Advertisement

बिरेन्द्रराज विष्ट चौथो पटक महेन्द्रनगर माविको अध्यक्षमा चयन

महेन्द्रनगर–महेन्द्रनगर माध्यमिक विद्यालय साधारण स्कूलको व्यवस्थापन समिति अध्यक्षमा चौथो पटक विरेन्द्रराज विष्ट चयन भएका छन् । अभिभावक भेलाले १0 बर्षदेखि अध्यक्ष रहदै आएका विष्टलाई चौथोपटक अध्यक्षमा चयन गरेको हो । प्रद्यानाध्यापक देवराज भट्टले सहमतीय आधारमा पुन अध्यक्षमा विष्ट चयन भएको बताए । भीमदत्त नगरपालिका १८कटानको महेन्द्रनगर नमुना मावि(साधारण स्कुल) नामबाट परिचित मात्रै होईन देशकै सामुदायिक विद्यालय मध्ये उत्कृष्ट सुचीमा पर्छ ।

अखिल क्रान्तिकारी कञ्चनपुरका पुर्व अध्यक्ष तथा केन्द्र्री सचिव विष्ट विद्यार्थीकै हकहितबाट प्रेरित भएर सामुदायिक विद्यालय सुधार अभियानमा जुटेका थिए ।

समाजशास्त्रमा स्नाकोत्तर गरेका विष्ट ०७१सालमा विद्यालय व्यवस्थापन समितिको सदस्यमा चयन भएका थिए । सदस्य पदको जिम्मेबारीम हुँदना विष्टले विद्यालय सुधारको अनपेक्षित कामकाज गरेपछि अभिभावकले उनलाई पहिलो पटक ०७३ सालमा अध्यक्षमा अनुमोदन गरेका थिए । पहिलो कार्यकालमा थप विद्यालय सुधारका कार्यक्रम गरेपछि दोस्रो पटक ०७६, तेस्रो पटक ०७९ र चौथो पटक ०८२मा फेरी अध्यक्षकै जिम्मेबारीमा आएका छन ।

अध्यक्ष विष्ट पहिलो पटक मुल नेतृत्वमा आएका बेला ०७३ सालमा ३ सय ७१मात्रै विद्यार्थी थिए । क्रमिक विद्यालयको शैक्षिक गुणस्तर शिक्षामा सुधार गर्दै गएपछि अहिले १० बर्षमा ३ हजार विद्यार्थी पुगेका छन । विष्ट नेतृत्वमा आएपछि विद्यालयको भौतिक, शैक्षिक गुणस्तर बृद्धि हुदै गएपछि भर्नाका लागि समेत प्रवेस परीक्षा लिनुपर्ने बाध्यता सृजना हुने गरेको छ ।

विष्ट अध्यक्ष भएका बेला १३ शिक्षक, कर्मचारी थिए, अहिले ९६शिक्षक, कर्मचारी कार्यरत छन । झण्डै ८÷१०लाख घाटामा रहेको विद्यालय अहिले लाखौँ नाफामा पनि छ । स्रोत अनुदान प्रद्यानाध्यापकको २ हजार भत्ता कटौती गरेर सामुदायिक विद्यालय सुधारमा खर्च गरिएको थियो ।

अध्यक्ष विष्टले विद्यालयको नेतृत्व लिएपछि सिटिभिटीका कार्यक्रम, नमुना विद्यालय कार्यक्रम, प्राविधिक धार तर्फ कृषि, बालि विज्ञान, ईन्जिनियर, पढ्दै कमाउँदै सहितका विवित विद्यालय सुधारका कार्यक्रम संचालन भएका छन । झण्डै ११बर्ष अघि विष्टलाई विद्यालयको सदस्य हुन समेत धौउधौउ भईरहेका बेला अहिले अध्यक्ष छाडछु भन्दा पनि अभिभावकले मानेका छैनन । २८माघ ०८२मा विद्यालयले अभिभावक भेला बोलाएका बेला विष्टलाई कुनैपनि हालतमा नेतृत्व दिनुपर्ने आवाज उठेको थियो । अभिभावक हरिस भट्टले बिरेन्द्र राज विष्टले विद्यालयको नेतृत्व छाड्छु भनेपनि अभिभावकले नमान्ने घोषणा गर्दै विद्यालयको थप चौतर्फि बृद्धि विकासदेखि भावि दिनमा भीमदत्त नगरको मेयरमा उठेपनि जिताउने सकल्प गरेका थिए ।

अर्की अभिभावक हेलेन श्रेष्ठले पाटी भन्दा पनि समुदायक बालबालिकाको भविष्यका लागि अहोरात्र खटिने विष्टलाई नेतृत्व दिनुपर्ने बताएकी थिईन । लगातार चौथो पटक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चयन भएका विष्टले आफ्नो एकल प्रयास नभई अभिभावक, शिक्षक, कर्मचारी, विद्यार्थी, नागरिक सिङ्गो समाज सहितका सरोकारवालाको साथ सहयोगले सामुदायिक विद्यालय सुधारोन्मुख भएको बताए । सामुदायिक विद्यालय व्यवस्थापन समितिका केन्द्रीय सचिव समेत रहेका विष्टले समग्र सामुदायिक विद्यालय सुधारका लागि निरन्तर कामकाज गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।

‘अहिले पनि मलाई अभिभावकले विश्वासका जिम्मेबारी दिएको छ, ‘उनले भने, ‘निर्भिकताका साथ पुरा गर्दै सामुदायिक विद्यालय सुधारको अभियानमा निरन्तर खटिन्छु ।’

कञ्चनपुरको नागरिक समाज शिक्षा क्षेत्रका सरोकारवालाहरुले सामुदायिक विद्यालयमा लगातार चौथो पटक अध्यक्ष भएका विष्टले भाषण भन्दा प्रभावकारी देखिने, विद्यार्थीको जिवनमा सुधार ल्याउने कामको परिमाण भएको विश्लेषण गर्न थालेका छन ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...
बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

डडेल्धुरा — बाढी तथा पहिरोलगायत प्राकृतिक विपद्बबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले डडेल्धुरा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

महेन्द्रनगर- सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्र सिंह रावलले बिहीबार भीमदत्त नगरपा...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज