सुदूरपश्चिम प्रदेशमा नागरीक समाजको बर्तमान भुमिका र अवस्थाबारे छलफल
महेन्द्रनगर – सुदूरपश्चिम प्रदेशमा नागरीक समाजको बर्तमान भुमिका र अवस्थाबारे महेन्द्रनगरमा छलफल भएको छ । बिहिबार शान्तिका लागि साझा अभियान(कोक्याप)को आयोजनामा सुपमा नागरीक समाजको बर्तमान भुमिका र अवस्थाबारे छलफल भएको हो ।
जिल्लाको विभिन्न संघ संस्था र सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको उक्त कार्यक्रमको अध्यक्षता कोक्यापका सुदूरपश्चिम सचिव अमिर तिरुवा रहेका थिए भने प्रमुख अतिथि कोक्यापका केन्द्रिय अध्यक्ष पुष्पा भुषाल रहेका थिए ।
कोक्यापका केन्द्रिय सचिव विस्ना भट्ट, कोक्यापका सुप पुर्व अध्यक्ष कृष्ण सिह देउपा, मोहन वड, कर्मचारी सरोज नेपाल, नागरीक समाज कञ्चनपुर अध्यक्ष प्रभुनिधि पन्त, नागरीक समाजका भगवती थापा, गैसस महासंघ कञ्चनपुरका पूर्व अध्यक्ष लक्ष्मी बोहरा, नरेश सिलाललगायत अतिथि रहेका थिए ।
कोक्यापका म्यानेजर महेश भट्ट र सरोज नेपालले कोक्य...




















