Advertisement

ईसिजी गर्नुपर्ने विरामीलाई खोप लगाई दिएपछि विरामीको मृत्यू

महेन्द्रनगर– महाकाली प्रादेशिक अस्पतालमा ईसिजि गर्नुपर्ने विरामीलाई खोप लगाई दिएपछि विरामीको मृत्यू भएको छ । बुधबार साढे ११ बजे कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका वडा नंम्बर २ का अन्दाजी ६५ बर्षिय जग्गु भण्डारीलाई ईसिजी गर्न अस्पताल लगेकोमा ईसिजी नगरी त्यहाका स्वास्थ्यकर्मीले खोप लगाएपछि मृत्यू भएको हो ।
बुधबार डाक्टरको सिफारिसमा ईसिजि गर्न ईसिजि कक्षमा पुगेका मृतक जग्गुलाई स्वास्थ्यकर्मीले ईसिजि गर्नुभन्दा पहिला रेविजको खोप लगाएको मृतककी बुहारी बिनिता भण्डारीले जानकारी दिइन । ‘ईसिजि गर्न ससुरा बालाई ईसिजि गर्ने ठाँउमा लिएकी थिए, त्यहा भीडभाड थियो, उहाँको पाखुरामा स्वास्थ्यकर्मीले खोप लगाउनको लागि कपडा माथि गर्न भन्नु भयो र मैले माथि गरिदिएपछि दुई खोप लगाउनु भयो’, मृतककी बुहारी बिनिताले भन्नु भयो ‘खोप लगाएको १०÷१५ मिनेटमा ससुरा बुवाले परानी छोड्नुभयो ।’
मृतक जग्गु भण्डारीले अघिल्लो दिन छाति दुखेर ओपिडिमा स्वास्थ्य परिक्षण गराएका थिए । चिकित्सकले उनलाई बिहिबार ईसिजी गर्न सल्लाह दिएको बुहारी विनिताले बताईन् । अस्पतालमा रेविज विरुद्धको खोप लगाउनेको चाप बढेको छ ।

 

मृतक भण्डारीका आफन्तले ईसिजीका लागि सिफारिस विपरित रेबीजको सुई लगाएर जनस्वास्थ्य निरीक्षक गौरीदत्त जोशीले गम्भिर त्रृटी गरेको भन्दै कार्बाहीको माग गरेका छन् । मृतक जग्गुकी अर्की बुहारी शान्ती भण्डारीले स्वास्थ्यकर्मिको लापर्वाहीको कारण विरामीको मृत्यू भएको भन्दै घट्नाको छानविन गरी उचित क्षतिपुर्ति दिनुपर्ने र दोषिलाई कारवाहि गर्नुपर्ने माग गरेकी छन् ।
‘मेरा ससुराको छातीको चेकजाँच गर्नुपर्ने, तर स्वास्थ्यकर्मीको लापर्वाहिका कारण उहाँको मृत्यू भएको छ,’ मृतककी बुहारी शान्तीले भनिन् ‘यस घट्नाको सत्यतथ्य छानविन गर्नुपर्छ, पिडितलाई क्षतिपूर्ति र लापर्वाही गर्ने स्वास्थ्यकर्मीलाई कारवाही गर्नुपर्छ ।’
महाकाली अस्पतालका जनस्वास्थ्य निरीक्षक गौरीदत्त जोशीले आफुले भण्डारीको ईसिजी चेकजाँच मात्रै गरेको दावि गरेका छन ।‘मैले विरामीको ईसिजिमात्रै गरेको छु,’ जनस्वास्थ्य निरिक्षक जोशीले भन्नुभयो ‘जहाँसम्म पनि हो उहाँलाई मैले खोप लगाएको कुरा मेरो ख्यालमा छैन ।’

महाकाली अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा। अर्जुन भट्टले छातीका बिरामी भण्डारीको मृत्यु रेबिज भ्याक्सिनकै कारणले नभएको बताए । ‘उहाँको मृत्यु रेबीज भ्याक्सिनकै कारण होईन, ‘पहिल्यै हार्ट्याक प्रमाणित भईसकेको छ, मृत्यू हुनुमा अन्य विबिध कारण हुन सक्छन, त्यसबारे हामी अध्ययन गर्दैछौँ ।’
महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्टले उक्त घटनाको सत्यतथ्य छानविन गर्ने बताउनु भयो । ‘यो घट्ना गम्भिर खालको छ,’ अध्यक्ष भट्टले भने ‘यसबारे सत्यतथ्य छानविन गरी निर्णय लिन्छौ ।’
उक्त विषयमा मृतकका आफन्त र अस्पतालविच मृत्युको कारण बारे छलफल भएपनि निष्कर्षमा पुगेको छैन् । मृतक भण्डारीका आफन्तले घटनाको सत्यतथ्य छानबिन गरेर दोषि उपर कार्बाही नहुँदासम्म शव नबुझ्ने जनाएका छन । शव अहिलेसम्म अस्पतालमै रहेको छ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

डडेल्धुरा — बाढी तथा पहिरोलगायत प्राकृतिक विपद्बबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले डडेल्धुरा...
रसुवाका बाढीपहिरो पीडितका लागि मेगा सहकारीको १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग

रसुवाका बाढीपहिरो पीडितका लागि मेगा सहकारीको १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग

महेन्द्रनगर — रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि कञ्चनपुरको...
एमाले सुदूरपश्चिम संसदीय दलको बैठक : भोटेकोशी बाढीपीडितलाई सात दिनको तलब सहयोग गर्ने निर्णय

एमाले सुदूरपश्चिम संसदीय दलको बैठक : भोटेकोशी बाढीपीडितलाई सात दिनको तलब सहयोग गर्ने निर्णय

धनगढी - नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको बाढीबाट प्रभावित तथा पीडितलाई सहयोग गर...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

महेन्द्रनगर- सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्र सिंह रावलले बिहीबार भीमदत्त नगरपा...
बैतडीमा पहिरोले बस्ती जोखिममा, स्थानीयमा त्रास

बैतडीमा पहिरोले बस्ती जोखिममा, स्थानीयमा त्रास

नरेश बोहरा, बैतडी — बैतडीको सुर्नया गाउँपालिका–८ ढोले (रातापानी) मा पहिरोले बस्ती जोखिममा परेको छ । वर्षौंदेखि निरन्तर बगिरहेको पह...
कञ्चनपुर उद्योग बाणिज्य संघले साउनभित्र सदस्यता नविकरण गर्ने सदस्यको दुई लाख दुर्घट्नाको विमा निशुल्क गर्दै

कञ्चनपुर उद्योग बाणिज्य संघले साउनभित्र सदस्यता नविकरण गर्ने सदस्यको दुई लाख दुर्घट्नाको विमा निशुल्क गर्दै

महेन्द्रनगर – कञ्चनपुर उद्योग बाणिज्य संघले साउनको मसान्तभित्र सदस्यता नविकरण गर्ने सदस्यको विमा रकम दोब्बर बढाएको छ । कञ्चनपुर उद...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज