Advertisement

कोराभित्र पिता, घरदैलोमा छोरीहरू : शोकबीचको चुनावी यात्रा

बिराटनगर : मोरङ क्षेत्र नं. ६ मा यतिबेला चुनावी माहोल तातेको छ । तर यो चुनावी दौडबीच नेकपा (एमाले) का उम्मेदवार विनोद ढकालका लागि यो समय दोहोरो पीडाको क्षण बनेको छ । एकातर्फ १०१ वर्षको उमेरमा दिवंगत बुबा विष्णुप्रसाद ढकालको वियोग, अर्कोतर्फ फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको जिम्मेवारी ।

 

उम्मेद्धार ढकाल हिन्दु संस्कारअनुसार १३ दिने काजक्रियामा सेतो वस्त्र धारण गरेर कोरामा बसेका छन् । घरभित्र धार्मिक विधि चलिरहदा उनको मन भने मतदातामाझ पुग्न नसकेको पीडाले झन भारी बनेको छ ।

केही दिनअघिमात्र कोराभित्रबाटै एक भिडियो सन्देशमार्फत उनले मतदातालाई सम्बोधन गरे । “म शारीरिक रूपमा तपाईहरूको माझमा आउन नसके पनि मेरो मन तपाईहरूसगै छ । बुबाको शोक र तपाईहरूको माया दुवै मेरा लागि उत्तिकै महत्वपूर्ण छन्,” उनले भने ।
उम्मेदवार कोरामा बसेपछि चुनावी अभियान सुस्त हुन्छ कि भन्ने धेरैको अनुमान थियो । तर ढकाल परिवारमा त्यो अनुमान गलत सावित भयो । ढकालको अनुपस्थितिमा उनका दुई छोरीहरू घरदैलो अभियानमा निस्किएका छन । ‘जेन्जी’ पुस्ताका दुई छोरीहरूले भावनात्मक संवेदनशीलता र आधुनिक सोचलाई एकसाथ जोडेर अभियान अघि बढाइरहेका छन ।
एटालीबाट भर्खर सस्टेनेवल नेचुरल रिसोर्स मेनेन्जमेन्टबाट मास्टर गर्दै गरेकी जेन्जी उमेरकी जेठी छोरी सुरभीले भर्खरै बिएलएलबि सकेर बसेकी कान्छी छोरी सौरभीमा राम्रँे राजनितिमा चेत देखिन्छ । दुबै छोरी बिहानै उठेर बुबाको आशीर्वाद लिएर बुवाको प्रतिबद्धता पत्र बोकेर मतदाताको घर–घर पुगिरहेका छन । उनीहरूको हातमा केवल प्रतिबद्धता पत्रमात्र छैन, बुबाको संघर्ष र इमान्दारिताको कथा पनि छ । घरदैलोमा पुगेर उनिहरु उनीहरू भन्छन्, “हाम्रो बुबा अहिले तपाईहरूको अँगनमा आउन सक्नुभएन, उहाको तर्फबाट हामी आएका छौ । उहँको सपना पूरा गर्न साथ दिनुहोला ।”
जब दुई छोरीहरु मतदाताको आँगनमा पुग्छन्, धेरैजसो मतदाताहरू सुरुमा आश्चर्य मान्छन ।
“विनोद दाइ खोइ ?“ भन्ने प्रश्नको उत्तरमा जब छोरीहरूले “हजुरबुबा बित्नुभयो, बुबा किरियामा हुनुहुन्छ, त्यसैले हामी आएका भनेर विनम्रतापूर्वक हात जोड्छन्, माहोल एकाएक भावुक बन्छ ।
राजनीतिक आलोचना गर्न तयार भएर बसेका विपक्षी मतदाताको मन पनि यो दृश्यले पग्लिने गरेको छ । एक स्थानीय वृद्धा आमाले अँसु पुछ्दै भनेको दृश्य मार्मिक पारामा भनिन् “बिचरा बाउको किरिया बारिरहेको घर, छोरीहरू यसरी भोट माग्न हिडेका छन्, धर्म पनि नछोड्नु, कर्म पनि नछोड्नु भनेको यही हो ।
मतदाताहरूले यसलाई केवल राजनीतिक प्रचारका रूपमा मात्र लिएका छैनन । उनीहरूले यसमा ’छोरी’ को अदम्य साहस र पारिवारिक संस्कार देखेका छन । धेरैको बुझाइ छ– “जसको छोरीहरू यति जिम्मेवार छन्, त्यो बाबुले समाजका लागि पनि पक्कै केही राम्रै सोचेका होलान ।“
विनोद ढकाल कोरामा बस्दा उनका शब्दहरू मौन होलान्, तर उनका छोरीहरूको पाइलाले त्यो मौनतालाई शक्तिशाली आवाजमा परिणत गरिदिएको छ ।
पितृशोकको यो घडीमा छोरीहरूले देखाएको यो परिपक्वताले राजनीति केवल भाषण र घोषणापत्र मात्र होइन, यो संवेदना, सम्बन्ध र संस्कारको शिक्षा पनि भएको मतदाताको प्रतिकृया छ । बुबाको राजनीतिक परीक्षामा छोरीहरू ‘सारथी’ बनेको यो दृश्यले मोरङका मतदाताको मन छोएको छ ।
मतदाताहरूका लागि यो दृश्य भावुक बनिरहेको छ । एक स्थानीय मतदाता भन्छन्, “हिजोसम्म विनोद दाइ आफैं आउनुहुन्थ्यो, अहिले उहा शोकमा हुनुुहुदोरहेछ, आज उहाका छोरीहरू बुबाको लागि भोट माग्दै हिड्दा मन छोएको छ । यो केवल राजनीति होइन, परिवारको संस्कार र जिम्मेवारी पनि हो ।”

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

डडेल्धुरा — बाढी तथा पहिरोलगायत प्राकृतिक विपद्बबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले डडेल्धुरा...
रसुवाका बाढीपहिरो पीडितका लागि मेगा सहकारीको १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग

रसुवाका बाढीपहिरो पीडितका लागि मेगा सहकारीको १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग

महेन्द्रनगर — रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि कञ्चनपुरको...
एमाले सुदूरपश्चिम संसदीय दलको बैठक : भोटेकोशी बाढीपीडितलाई सात दिनको तलब सहयोग गर्ने निर्णय

एमाले सुदूरपश्चिम संसदीय दलको बैठक : भोटेकोशी बाढीपीडितलाई सात दिनको तलब सहयोग गर्ने निर्णय

धनगढी - नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको बाढीबाट प्रभावित तथा पीडितलाई सहयोग गर...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

महेन्द्रनगर- सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्र सिंह रावलले बिहीबार भीमदत्त नगरपा...
बैतडीमा पहिरोले बस्ती जोखिममा, स्थानीयमा त्रास

बैतडीमा पहिरोले बस्ती जोखिममा, स्थानीयमा त्रास

नरेश बोहरा, बैतडी — बैतडीको सुर्नया गाउँपालिका–८ ढोले (रातापानी) मा पहिरोले बस्ती जोखिममा परेको छ । वर्षौंदेखि निरन्तर बगिरहेको पह...
कञ्चनपुर उद्योग बाणिज्य संघले साउनभित्र सदस्यता नविकरण गर्ने सदस्यको दुई लाख दुर्घट्नाको विमा निशुल्क गर्दै

कञ्चनपुर उद्योग बाणिज्य संघले साउनभित्र सदस्यता नविकरण गर्ने सदस्यको दुई लाख दुर्घट्नाको विमा निशुल्क गर्दै

महेन्द्रनगर – कञ्चनपुर उद्योग बाणिज्य संघले साउनको मसान्तभित्र सदस्यता नविकरण गर्ने सदस्यको विमा रकम दोब्बर बढाएको छ । कञ्चनपुर उद...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज