महेन्द्रनगर–राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन महेन्द्रनगर आउने कार्यक्रम तय भएको छ । मंगलबार राप्रपा अध्यक्ष लिङ्देन चुनावि अभियानको क्रममा महेन्द्रनगर आउने भएका हुन् । उनीसंगै राप्रपा नेतृ खुश्बु ओली, राप्रपा सुदूरपश्चिम अध्यक्ष धर्मराज जोशी, पूर्वमन्त्री जयन्त चन्द लगायतका नेताहरु महेन्द्रनगरस्थित महेन्द्रस्मारकमा हुने विशाल आम सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको राप्रपा कञ्चनपुरका एक नेताले बताए । उनका अनुसार राप्रपा जिल्ल अध्यक्ष गजेन्द्र चन्दको सभापतित्वमा हुने आम सभामा निर्वाचन क्षेत्र नं. ३का राप्रपाका उमेदवार पूर्ण बहादुर चन्दले पनि सम्बोधन गर्ने कार्यक्रम रहको छ । धर्मराज जोशी र खुश्बु ओली समानुपातिका उमेदवार हुन् ।

अध्यक्ष लिङ्देनले मंगलबार विहान साढे ९ बजे टिकापुर, साढे १० बजे लम्की, सवा ११ बजे सुख्खड, दिउसो १२ बजे अत्तरीय, पौन १ बजे झलारी बजारमा र साढे १ बजे महेन्द्रनगर बजार हुने राप्रपाका कोण सभा तथा चुनावी आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
फागुन ३ गते आईतबार मात्रै महेन्द्र स्मारकमा युवाहरुले स्व. राजा महेन्द्रको शालिक पुनस्र्थापना गरेका छन् । राप्रपाले सोही स्थानमा फागुन ५ गते मंगलबार आम सभा गर्न लागेको हो ।

परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।