Advertisement

Author: धन बहादुर बोहरा

असी बर्षिय सासुका आखामा बुहारीका दुःख

असी बर्षिय सासुका आखामा बुहारीका दुःख

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
महेन्द्रनगर – काठका खाबाको साहारामा बनाईएको बाख्रा गोठ जस्तै देखिने छाप्रो । छाप्रोको एक फिट माथिबाट माटोले पातेको बार, अनि बार माथि टायल(खपरेल)ले छाएको छाप्रो देख्नमै गोठ जस्तो लाग्ने तर त्यही चुहिने छाप्रो पारुली देविको ओतलाग्ने एकमात्र ठाँउ हो । छाप्रोभित्रबाट आमा ! आमा ! भनेको अस्पष्ट आवाज सुनिन्छ । उक्त घरको आगनमा नत खानेपानी धारा देखिन्छ नत नल जोडेको । छाप्रो वरपर हेर्दा अभावै अभाव छ भन्ने कुरा ठम्याउन जोकोहिलाई पनि गाह्रो हुदैन् । आमा ! आमा ! भनेरको जस्तो अस्पष्ट सुनिने आवाज छाप्रोभित्र पसेपछि मात्र थाहा हुन्छ । १६ बर्षको किशोर कपडाविहिन(नांगै) भूईमा लम्पसार परेको दृष्य । देख्नै टिट लाग्ने, आयुस लुहार ! आयुस पारुलीदेविका नाति हुन् । उनी जन्मेपछि हालसम्म उठ्न सकेका छैनन् । लत्ता कपडा लगाई दिए फालि दिन्छन् । उनी हालसम्म आमा शब्द बाहेक अरु शब्द बोल्नसकेका छैनन् । कञ्चनपुर जिल्ला...
होली फेम्ली राष्टिय क्रिकेट ‘स्कुल लेबल च्याम्पियनसिप : बर्साले दुई खेल रद्द,  महेन्द्रनगर नमुना र वात्सल्य विजयी

होली फेम्ली राष्टिय क्रिकेट ‘स्कुल लेबल च्याम्पियनसिप : बर्साले दुई खेल रद्द, महेन्द्रनगर नमुना र वात्सल्य विजयी

Breaking News 1, samachar, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर - होली फेम्ली राष्टिय क्रिकेट ‘स्कुल लेबल च्याम्पियनसिप अन्तरगत आज वर्षका कारण दुई खेल रद्द भएका छन्। भने महेन्द्र नमुना मावि र वात्सल्य विद्या निकेतन विजयी भएका छन् । शुक्रबार महाकाली सेकेन्डरी स्कुल र नवप्रतिभा सेकेन्डरी स्कुल बीच हुने भनिएको खेल एवं लिटिल स्टार पब्लिक स्कुल र ज्ञानुदय पब्लिक एकेडेमी बीचको खेल बर्साका कारण रद्द भएका हुन् । चारै टिमले एक/एक अङ्क बाँडेका छन् । वर्षा रोकिएपछि भएको लिटिल बुद्ध एकेडेमी र महेन्द्रनगर नमुना मावि बीचको खेलमा महेन्द्रनगर नमुना माविले जित हात पारेको छ । टस जितेर पहिलो फिल्डिङ रोजेको नमुना माविले लिटिल बुद्ध एकेडेमीलाई ८.४ ओभरमै ४७ रनमा रोकेको थियो। लिटिल बुद्ध एकेडेमीका एकजना खेलाडीले १८ रन जोड्नु बाहेक अन्य खेलाडीले दोहोरो अङ्क समेत बनाउन सकेनन् । महेन्द्र नमुना माभिका खेलाडीले उनीहरूलाई घुँडा टेकाएका हुन् । महेन्द्र नमुना माविका तर...
१३७औ मजदुर दिवस कञ्चनपुरमा पनि मनाईयो, मजदुरका हकअधिकारमा सरकार चुक्यो

१३७औ मजदुर दिवस कञ्चनपुरमा पनि मनाईयो, मजदुरका हकअधिकारमा सरकार चुक्यो

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – कञ्चनपुर जिल्लामा पनि १३७ औ मजदुर दिवस मनाईएको छ । शुक्रबार महेन्द्रनगरमा बजारमा ¥याली प्रदर्शन तथा कोण सभा गरी मजदुरका विभिन्न संघ संगठनहरुसहित सरकारी गैर सरकारी संस्थाहरुले अन्तराष्टिय मजदुर दिवस मनाएको हो । नेपाल ट्रेड युनियन कांग्रेस, नेपाल ट्रेड यूनियन महासंघ, अखिल नेपाल ट्रेड युनियन महासंघ र समाजवादी ट्रेड युनियन महासंघ नेपालले संयुक्तरुपमा कार्यक्रम गरेका छन् । https://youtu.be/WLPBVIYiWo8?si=IoAoV3_AfBomYKpY उनीहरुले महेन्द्रनगरको गल्ली नं. १ बाट ¥यालि निकालेर बजार परिक्रमा गरी स्मारकमा कोण सभा गरी श्रमीक दिवस मनाएको छ । नेपाल ट्रेड युनियन कांग्रेस कञ्चनपुरका अध्यक्ष मालति पन्त, नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) अध्यक्ष भोज सिंह ऐर, अखिल नेपाल ट्रेड युनियन महासंघ जिल्ला ईञ्चार्ज पदम राज जोशी र समाजवादी ट्रेड युनियन महासंघ नेपाल जिल्ला अध्यक्ष प्रितम सिले ...
जिल्ला प्रशासन अगाडी अर्धनग्न प्रदर्शन

जिल्ला प्रशासन अगाडी अर्धनग्न प्रदर्शन

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको गेटअगाडि अर्धनग्न प्रदर्शन गरीएको छ । बुधबार जिल्ला प्रशासन कार्यालय अगाडि आरक्ष पिडित जिल्ला संघर्ष समितिको अगुवाईमा जग्गा फिर्ताको माग माग राख्दै प्रदर्शन गरीएको हो । प्रदर्शनकारीले कम्मरभन्दा माथिको शरीरको लुगा खोलेर अर्धनग्न भएर प्रदर्शन गरेका हुन् । विगत लामो समयदेखि पटकपटक शान्तिपूर्ण आन्दोलन गर्दा पनि सरकारले आफ्ना कुरा नसुनेकाले अर्धनग्न प्रदर्शन गर्नुपरेको उनीहरुले बताए । अर्धनग्न प्रदर्शन गरेका उनीहरुले “हामीसँग गुमाउन केही बाँकी छैन”, “भूमि देऊ, अधिकार देऊ” जस्ता नारा लगाएका छन् । न्यूनतम १० कट्टा जमिन उपलब्ध गराउनुपर्ने, २४ वर्षको क्षतिपूर्ति दिनुपर्ने, शिक्षा र स्वास्थ्य सेवा निःशुल्क गर्नुपर्ने, तथा आफूहरूलाई द्वन्द्व पीडित सरह मान्यता दिनुपर्ने माग राख्दै आरक्षपिडित विगत लामोसमयदेखि आन्दोलन गर्दै आईरहेका छन् । ...
जाली नोट पहिचानसम्बन्धी जनचेतनामूल कार्यक्रम सम्पन्न

जाली नोट पहिचानसम्बन्धी जनचेतनामूल कार्यक्रम सम्पन्न

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरेर महेन्द्रनगरमा जाली नोट पहिचानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ । बिहिबार राष्ट्र बैक सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीको आयोजनामाा कञ्चनपुर जिल्लामा रहेका बैंक कर्मचारी, सुरक्षाकर्मी, बाणिज्य संकाय अध्ययन गर्ने विद्यार्थीहरु, व्यपारी र अन्य सरोकारवालाहरुसंग जाली नोट पहिचान कसरी गर्ने भन्ने विषयमा जनचेतनामूलक कार्यक्रम सम्पन्न गरीएको हो । अनौपचारीकरुपमा संञ्चालन गरीएको सचेतना कार्यक्रममा नेपाल राष्ट्र बैंक सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीका उप–निर्देशक झपेन्द्र बहादुर शाही, क्यसीयर एवं सहायक निर्देशक हरीलाल भट्ट,ले जाली नोट कस्तो हुन्छ ? कसरी चिन्ने ? भन्नेबारे प्रस्तुतिकरण गरेका छन् ।   कार्यक्रममा राष्ट्र बैंक धनगढीका सहायक निर्देशक हरीलाल भट्टले जाली नोट पहिचान गर्ने विधिको विषय सम्बन्धमा प्रस...
सात पटकको क्षेत्रीय विद्यालय शिल्डधारी ईन्टरनेशनल पब्लिक स्कुलले मनायो २९औँ बार्षिकोत्सव तथा अभिभावक दिवस

सात पटकको क्षेत्रीय विद्यालय शिल्डधारी ईन्टरनेशनल पब्लिक स्कुलले मनायो २९औँ बार्षिकोत्सव तथा अभिभावक दिवस

Breaking News 1, samachar, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर– सुदूरपश्चिम क्षेत्रकै अग्रणी शैक्षिक संस्था ईन्टरनेशनल पब्लिक स्कूलले २९औ बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । सात पटक क्षेत्रीय विद्यालय शिल्ड जित्न सफल ईन्टरनेशनल पब्लिक स्कुलले विहिबार सुदूरपश्चिम विश्वविद्यालय सेवा आयोगका अध्यक्ष यज्ञराज भट्टको प्रमुख आतिथ्यता एवं विद्यालय व्यवस्थापन समिति अध्यक्ष लिलाध्वज बस्नेतको अध्यक्षतामा बार्षिकोत्सव भव्यरुपमा मनाएको हो ।   बार्षिकोत्सवमा प्रिन्सिपल राजेन्द्र प्रशाद भट्टले शैक्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दैै स्कूलको थप शैक्षिक स्तर बृद्धिका लागि स्मार्ट विधिबाट कक्षा संचालन गर्ने बताए । उनले विद्यालयबाट उत्पादित जनशक्ति देशका विभिन्न सरकारी, गैर सरकारी क्षेत्रमा मात्रै नभई अन्तराष्ट्रिय संघसस्थामा उच्चपदमा रहेका कारण नै विद्यार्थीदेखि अभिभावकको स्कूलप्रति विश्वास बढेको बताए । विद्यालयले विद्यार्थीलाई सफल बनाउन...
मंगलबारदेखि सुदूरपश्चिम विश्वविद्यालयले तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन गर्दै

मंगलबारदेखि सुदूरपश्चिम विश्वविद्यालयले तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन गर्दै

samachar, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – सुदूरपश्चिम विश्वविद्यालयले तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ । सुदूरपश्चिम विश्वविद्यालयको आयोजना तथा नेपाल मटेरियल्स साइन्स सोसाइटीको सह आयोजनामा मंगलबारदेखि बिहीबारसम्म तिनदिन सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयमा ‘सम्पदा, नवप्रवद्धन र रूपान्तरण’ शीर्षकमा अन्तराष्ट्रिय सम्मेलन हुने भएको हो । सोमबार केन्द्रीय कार्यालयमा आयोजकले पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको छ । तेस्रो अन्तराष्टिय सम्मेलन विश्वविद्यालयको चार ओटा हलमा गरीने र उक्त सम्मेलनमा अमेरीका, फिलिपिन्स, जर्मनी, भारत, न्यूजिल्याण्ड, अष्टे«लिय, चाईना पोल्याण्ड, पाकिस्तान, टर्की लगायतका २३ देशका प्राध्यापक, अनुसन्धानकर्ता तथा विज्ञहरुले दुई सय अनुसन्धान परिणाम प्रस्तुत गर्ने अन्तराष्टिय सम्मेलनका संयोजक एव. ईन्जिनियरिङ्ग संकायका डिन प्राडा कृष्णदत्त भट्टले बताए । उनले मुख्यतया ८ वटा थि...
राप्रपा अध्यक्ष्र लिङ्देन मंगलबार महेन्द्रनगर आउदै

राप्रपा अध्यक्ष्र लिङ्देन मंगलबार महेन्द्रनगर आउदै

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन महेन्द्रनगर आउने कार्यक्रम तय भएको छ । मंगलबार राप्रपा अध्यक्ष लिङ्देन चुनावि अभियानको क्रममा महेन्द्रनगर आउने भएका हुन् । उनीसंगै राप्रपा नेतृ खुश्बु ओली, राप्रपा सुदूरपश्चिम अध्यक्ष धर्मराज जोशी, पूर्वमन्त्री जयन्त चन्द लगायतका नेताहरु महेन्द्रनगरस्थित महेन्द्रस्मारकमा हुने विशाल आम सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको राप्रपा कञ्चनपुरका एक नेताले बताए । उनका अनुसार राप्रपा जिल्ल अध्यक्ष गजेन्द्र चन्दको सभापतित्वमा हुने आम सभामा निर्वाचन क्षेत्र नं. ३का राप्रपाका उमेदवार पूर्ण बहादुर चन्दले पनि सम्बोधन गर्ने कार्यक्रम रहको छ । धर्मराज जोशी र खुश्बु ओली समानुपातिका उमेदवार हुन् । अध्यक्ष लिङ्देनले मंगलबार विहान साढे ९ बजे टिकापुर, साढे १० बजे लम्की, सवा ११ बजे सुख्खड, दिउसो १२ बजे अत्तरीय, पौन १ बजे झला...
अमर शहीद विद्यालयको ३३औँ बार्षिकोत्सव सम्पन्न

अमर शहीद विद्यालयको ३३औँ बार्षिकोत्सव सम्पन्न

samachar, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर– अमर शहिद आधारभूत विद्यालय महेन्द्रनगरको ३३औ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । शुक्रबार कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका १८, जानकी टोलमा रहेको अमर शहीद आधारभूत विद्यालयको बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको हो । विद्यालय स्थापनाकालताका विद्यालय व्यवस्थापन समिति अध्यक्ष गंगाराम गिरीको अध्यक्षतामा सम्पन्न भएको बार्षिकोत्सवको प्रमुख अतिथि भीमदत्त नगरपालिकाका शिक्षा शाखा प्रमुख हरीदत्त जोशी रहेका थिए । कार्यक्रममा विद्यालयमा प्रधानाध्यापक हरिश प्रशाद जोशीले कार्यपत्र प्रस्तुत गरेका थिए । उनले प्रस्तुत गरेको कार्यपत्रमा सांकेतिक भाषा बहिरा तथा सुस्त श्रवणको शिक्षालाई माध्यमिक तहसम्म पु¥याउने, आगामी शैक्षिकसत्रदेखि विद्यार्थी संख्या बृद्धि गर्ने लगायतका उदेश्य तथा लक्ष्य राखिएका छन् । त्यसका लागि अभिभावक, शिक्षक, कर्मचारी नै अग्रसर हुनुपर्नेमा पनि जोडदिईएको छ...
बैतडीका कार्की घुसुडी महोत्सवमा दिनकै ५० हजारबढिको कारोवार गर्दै

बैतडीका कार्की घुसुडी महोत्सवमा दिनकै ५० हजारबढिको कारोवार गर्दै

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चनपुर जिल्लाको महेन्द्रनगर बजारस्थीत खुलामञ्चमा घुसुडि महोत्सवको रौनक चलेको छ । महोत्सवमा विभिन्न प्रकारका स्टलहरु राखिएका छन् । मेलाको प्रवेशद्धार भित्र पस्नेवित्तिकै पहिलो स्टलमा एक जना हसिलो अनुहारका अधबैसे उमेरका देखिने युवा अर्गानिक अचारहरु ... आमको अचार, लप्सीको अचार, सन्तुलाको अचार भन्दै उपभोक्ताहरुलाई आफुतिर आकर्षण गरीएको दृष्य देख्न सकिन्छ । उनको बोली मिठो भएपनि उनले विक्रिका लागि राखेका विभिन्न १५ प्रकारका फरकफरक परीमाण तोकिएका अचारहरु भने अमिलो(खट्टो–खट्टो) अर्थात मुखै रसाउने स्वादका छन् ।   बैतडीका गाँउघरमा उत्पादन गरीएका कृषिजन्य खाद्य पदार्थ र घरेलु सामाग्रि मेलामा विक्रि गर्न दोगडाकेदार गाउपालिका ७ बैतडी बाट आएका टेक बहादुर कार्की दैनिक ५० हजारभन्दा माथिको कारोवार गरीरहेका छन् । आप, अमल, लप्सी, कागती, गाजर, मुला, मौसमी, डल्ले खुर्सानी, बयर, किवि...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज