Advertisement

इन्धनकाे मूल्य वृद्धिले निर्माण उद्योगमा ‘आपतकाल’ घोषणाको माग

महेन्द्रनगर – पेट्राेलियम पदार्थकाे मूल्य बढेकाे भन्दै कञ्चनपुरका निर्माण व्यवसायीहरूले उद्योगमा ‘आपतकाल’ घोषणाको माग गरेका छन् ।

इन्धनमा अत्यधिक मूल्यवृद्धि भएका कारण निर्माण उद्योग ठप्प हुने स्थितिमा पुगेको भन्दै निर्माण व्यवसायीले आपतकाल घोषणाको माग गरेका हुन् ।
निर्माण व्यवसायी संघ कञ्चनपुरले विज्ञप्ति जारी गर्दै निर्माण उद्योग ठप्प हुने स्थितिमा पुगेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । इन्धनमा तथा निर्माण कार्यमा प्रयोग हुने बिटुमिन, सिमेण्ट, छड लगायतका निर्माण सामग्रीमा समेत निरन्तरको मूल्य वृद्धि र बजारमा उक्त सामग्रीहरूको अभावले निर्माण उद्योग ठप्प हुने स्थितिमा पुगेको उल्लेख गर्दै निर्माण व्यवसायीलाई राहत दिन सरकार सँग जोडदार माग गरिएको छ ।
संघका महासचिव देविदत्त भट्टद्वारा हस्ताक्षरित विज्ञप्तिमा  निर्माण समाग्रीको अत्यधिक मूल्यवृद्धि भए पनि राष्ट्र बैंकको इन्डेक्समा उक्त सामग्रीको मूल्य घटेको देखाइने प्रचलनका कारण निर्माण उद्योगमा थप संकट देखिएको र सबै आयोजनामा मूल्य वृद्धि भए अनुरुप हालको कानुनले मूल्य समायोजन हुन नसक्ने भएकाले मूल्य समायोजनको मार्ग निर्देशिका तत्काल जारी गर्न सरकार सँग माग गरिएको छ ।
‘ठेक्काको मूल्य समायोजन राष्ट्र बैंकको मूल्य सूचकांकअनुसार हुने भएकाले बजारमा निर्माण सामग्रीहरूको अत्याधिक मूल्यवृद्धि भए पनि राष्ट्र बैंकको इन्डेक्समा उक्त सामग्रीहरूको मूल्य घटेको देखाइने प्रचलनका कारण निर्माण उद्योगमा थप संकट देखिएको छ,’ सचिव भट्टद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘निर्माण कार्य तीव्र रूपमा हुने समयमै इन्धनसहित निर्माण सामग्रीहरूमा निरन्तर भइरहेका अत्यधिक मूल्यवृद्धि एवं अभावले निर्माण व्यवसायीहरूलाई ठूलो आर्थिक भार परेको हुँदा निर्माण उद्योगमा ‘आपतकाल’ घोषणा गरी व्यवसायीहरूलाई अविलम्ब राहत दिन यस जिल्लासंघ जोडदार माग गर्दछ ।’

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...
बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज