सुकासालमा इन्डोर क्रिकेट ट्रेनिङ सेन्टर सञ्चालन आयो
महेन्द्रनगर - होली फेम्ली क्रीकेट एकेडेमीद्वारा संचालित "इन्डोर क्रीकेट ट्रेनिङ सेन्टर " सञ्चालनमा ल्याइएको छ । मंगलबार होली फेँम्ली क्रिकेट एकेडेमीका अध्यक्ष एबं होली फेम्ली ग्रुप अफ स्कूलका चेयरम्यान भूपाल सिंह बिष्टको सभापतित्वमा औपचारिक कार्यक्रम गरी इन्डोर ट्रेनिङ सेन्टरको समुदघाटन गरी सञ्चालनमा ल्याइएको हो । कार्यक्रमको प्रमुख अतिथि जिल्ला क्रीकेट संघ कञ्चनपुरका अध्यक्ष बिरेन्द्र बहादुर चन्द रहेका थिए । त्यसैगरी कार्यक्रममा बिशिस्ट अतिथि सु.प.प्रादेशिक क्रीकेट संघका सचिव लक्ष्मण भट्ट, जिल्ला क्रीकेट संघका सचिव विशाल सोनार, समाजसेवी राजेन्द्र पाल, बिष्ट समाजका अध्यक्ष भवान सिंह बिष्ट रहेका थिए ।
सभापति भूपाल सिंह बिष्ट र प्रमुख अतिथि विरेन्द्र बहादुर चन्दले संयुक्तरुपमा रिबन काटेर ट्रेनिङ सेन्टरको समुदघाटन गरेका थिए ।
कार्यक्रममा समापन मन्तव्य राख्दै होली फेम्ली क्रिकेट ए...




















