नयाँ खबर
महेन्द्रनगर – कञ्चनपुरको पवनदुत सार्वजनिक यातायात सेवा प्रालिले छटौँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार महेन्द्रनगरमा एक कार्यक्रमका विच पवनदुत सार्वजनिक यातायात सेवा प्रालिले छटौँ बार्षिक साधारण सभा सम्पन्न भएको हो ।
पवनदुत सार्वजनिक यातायात सेवा प्रालिले वैजनाथधाम रौटेला, महिला तथा वृद्धा सेवा केन्द्र महेन्द्रनगर, समाजकल्याण अञ्चल बालअनाथालय महेन्द्रनगर, नेपाल रेडक्रस शाखा महेन्द्रनगरलाई जनही २५ हजारका दरले आर्थिक सहयोग गरिएको छ । उक्त रकम अध्यक्ष महेश प्रसाद बोहराले हस्तान्तरण गरेको छ ।
कार्यालय प्रमुख माधव प्रशाद भट्टले संचालन गरेको कार्यक्रममा प्रालिका अध्यक्ष महेश प्रशाद बोहराको अध्यक्षतामा नेपाल यातायात महासंघका केन्द्रीय उपाध्यक्ष डम्वर राज पन्त, प्रदेश महासङघका अध्यक्ष निरन्जन मल्ललगायतका अतिथि रहेका थिए ।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।