गणबाट टोली उद्धारका लागि खटिएको नेपाली सेनाले आफ्नो पेजमा उल्लेख गरेको छ । सो क्रममा कन्चनपुरको भिमदत्त नगरपालिका–१५ का तीन किशोरीलाई फेला पारेर प्रशासनको जिम्मा लगाइएको नेपाली सेनाले जनाएको छ ।  ...
निर्वाचनमा सहभागि दल र उमेदवारहरुले अझै खोलेनन् बैंक खाता

निर्वाचनमा सहभागि दल र उमेदवारहरुले अझै खोलेनन् बैंक खाता

Breaking News 1, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चनपुर जिल्लाका तिनवटा निर्वाचन क्षेत्रमा चुनाव लड्ने राजनितिक पार्टीबाट र स्वतन्त्र उमेदवारले अझै पनि बैंक खाता खोलेका छैनन् । निर्वाचन आचारसंहिता २०८२मा राजनितिक दलबाट र स्वतन्त्ररुपले निर्वाचन लड्ने उमेदवारले छुट्टै बैंक खाता खोलेर निर्वाचन सम्बन्धी सबै खर्च सोहि बैंक खातामार्फत मात्रै गर्नुपर्ने व्यवस्था भएता पनि मनोनय दर्ताको २० दिन वित्दापनि अधिकांस उमेदवारले बैंक खाता खोलेका छैनन् । मनोनयदर्ता गराएको आधा महिनाभन्दा बढि वित्दापनि जिल्लामा निर्वाचन लडिरहेका उमेदवारहरुमध्ये अधिकांश उमेदवारले छुट्टै खाता नखोलेको निर्वाचन आचारसंहिता अनुगमन अधिकृत कृष्ण बहादुर धामीले बताए । निर्वाचन आचारसंहिता अनुगमन अधिकृत धामीका अनुसार निर्वाचन आचारसंहिता २०८२ मा नयाँ व्यवस्था सुरु गरेको र सबै उमेदवारहरुले छुट्टै खाता खोलेर सोही खाताबाट कारोवार गर्नुपर्ने व्यवस्था रहको छ । यदि कुनै उमेद...
मर्निङ ग्लोरी सेकेन्डरी स्कूलमा विज्ञान प्रदर्शनी

मर्निङ ग्लोरी सेकेन्डरी स्कूलमा विज्ञान प्रदर्शनी

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर– मर्निङ ग्लोरी सेकेन्डरी स्कूलमा विज्ञान प्रदर्शनी कार्यक्रम गरिएको छ । प्रदर्शनीमा विद्यार्थीहरुले कक्षामा सिकेका कुराहरूलाई व्यवहारमा उतार्न खोजेको देखिन्छ । उनीहरूले रिमोट कार, लन्डन ब्रिज, बोट बिरुवाका भागहरू, ईको प्रणाली, नाष्ट प्रयोगशाला, ज्वालामुखी, ईलेक्ट्रोनिक म्याग्नेट लगायतका विज्ञान सामाग्री प्रदर्शन गरेका छन् । कक्षा ४मा पढ्ने आरभ भट्ट र उनका साथीहरुले मिलेर सोलार सिस्टम बनाएर प्रदर्शनीमा राखेका छन् । त्यसैगरी कक्षा ९का प्रतिप ओझा र उनका साथीहरुले ईलेक्ट्रोनिक म्याग्नेट प्रदर्शनमा राखेर अन्य विद्यार्थीहरुलाई त्यसको बारेमा जानकारी दिए । कक्षा ६मा पढ्ने युवराज गिरीले रिमोट कार बनाएर प्रदर्शन गरेका छन् । उनले उक्त कार बनाउन साढे चार सय खर्च गरेको बताए । त्यसैगरी भविष्यमा नर्स बन्ने लक्ष्य बोकेकी कक्षा ९मा पढ्ने प्रवेशिका जोशीलगायतका छात्राहरुको समुहले नेपालको...
कञ्चनपुर ३ मा एमाले उम्मेदवार डा. भट्टलाई जिताउन युवा परिचालन हुने

कञ्चनपुर ३ मा एमाले उम्मेदवार डा. भट्टलाई जिताउन युवा परिचालन हुने

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ मा एमाले उमेदवार डा. दिपक प्रकाश भट्टलाई प्रतिनिधि सभा सदस्यमा जिताउन युवाहरु खटिएका छन् । नेकपा एमालेले निर्वाचन क्षेत्र नं ३मा रहेका ३० वडा मध्ये भीमदत्त नगरपालिकाका १९ वडा र बेदकोट नगरपालिकाको वडा नं. ८ मा निर्वाचन प्रचार प्रसारमा युवा परिचालन समिति बनाएपछि युवाहरुले डा दिपक प्रकाश भट्टलाई जिताउन खटिएका हुन् । नेकपा(एमाले)ले शिव बस्नेतको संयोजकत्वमा ५१ सदस्यीय युवा परिचालन समिति गठन गरीएको एमाले जिल्ला उपाध्यक्ष एवं प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख जनकराज अवस्थीले जानकारी दिए । उनका अनुसार समितिको सह संयोजकमा यज्ञराज नाथ र सचिवमा रोहित गजुरेललाई जिम्मेवारी दिइएको छ । एमालेले डा. भट्टको चुनावी प्रचारका लागि यस अघि दोधारा चाँदनीमा गगन खत्री र भीमदत्त नगरपालिकामा बिष्णु कँडेललाई संयोजक बनाएर परिचालन जिम्मा दिएको छ । कञ्चनपुर ३ मा भीमदत्त...
डा. दीपक प्रकाश भट्टले मतदातालाई के दिए र अव के दिन सक्छन् ?

डा. दीपक प्रकाश भट्टले मतदातालाई के दिए र अव के दिन सक्छन् ?

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – २०७४को प्रतिनिधि सभा सदस्यको निर्वाचनमा कञ्चनपुर जिल्लाको निर्वाचन क्षेत्र नं ३ बाट पहिलोपटक सांसद बनेका डा. दिपक प्रकाश भट्ट २०७९ को निर्वाचनमा मतदान गरेपनि उमेदवार बनेनन् । बौद्धिक व्याक्तित्वका कारण पहिलो प्रयासमै सांसद बन्न सफल भएका उनले पाँच बर्षको कार्यकालमा सांसदमा नीति निर्माण गर्नेदेखि जिल्लाको भौतिक पूर्वाधार निर्माण र कोरोना महामारीको डटेर सामाना गरे । उनले महाकाली अञ्चल अस्पताललाई टिचिङ हस्पिटल बनाउने सपना देखे र मतदातालाई उक्त सपना देखाए पनि । उक्त कार्य अझै पनि अधुरो रहेको तर त्यसका लागि स्पष्ट निति निर्माण भईसकेको कुरा डा. दिपक प्रकाश भट्टले सुनाए । महाकाली अस्पताललाई नीति र कानुन अभावका कारण प्रतिबद्धता गरेजस्तो शिक्षण अस्पताल बनाउन सफल नभएता पनि अस्पतालको सुविधामा भने कायापलट भएको देख्न सकिन्छ । दोधाराचाँदनी स्वास्थ्य केन्द्रको सुधार गरी नगरस्तरीय अस्पताल बन...
दोधारा चाँदनीमा एमाले प्रवेश गर्ने जेनजी युवाको लर्को

दोधारा चाँदनीमा एमाले प्रवेश गर्ने जेनजी युवाको लर्को

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – अहिले नेपाली राजनीती एकाएक प्रतिनिधि सभा सदस्यको निर्वाचन तिर धकेलिएको मात्रै छैन् चुनावि सर्गर्मि समेत बढिसकेको छ । यसैक्रममा कञ्चनपुर जिल्लामा पनि उमेदवारहरु मतदाताको मनजित्न आम जनताका घरदैलोमा पुगिरहेका छन् । जिल्लाको तिन वटै निर्वाचन क्षेत्रमा सबै राजनितिक दहहरुका उमेदवारहरुले मतदाताहरुलाई फकाउन लागि परेका छन् । यो निर्वाचन क्षेत्रमा सबैभन्दा बलिया देखिएका नेकपा एमालेका उमेदवार डा दिपक प्रकाश भट्ट अन्य पार्टीका कार्यकर्ताहरुको आकर्षणको केन्द्र बनिरहेका छन् । डा भट्ट जहाँ जान्छन त्यही एमाले प्रवेश गर्ने भन्दै जेनजी युवाहरुको लर्को छ । एमाले कञ्चनपुरले अहिले वडा वडाहरुमा चुनावका लागि सम्पर्क कार्यालय स्थापना गरीरहेको छ । शनिबार दोधारा चादनी नगरपालिका वडा नं. ४ मा राष्ट्रिय राजनीतिमा स्थायित्व, स्पष्ट दृष्टिकोण र जिम्मेवार नेतृत्व भएको पार्टी भन्दै राष्ट्रिय स्वतन्त्र पार...
एमाले र अध्यक्ष ओलीको पक्षमा एक ढिक्का धिमाल समुदाय

एमाले र अध्यक्ष ओलीको पक्षमा एक ढिक्का धिमाल समुदाय

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
दमक/ देशै भरि निर्वाचनको माहोल बढि रहँदा झापा क्षेत्र नं. ५ को चासो अत्याधिक रहेको छ । यहाँबाट पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको उम्मेद्वारी रहेको छ । यो क्षेत्र विगत देखिनै एमालेको सशक्त उपस्थिति र अध्यक्ष निर्वाचित हुँदै आएको क्षेत्र हो । यहि क्षेत्रको प्रमुख आदिबासी समुदायको रुपमा रहेको धिमाल जाति समेत यस बेला संगठित रुपमा एमाले तथा एमालेका उम्मेद्वार ओलीलाई निर्वाचित गराउने क्रियाशिल रहेको छ ।   धिमाल जातिय विकास केन्द्रका राष्ट्रिसभा सचिव मणिराज धिमाल अनुसार अन्य राजनीतिक दलको तुलनामा एमालेले धिमाल समुदायलाई राजनीतिक, शैक्षिक तथा सामाजिक रूपमा अघि बढ्ने अवसर निरन्तर रूपमा प्रदान गर्दै आएको छ । त्यसैले यहाँको धिमाल समुदाय एमालेको पक्षमा एक ढिक्का रहेको उहाँ बताउनु हुन्छ । धिमाल समुदायको संस्थागत विकास, पहिचानको संरक्षण र राजनीतिक प्रतिनिधित्व...
निर्वाचन आचारसंहिता कार्यान्वयनबारे प्रतिनिधि सभा सदस्यका उम्मेदवारहरुसंग अन्तरक्रिया

निर्वाचन आचारसंहिता कार्यान्वयनबारे प्रतिनिधि सभा सदस्यका उम्मेदवारहरुसंग अन्तरक्रिया

samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रगनर–कञ्चनपुरमा निर्वाचन आचारसंहिता कार्यान्वयनसम्बन्धी प्रतिनिधि सभा सदस्यका उमेदवारहरुसंग अन्तरक्रिया गरीएको छ । आइतबार दिउँसो जिल्ला समन्वय समिति कञ्चनपुरको सभाहलमा आयोजित कार्यक्रममा जिल्ला निर्वाचन अधिकारी हरिशचन्द्र जोशीले जिल्लाभरको निर्वाचनसम्बन्धी तथ्यांक र निर्वाचन आचारसंहिताबारे जानकारी दिए । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशी तथा प्रमुख कोष नियन्त्रक कृष्ण बहादुर धामीले आचारसंहितासम्बन्धी विषयमा थप प्रस्तुतीकरण गरे ।   कार्यक्रममा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले निर्वाचनलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा बनाइएको बताए । उनले मतदानभन्दा ७२ घण्टाअघि नेपाल(भारत सीमामा आवागमन बन्द गरिने जानकारी दिदै सीमापार रहेका मतदाताहरूलाई निर्वाचन हुनभन्दा तिन दिनअघि नै स्वदेश फर्किन अनुरोध गरे । मुख्य निर्वाचन अधिकृत राजेन्द्र स...
दोस्रो खुला पावर लिफ्टिङ्ग प्रतियोगितामा गौरव भण्डारी र भुमिका नाथ च्याम्पियन

दोस्रो खुला पावर लिफ्टिङ्ग प्रतियोगितामा गौरव भण्डारी र भुमिका नाथ च्याम्पियन

samachar, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – भीमदत्त नगरपालिका १८ले भीजी फिटनेस सेन्टरसित सहकार्य गरी आयोजना गरेको दोस्रो खुला पावर लिफ्टिङ्ग च्याम्पियनशिप २०८२ प्रतियोगितामा गौरव भण्डारी र भुमिका नाथ च्याम्पियन बनेका छन् । उक्त प्रतियोगितामा समग्रमा ५४५ केजी तौल उचालेर गौरव भण्डारी सबैभन्दा बलिष्ठ पुरुष विजेता भएका थिए भने समग्रमा २९७ केजी तौल उचालेर भुमिका नाथ सबैभन्दा बलिष्ठ महिला बिजेता भएकी हुन् । मास्टर क्लास भेटरान तर्फ प्रथम राम महरा, द्वितिय पंकज रावल र तृतीय स्थानमा कर्ण शाही विजय भएका छन । माघ १६ र १७ गते सम्पन्न भएको उक्त पावरलिफ्टिङ्ग च्याम्पियनशिपमा पुरुष तर्फ ६६ केजी मुनी, ७४ केजी, ८३ केजी, ८३ प्लस केजी र महिला तर्फ ५७ केजी मूनी, ६३ केजी, ६३ केजी प्लस तौल समूह र मास्टर क्लास अन्तर्गत भारोत्तलन गराइ प्रतिस्पर्धा गराइएको थियो ।   भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीको प्रमुख आतिथ्य...
कञ्चनपुरमा एक महिलाको शव भेटियो, हत्या गरीएको आशंका

कञ्चनपुरमा एक महिलाको शव भेटियो, हत्या गरीएको आशंका

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चनपुरमा एक महिलाको बेवारीसे अवस्थामा जंगलमा शव भेटिएको छ । शनिबार जिल्लाको भीमदत्त नगरपालिका १० तिल्केनीस्थित शान्ति सामुदायिक वनको बुन्यादल क्षेत्रमा ओडारमा अर्ध नग्न अवस्थामा अन्दाजी २५ बर्षिया युवतिको शव भेटिएको हो । घाँस दाउरा काट्न वन गएका स्थानीयले देखपछि प्रहरीलाई जानकारी गराएका हुन् । प्रहरीले शनिबार घटनास्थल मुचुल्का गरी शवलाई महाकाली प्रादेशिक अस्पताल ल्याएको छ । शवको अझै पहिचान खुल्न सकेको छैन । प्रहरीका अनुसार जुत्ता र कपडाको सिरान बनाएर सुतेको अवस्थामा शव भेटिएको छ । शव सड्न लागेको अवस्थामा भेटिएको छ। ती युवतीको अनुहार सडि सकेको छ । शरिरका अन्य भाग पनि सडेका छन् । शरिरमा धारिलो हतियार प्रहार गरिएका चोटपटक छन् । स्थानीयले बलात्कारपछि हत्या गरी शव जङ्गलमा लगेर फालिएको हुन सक्ने आशंका गरेका छन् । एक साता अघि शव ल्याएर त्यहाँ राखिएको हुन सक्ने आशंका ग...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज