भारतको कुशीनगरमा बन्धक बनाइएका ३४३ पुरुष र ११० महिला गरी ४५३ को उद्धार, उद्धार गरीएका मध्ये अधिकांस सुदूरपश्चिमका
महेन्द्रनगर — भारतको उत्तर प्रदेशको कुशीनगरमा बन्धक रहेका ४ सय ५३ नेपालीको उद्धार गरिएको छ । भारतीय प्रहरीको सहयोगमा रूपन्देही प्रहरीले शुक्रबार उद्धार गरेर शनिबार नेपाल ल्याएको हो । उनीहरुमध्ये १ सय १० महिला र ३ सय ४३ जना पुरुष रहेका छन् । जसमा अधिकांस सुदूरपश्चिम प्रदेशका रहेका छन् । सुभअवसर ग्रुप नेपाल संस्था, भारतीय प्रहरीको सहयोगमा लुम्बिनी प्रदेश प्रहरी र रुपन्देही प्रहरीको टोलीले कुशीनगरबाटै उद्धार गरेको हो ।
आकर्षक जागिर र राम्रो कमाई हुने प्रलोभन देखाएर नेपालीहरूकै एक गिरोहले नेपालका विभिन्न जिल्लाका युवायुवतीलाई कुशीनगर पुर्याएर बन्धक बनाइरहेको सूचना पाएपछि लुम्बिनी प्रदेश र रूपन्देही प्रहरीले अपरेसन सुरू गरेको थियो ।
बन्धक बनाउने गिरोहले नेपालबाट आकर्षक जागिरको प्रलोभन देखाएर सुनौली हुँदै कुशीनगर पुर्याउने र त्यहाँ प्रति व्यक्ति ७ हजार भारतीय रूपैयाँदेख...




















