Advertisement

Breaking News 2

परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
डडेल्धुरा — बाढी तथा पहिरोलगायत प्राकृतिक विपद्बबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले डडेल्धुराको परशुराम नगरपालिका वडा नं १२ स्थित सिर्जना बचत तथा ऋण सहकारी संस्था लिमिटेडले प्रधानमन्त्री दैवीक प्रकोप उद्धार कोषमा रु. ६३ हजार ८ सय १ रुपया सहयोग गरेको छ। भाद्र १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङलगायत देशका विभिन्न स्थानमा बाढी, पहिरो तथा प्राकृतिक विपद्का कारण ठूलो धनजनको क्षति भएको घटनाप्रति दुःख व्यक्त गर्दै बुधबार सहकारीले उक्त सहयोग गरेको हो। संस्थाका अनुसार विपद्बबाट प्रभावित नागरिकको तत्काल राहत तथा पुनःस्थापनाका लागि सञ्चालक समिति र कर्मचारीहरूको तर्फबाट उक्त रकम सहयोग गरिएको हो। संस्थाले विपद्मा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेक...
रसुवाका बाढीपहिरो पीडितका लागि मेगा सहकारीको १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग

रसुवाका बाढीपहिरो पीडितका लागि मेगा सहकारीको १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर — रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि कञ्चनपुरको महेन्द्रनगरस्थित मेगा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ। संस्थाले आफ्नो वार्षिक बजेट तथा कार्यक्रमअन्तर्गत रहेको ‘प्राकृतिक प्रकोप राहत’ शीर्षकबाट प्रधानमन्त्री दैवीक प्रकोप उद्धार कोषमा उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो। संस्थाका अध्यक्ष रघुनाथ ओझाद्वारा जारी विज्ञप्तिमा रसुवाको भोटेकोशीमा आएको बाढी तथा पहिरोबाट ठूलो जनधनको क्षति भएकामा गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरिएको छ। विज्ञप्तिमा घाइते, विस्थापित तथा प्रभावित नागरिकको शीघ्र स्वास्थ्यलाभ, सुरक्षित उद्धार र सहज जीवनयापनको कामना गरिएको छ। विपद्को कठिन घडीमा प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस...
आमाको स्मृतिमा समाजसेवी मल्लद्वारा प्रधानमन्त्री राहत कोषमा पाँच लाख एघार हजार सहयोग

आमाको स्मृतिमा समाजसेवी मल्लद्वारा प्रधानमन्त्री राहत कोषमा पाँच लाख एघार हजार सहयोग

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर, कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष तथा समाजसेवी दिनेश मल्लले आफ्ना आमाको स्मृतिमा स्थापित राजुदेवी मल्ल स्मृति प्रतिष्ठान मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच लाख एघार हजार एक सय एघार रुपैयाँ सहयोग गर्नुभएको छ ।    मुलुकमा प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले मल्लले उक्त रकम प्रधानमन्त्री राहत कोषमा प्रदान गर्नुभएको हो । सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै मल्लले विभिन्न विपद तथा संकटका समयमा सहयोग गर्दै आउनुभएको छ । यसअघि कोभिड–१९ महामारीका बेला समेत मल्लले महाकाली अस्पतालमा अक्सिजन उपलब्ध गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । महामारीका क्रममा भारतबाट गड्डाचौकी नाकाहुँदै नेपाल प्रवेश गर्ने नागरिकका लागि भोजनको व्यवस्था गर्न पनि उहाँले सहयोग गर्नुभयो ।  उहाँले प्रतिष्ठान मार्फत विभिन्...
रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

Breaking News 2, samachar, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, मनोरञ्जन, समाचार
काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घाईस्थित अक्टागनमा जारी रोड टु युएफसी सिजन–५ को सेमिफाइनलमा न्युजिल्यान्डका फाइटर कासिब मर्डकलाई पराजित गर्दै ढाँटले फाइनलमा स्थान बनाएका हुन्। उनी रोड टु युएफसीको फाइनलमा पुग्ने पहिलो नेपाली फाइटर बनेका छन्। अब फाइनल जित्न सके ढाँटले विश्वकै प्रतिष्ठित एमएमए संस्था युएफसी (UFC) सँग व्यावसायिक सम्झौता गर्ने अवसर प्राप्त गर्नेछन्। ‘बझाङ्गी बाघ’ उपनामले परिचित ढाँटले बान्टमवेट विधामा हालसम्म ११ खेल खेलेका छन्। उनले १० खेलमा जित हात पार्दा एक खेलमा मात्रै पराजय व्यहोरेका छन्। सन् २०२३ मा इस्माइल खानसँग पराजित भएपछि ढाँटले लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्। गत वर्ष भारतको नोएडामा आयोजित म्याट्रिक्स फाइट नाइट–१७ को बान्टमवेट उपाधि जितेपछि उनी थप चर्चामा आएका थ...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाली करिडोर र दैजी–जोगबुडा सडक कालोपत्रे लगायतका पूर्वाधार विकासका कामलाई प्राथमिकता दिन प्रदेश सरकारका नब नियुक्त मुख्यमन्त्री लगायत मन्त्रीसँग आग्रह गरेको छ । संघका अध्यक्ष दिनेश मल्लको नेतृत्वमा बुधबार अस्थायी राजधानी धनगढी पुगेको प्रतिनिधिमण्डलले नवनियुक्त मुख्यमन्त्री खगराज भट्टलगायत मन्त्रीहरूलाई भेटी प्रदेशको आर्थिक बिकाशका लागि दैजी जोगबुडा सडक खण्डलाई कालोपत्रे कार्य गर्न आग्रह गरेको हो । बाणिज्य संघको प्रतिनिधिमण्डलले उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री प्रकाश रावल, आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्ल र भौतिक पूर्वाधार विकासमन्त्री ओमविक्रम भाटसँग भेट गरी प्रदेशको आर्थिक विकाससँग सम्बन्धित विभिन्न विषयमा समेत ध्यानाकर्षण गराएको छ । कञ्चनपुरसह...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, समाचार
महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको भीषण बाढीले बगाएर नारायणी किनारामा हुत्याएकी महिलाको शवबाट कानको मुन्द्रा निकाल्ने दुई व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको हो। बुधबार तिब्बततर्फबाट आएको भीषण पहिरोसहितको बाढीले बगाएर ल्याएको शवबाट कानको मुन्द्रा निकाल्दै गरेको भिडिओ सार्वजनिक भएको थियो। सामाजिक सञ्जालमा भाइरल भिडिओका आधारमा अनुसन्धान गर्दा शवबाट सुनको मुन्द्रा तान्ने कार्यमा संलग्न देखिएका दुई जनालाई बिहीबार भरतपुर महानगरपालिका–१, पोखरा बसपार्कनजिकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। प्रहरीले नवलपरासीको विनय त्रिवेणी गाउँपालिका–१ घर भई हाल भरतपुर महानगरपालिका–१ लीलाचोकस्थित मामाघरमा बस्दै आएका २५ वर्षीय मदन गुरुङ र सुनसरीको चादँबेला नगरपालिका–५ घर भई हाल भरतपुर महानगर...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, समाचार
काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेतृत्वमा टोली नुवाकोटतर्फ प्रस्थान गरेको छ। ​च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयबाट निस्किएको टोलीमा पूर्वउपमहासचिव विष्णु रिमाल, सचिव राजन भट्टराई, स्वास्थ्य विभाग प्रमुख कृष्णगोपाल श्रेष्ठ, र प्रचार विभाग प्रमुख निरज आचार्य र केन्द्रीय सदस्य पार्वत गुरुङ हुनुहुन्छ। ​त्यसैगरी, जिफन्टका अध्यक्ष विनोद श्रेष्ठ, भूतपूर्व सैनिक/प्रहरी सङ्गठनका अध्यक्ष सहायक रथि विनोद पाण्डे( अप्र), मोर्चा सङ्गठन प्रमुख विशाल भट्टराई तथा युवा तथा खेलकुद विभाग प्रमुख अमित लामा,प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डे समेत निरीक्षण टोलीमा सहभागी छन्। प्रचार विभाग प्रमुख आचारेयका अनुसार टोलीले बाढी प्रभावित क्षेत्रको निरक्षण,स्थानीयबासिन्दासँग अन्तरक्रिया गर्ने,स्थानीय तहरुसँग उद्दार ...
कञ्चनपुर उद्योग बाणिज्य संघले साउनभित्र सदस्यता नविकरण गर्ने सदस्यको दुई लाख दुर्घट्नाको विमा निशुल्क गर्दै

कञ्चनपुर उद्योग बाणिज्य संघले साउनभित्र सदस्यता नविकरण गर्ने सदस्यको दुई लाख दुर्घट्नाको विमा निशुल्क गर्दै

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – कञ्चनपुर उद्योग बाणिज्य संघले साउनको मसान्तभित्र सदस्यता नविकरण गर्ने सदस्यको विमा रकम दोब्बर बढाएको छ । कञ्चनपुर उद्योग बाणिज्य संघले सामाजिक उत्तरदायित्व अन्र्तगत गतबर्षबाट समयमा सदस्यता नविकरण गर्ने सदस्यको एक लाखको दुर्घट्ना विमा निशुल्क गर्दै आएको छ । यस बर्ष समयमा नविकरण गर्ने सदस्यको निशुल्करुपमा दुई लाख सम्मको दुर्घट्ना विमा गरीने भएको हो । व्यवसायीको हकहितमा आवाज उठाउदै संघले बीमा गर्नका लागि बीमा कम्पनी छनौट प्रक्रिया सुरु गरेको सचिव राहुल भट्टले बताए । उनले किफाईती र संघको उदेश्यसित मेल खाने कम्पनी छनौटका लागि कोटेसन आव्हान गरिएको बताए । बाणिज्य संघमा बुधबार आयोजित कार्यक्रममा दुई लाखको बीमा गर्ने तयारीबारे जानकारी दिइएको छ । संघका अध्यक्ष दिनेश मल्ल, वरिष्ठ उपाध्यक्ष दिपेन्द्र प्रकाश साउद, उद्योग उपाध्यक्ष तेज बहादुर चन्द, सचिव् राहुल भट्ट, सह सचिव एनपी जोशी सह...
दिसामा भेटियो खैरो हेरोइन, एक जना पक्राउ

दिसामा भेटियो खैरो हेरोइन, एक जना पक्राउ

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – कञ्चनपुर प्रहरीले भारतबाट नेपालतर्फ लागुऔषध ल्याउँदै गरेका एक युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार शुक्रबार अपराह्न करिब ४:३० बजे इलाका प्रहरी कार्यालय गड्डाचौकी र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले भीमदत्त नगरपालिका–११ स्थित गड्डाचौकी क्षेत्रमा चेकजाँचका क्रममा जिल्ला बझाङ जयपृथ्वी नगरपालिका–३ का २७ वर्षीय कमल विकलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार प्रारम्भिक चेकजाँचमा कुनै लागुऔषध फेला नपरेपछि उनले पेटभित्र वा गोप्य अङ्गमा लुकाएर ल्याएको हुन सक्ने आशंकामा महाकाली प्रादेशिक अस्पतालमा चिकित्सकीय निगरानीमा राखिएको थियो। आज बिहान करिब १० बजे दिसा गर्ने क्रममा कालो प्लास्टिकले बेरिएको एउटा पुडिया बाहिरिएको प्रहरीले जनाएको छ। मान्यता प्राप्त तराजुबाट तौल गर्दा उक्त पुडियाभित्र ७.७५ ग्राम अव...
पुर्व विद्यार्थी नेता ज्ञानु भट्टद्वारा बिरामी पत्रकार राजेन्द्र विष्टको उपचारका लागि आर्थिक सहयोग

पुर्व विद्यार्थी नेता ज्ञानु भट्टद्वारा बिरामी पत्रकार राजेन्द्र विष्टको उपचारका लागि आर्थिक सहयोग

Breaking News 2, samachar, अर्थ, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
कञ्चनपुर - बिरामी पत्रकार राजेन्द्र विष्टको उपचारका लागि कञ्चनपुरका एक पुर्व विद्यार्थी नेताले उपचार खर्च सहयोग गरेका छन । सरकारी संचार माध्यम राष्ट्रिय समाचार समिति(रासस) काठमाण्डौँ केन्द्रीय कार्यालयका कार्यरत पत्रकार राजेन्द्र विष्टको उपचारका लागि कञ्चनपुरका पुर्व विद्यार्थी नेता ज्ञानु भट्टले उपचार खर्च सहयोग गरेका हुन । सुदूरपश्चिम प्रदेश शुक्लाफाँटा नगरपालिका १ कञ्चनपुरका स्थानीय समेत रहेका पत्रकार विष्टको उपचारका लागि टेवा पु¥याउने उदेश्यका साथ नेकपा एमाले निकट अनेरास्ववियु कञ्चनपुरका पुर्व उपाध्यक्ष समेत रहेका विद्यार्थी नेता भट्टले २०हजार आर्थिक सहयोग गरेका हुन ।   अध्ययन तथा रोजगारीका लागि विदेशी भूमि जापानमा रहेका कञ्चनपुरको बेलौरी निवासी भट्टले आर्थिक अभावमा पत्रकार विष्टको उपचारमा समस्या भएको थाहा पाएपछि समाजिक सेवा गर्ने उदेश्यले खाजा खर्च घटाएर सहयोग गरेका छन...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज