नयाँ खबर
काठमाण्डौ – नेपाल कम्यूनिष्ट पार्टी(बहुमत)ले फागुन ५ गते नेपाल बन्दको घोषणा गरेको छ । फागुन २१ गते हुन गईरहेको पतिनिधि सभा सदस्यको निर्वाचनको खारेज लगायतका विभिन्न माग राख्दै धर्मेन्द्र बास्तोला नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टी(बहुमत)ले नेपाल बन्दको घोषणा गरेको हो । नेपाल कम्यूनिष्ट पार्टी(बहुमत)ले बैदेशिक उत्पीडन र हस्तक्षेपका विरुद्ध संघर्ष गर्न, राष्ट्रिय स्वाधीनतको रक्षाा गर्न र स्वाधीन संयुक्त सरकारको स्थापनाको बाटोमा अगाडि बढ्नका लागि आयोजना गरीएको नेपाल बन्दको घोषणा गरेको जनाएको छ । नेपाल कम्यूनिष्ट पार्टी(बहुमत)ले बन्दलाई अभुतपूर्व र ऐतिहासिक बनाउनका लागि सहयोग र समर्थन गर्न सम्पूर्ण राष्ट्रिय उद्योगी, यातायाति व्यवसायी, व्यापारी, विद्यालय, कलेजहरु, बुद्धिजीवी, संचार जगत लगायत सबैमा विनम्र आग्रह गरेको छ ।

परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।