शिक्षा विधेयकमा निजी विद्यालय : सुमना श्रेष्ठका १२ प्रश्नोत्तर
काठमाण्डौ–विद्यालय शिक्षा विधेयक शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट पारित भएर संसद्मा पेस भएको छ । समितिबाट पारित भएको विधेयकमा निजी विद्यालय सञ्चालकहरूले असन्तुष्टि जनाएका छन् । निजी विद्यालयबारे उठेका प्रश्नबारे रास्वपा सांसद सुमना श्रेष्ठको धारणा :
प्रश्न १ : गैरनाफामुलक शिक्षण संस्थाले के गर्न पाउँछ, के गर्न पाउँदैन ?
– विद्यार्थी र अभिभावकसँग शिक्षण शुल्क लिन पाउँछ ।
– शिक्षक, प्रधानाध्यापक र कर्मचारीलाई प्रतिस्पर्धात्मक तलब सुविधा दिन पाउँछ ।
– शिक्षकरकर्मचारीको वृत्तिविकासका लागि तालिम आयोजना गर्न पाउँछ ।
– भवन, ल्याब, खेलमैदान, खेलसामग्री, शिक्षण सामाग्री आदि पूर्वाधारमा खर्च गर्न पाउँछ ।
– अफ्ठ्यारो समयको लागि जगेडा कोष स्थापना गर्न पाउँछ (कोभिडको विपद् सम्झिनुहोला) ।
– विद्यार्थीहरूले सञ्चालन गर्न बाल क्लबहरूमा लगानी गर्न पाउँछ ।
– राष्ट्रिय र अन्तर...




















