Advertisement

Author: नयाँ खबर

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र दैजी सेवा केन्द्रको संयुक्त रुपमा संस्थाका अध्यक्ष रघुनाथ ओझाको अध्यक्षता एबं जेष्ठ शेयर सदस्य हिरा देवी जोशीको प्रमुख आतिथ्यतामा १३औं साधारण सभा सम्पन्न गरिएको हो । ब्रह्मदेव, दोधारा सेवा केन्द्रको बुधबार र धनगढी, बेलौरी सेवाकेन्द्रको साधारण सभा शनिबार सम्पन्न गरिएको थियो । साधारण सभामा बार्षिक प्रगति प्रतिवेदन संस्थाका अध्यक्ष रघुनाथ ओझाले प्रस्तुत गरेका छन् । उनले प्रस्तुत गरेको प्रतिवेदन अनुसार संस्थाको शेयर पूँजी ४१ लाख ६१ हजार एक सय रुपैयाँले बढेर ७ करोड ३७ लाख ८३ हजार एक सय रुपैयाँ पुगेको छ । सहकारीको संस्थागत पूँजी ५ करोड ३९ हजार ६ सय ३७ रुपैयाँ रहेको छ । निक्षेपमा पनि सहकारीले प्रगति गरेको देखिएको छ । प्रतिवेदनमा अघिल्लो वर्षको निक्षेपभन्दा झण्डै ५ क...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्ने बताएका छन् । कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्रमा कार्यकर्तासँगको भेटघाटका क्रममा नेता लेखकले पार्टी एकता जोगाउन आफूहरू अझै पनि अधिकतम लचकताका साथ अघि बढिरहेको बताए । उनले विशेष महाधिवेशनमार्फत १४औँ महाधिवेशनको कार्यसमितिलाई हटाइएकाले अहिलेको समस्या सिर्जना भएको दाबी गरे । विशेष महाधिवेशन र १४औँ महाधिवेशनबाट बनेको कार्यसमितिलाई एक ठाउँमा राखेर विवाद समाधान गर्नुपर्ने उनको भनाइ छ । लेखकले पार्टी सभापति गगन थापालाई हटाउने आफूहरूको माग नरहेको स्पष्ट पार्दै १४ औँ महाधिवेशनमा रहेका तर विशेष महाधिवेशनमा नसमेटिएका नेताहरूलाई केन्द्रीय कार्यसमितिमा समेट्नुपर्ने प्रस्ताव आफूहरूले अघि सारेको बताए । त्यसरी सदस्य थप्दा सभापति थापा अल्पमतमा पर्ने चिन्ता भए आफ्नो पक्षबाट आवश...
बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, समाचार
काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्यको जिम्मेवारी प्रदेश सरकारले लिने बताउनुभएको छ। रसुवामा बाढी-पहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मुख्यमन्त्री थापा मगरले विपद्बाट प्रभावित परिवारलाई बागमती प्रदेश सरकारले सरकारको रूपमा मात्र नभई परिवारकै रूपमा साथ दिने प्रतिबद्धता जनाउनुभएको हो। मुख्यमन्त्री थापा मगरले आमाबाबु गुमाएका बालबालिकाको भविष्य अन्धकार हुन नदिने बताउँदै उहाँहरूको शिक्षा तथा भविष्य सुनिश्चित गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभएको छ। उहाँले भन्नुभएको छ, ‘बाढी-पहिरोमा आमाबाबु गुमाएका बालबालिकाको भविष्य अन्धकार हुन दिँदैनौँ। उहाँहरूको शिक्षा, सपना र भविष्यको जिम्मेवारी बागमती प्रदेश सरकारले लिनेछ।’ मुख्यमन्त्री थापा मगरले विपद्को पीडामा रहेका रसुवावासीलाई...
परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
डडेल्धुरा — बाढी तथा पहिरोलगायत प्राकृतिक विपद्बबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले डडेल्धुराको परशुराम नगरपालिका वडा नं १२ स्थित सिर्जना बचत तथा ऋण सहकारी संस्था लिमिटेडले प्रधानमन्त्री दैवीक प्रकोप उद्धार कोषमा रु. ६३ हजार ८ सय १ रुपया सहयोग गरेको छ। भाद्र १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङलगायत देशका विभिन्न स्थानमा बाढी, पहिरो तथा प्राकृतिक विपद्का कारण ठूलो धनजनको क्षति भएको घटनाप्रति दुःख व्यक्त गर्दै बुधबार सहकारीले उक्त सहयोग गरेको हो। संस्थाका अनुसार विपद्बबाट प्रभावित नागरिकको तत्काल राहत तथा पुनःस्थापनाका लागि सञ्चालक समिति र कर्मचारीहरूको तर्फबाट उक्त रकम सहयोग गरिएको हो। संस्थाले विपद्मा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेक...
रसुवाका बाढीपहिरो पीडितका लागि मेगा सहकारीको १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग

रसुवाका बाढीपहिरो पीडितका लागि मेगा सहकारीको १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर — रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि कञ्चनपुरको महेन्द्रनगरस्थित मेगा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ। संस्थाले आफ्नो वार्षिक बजेट तथा कार्यक्रमअन्तर्गत रहेको ‘प्राकृतिक प्रकोप राहत’ शीर्षकबाट प्रधानमन्त्री दैवीक प्रकोप उद्धार कोषमा उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो। संस्थाका अध्यक्ष रघुनाथ ओझाद्वारा जारी विज्ञप्तिमा रसुवाको भोटेकोशीमा आएको बाढी तथा पहिरोबाट ठूलो जनधनको क्षति भएकामा गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरिएको छ। विज्ञप्तिमा घाइते, विस्थापित तथा प्रभावित नागरिकको शीघ्र स्वास्थ्यलाभ, सुरक्षित उद्धार र सहज जीवनयापनको कामना गरिएको छ। विपद्को कठिन घडीमा प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस...
एमाले सुदूरपश्चिम संसदीय दलको बैठक : भोटेकोशी बाढीपीडितलाई सात दिनको तलब सहयोग गर्ने निर्णय

एमाले सुदूरपश्चिम संसदीय दलको बैठक : भोटेकोशी बाढीपीडितलाई सात दिनको तलब सहयोग गर्ने निर्णय

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी - नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको बाढीबाट प्रभावित तथा पीडितलाई सहयोग गर्ने निर्णय गरेको छ। एमाले संसदीय दलका नेता राजेन्द्र सिंह रावलको अध्यक्षतामा तथा पार्टीका उपमहासचिव लेखराज भट्टको विशेष उपस्थितिमा बुधबार बसेको दलको बैठकले बाढीमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको हो। बैठकले पार्टीको केन्द्रीय सर्कुलरअनुसार सुदूरपश्चिम प्रदेशसभाका प्रत्येक एमाले सांसदले आफ्नो मासिक तलबबाट सात दिन बराबरको १३ हजार १८३ रुपैयाँ कट्टा हुने गरी पार्टीको विपद् राहत कोषमा जम्मा गर्ने सर्वसम्मत निर्णय गरेको छ। साथै, बाढीपीडितलाई सहयोग गर्न सबैमा आह्वान गर्ने निर्णयसमेत गरिएको छ। त्यसैगरी, प्रदेश कमिटीले मन्त्री, राज्यमन्त्री तथा प्रदेशसभा सदस्यका सचिवालयमा कर्मचारी तथा सहयोगी नियुक्त गर्...
आमाको स्मृतिमा समाजसेवी मल्लद्वारा प्रधानमन्त्री राहत कोषमा पाँच लाख एघार हजार सहयोग

आमाको स्मृतिमा समाजसेवी मल्लद्वारा प्रधानमन्त्री राहत कोषमा पाँच लाख एघार हजार सहयोग

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर, कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष तथा समाजसेवी दिनेश मल्लले आफ्ना आमाको स्मृतिमा स्थापित राजुदेवी मल्ल स्मृति प्रतिष्ठान मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच लाख एघार हजार एक सय एघार रुपैयाँ सहयोग गर्नुभएको छ ।    मुलुकमा प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले मल्लले उक्त रकम प्रधानमन्त्री राहत कोषमा प्रदान गर्नुभएको हो । सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै मल्लले विभिन्न विपद तथा संकटका समयमा सहयोग गर्दै आउनुभएको छ । यसअघि कोभिड–१९ महामारीका बेला समेत मल्लले महाकाली अस्पतालमा अक्सिजन उपलब्ध गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । महामारीका क्रममा भारतबाट गड्डाचौकी नाकाहुँदै नेपाल प्रवेश गर्ने नागरिकका लागि भोजनको व्यवस्था गर्न पनि उहाँले सहयोग गर्नुभयो ।  उहाँले प्रतिष्ठान मार्फत विभिन्...
Breaking News 1, samachar, गण्डकी, ट्रेन्डिङ, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर- महाकाली साहित्य संगम, केन्द्रीय समिति कञ्चनपुरले यस वर्ष आयोजना गर्ने भनिएको ‘गौरा सभ्यता महोत्सव–२०८३’ स्थगित गरेको छ। संगमले भदौ १६ देखि २६ गतेसम्म कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा महोत्सव आयोजना गर्ने तयारी गरेको थियो। तर भदौ १० गते भोटेकोशी नदी क्षेत्रमा आएको आकस्मिक प्राकृतिक विपद्का कारण विभिन्न जिल्लामा ठूलो जनधनको क्षति हुनुका साथै नागरिकहरू पीडित बनेको भन्दै महोत्सव नगर्ने निर्णय गरेको हो। महाकाली साहित्य संगमका अध्यक्ष राजेन्द्र सिंह रावलद्वारा जारी प्रेस विज्ञप्तिमा प्राकृतिक विपद्मा परी ज्यान गुमाएका नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको छ। साथै बेपत्ता नागरिकको शीघ्र खोजी, उद्धार तथा सकुशल पुनर्मिलनको कामना गरिएको छ। संगमको २०८३ भदौ १४ गते बसेको बैठकले राष्ट्रिय विपद् र नागरिकको पीडाको संवेदनशील अवस्था...
रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

Breaking News 2, samachar, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, मनोरञ्जन, समाचार
काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घाईस्थित अक्टागनमा जारी रोड टु युएफसी सिजन–५ को सेमिफाइनलमा न्युजिल्यान्डका फाइटर कासिब मर्डकलाई पराजित गर्दै ढाँटले फाइनलमा स्थान बनाएका हुन्। उनी रोड टु युएफसीको फाइनलमा पुग्ने पहिलो नेपाली फाइटर बनेका छन्। अब फाइनल जित्न सके ढाँटले विश्वकै प्रतिष्ठित एमएमए संस्था युएफसी (UFC) सँग व्यावसायिक सम्झौता गर्ने अवसर प्राप्त गर्नेछन्। ‘बझाङ्गी बाघ’ उपनामले परिचित ढाँटले बान्टमवेट विधामा हालसम्म ११ खेल खेलेका छन्। उनले १० खेलमा जित हात पार्दा एक खेलमा मात्रै पराजय व्यहोरेका छन्। सन् २०२३ मा इस्माइल खानसँग पराजित भएपछि ढाँटले लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्। गत वर्ष भारतको नोएडामा आयोजित म्याट्रिक्स फाइट नाइट–१७ को बान्टमवेट उपाधि जितेपछि उनी थप चर्चामा आएका थ...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाली करिडोर र दैजी–जोगबुडा सडक कालोपत्रे लगायतका पूर्वाधार विकासका कामलाई प्राथमिकता दिन प्रदेश सरकारका नब नियुक्त मुख्यमन्त्री लगायत मन्त्रीसँग आग्रह गरेको छ । संघका अध्यक्ष दिनेश मल्लको नेतृत्वमा बुधबार अस्थायी राजधानी धनगढी पुगेको प्रतिनिधिमण्डलले नवनियुक्त मुख्यमन्त्री खगराज भट्टलगायत मन्त्रीहरूलाई भेटी प्रदेशको आर्थिक बिकाशका लागि दैजी जोगबुडा सडक खण्डलाई कालोपत्रे कार्य गर्न आग्रह गरेको हो । बाणिज्य संघको प्रतिनिधिमण्डलले उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री प्रकाश रावल, आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्ल र भौतिक पूर्वाधार विकासमन्त्री ओमविक्रम भाटसँग भेट गरी प्रदेशको आर्थिक विकाससँग सम्बन्धित विभिन्न विषयमा समेत ध्यानाकर्षण गराएको छ । कञ्चनपुरसह...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज