नयाँ खबर
महेन्द्रनगर–मर्निङ ग्लोरी सेकेण्डरी स्कूलले फुडफेष्ट कार्यक्रमको आयोजना गरेको छ । शुक्रबार विद्यार्थीहरुमा उद्यमशिलताको विकाश गराउने उदेश्यका साथ मर्निङ्ग ग्लोरीले फुडफेष्ट कार्यक्रमको आयोजना गरेको हो ।

फुडफेष्टमा अर्गानिक खानेकुराका १६ वटा स्टल राखिएका छन् । फुडस्टलबाट कमाई भएको केही रकम सामाजिक सेवामा खर्चगर्ने योजना उनीहरुको छ । फेष्टमा राखिएका फुडस्टलमा विद्यार्थीहरु स्वयमले लगानी गरेको विद्यालयका प्रिन्सिपल चुडामणी शर्माले बताए । ‘फेष्टमा विद्यार्थीहरुले आफ्नै लगानीमा स्टल राखेका छन् ।, यसमा उनीहरुलाई शिक्षकहरुले गाईडमात्रै गरेका छन् ,’ उनले भने ‘बजारको अखाद्य बस्तुबाट टाढा रहन र उद्यमशिलता विकास गराउनका लागि फुट फेष्ट आयोजना गरेका हौ ।’

विद्यार्थीहरुले राखेका फुडस्टलमा सुदूरपश्चिममा पाईने मौलिक परिकार कोदा, मकै र गहूका रोटी, डुब्का, पकौडा, समोसा लगायतका परिकार छन् । अभिभावक, शिक्षकलगायतले फेष्टको अवलोकनसंगै विद्यार्थीहरुले बनाएका परिकारहरुको स्वाद लिएका छन् ।

पढाईका अतिरिक्त विद्यार्थीमा अतिरिक्त कामकाज गर्न सहजता आउने विद्यालयका प्रिन्सिपल शर्माले बताए ।



परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।