नयाँ खबर
महेन्द्रनगर– भूमि समस्या समाधान आयोगले भीमदत्त नगरपालिमा पनि जग्गाको नापनक्सा गर्ने कार्यलाई निरन्तरता दिएको छ । मंगलबार आयोगले एक औपचारकि कार्यक्रमको आयोजना गरी भीमदत्त नगरपालिका वडा नं. १३ हात्तिसार बाट जग्गाको नापनक्सांकन गर्ने कार्यलाई निरन्तरता दिएको हो । वडा नं. १३ का वडा अध्यक्ष राम बहादुर बोहरा(झक्कास)को सभापतित्वमा भएको समुद्धघाटन कार्यक्रमको प्रमुख अतिथि भूमि समस्या समाधान आयोगका केन्द्रिय अध्यक्ष हरि प्रसाद रिजाल रहेका थिए । उक्त कार्यक्रममा भुमि समस्या समाधान आयोग केन्द्रिय समिति विज्ञ सदस्य टेक बहादुर शाह, केन्द्रिय समिति सदस्य गोवर्धन कोलि, जिल्ला अध्यक्ष नेत्र प्रकास पन्त अतिथि रहेका थिए । भूमि समस्या समाधान आयोगका केन्द्रीय अध्यक्ष हरि प्रशाद रिजालले देशभर आयोगले ऐलानी जमिनको नाप नक्सादेखि लालपुर्जा वितरणको कार्य तिव्ररुपमा अघि बढाएको बताए ।

त्यसैगरी कायक्रममा जिल्ला अध्यक्ष नेत्र प्रसाद पन्तले भीमदत्तमा अधुरा रहेका नापनक्सा गर्ने कार्यलाई निरन्तरता दिएको बताए। ‘भीमदत्त नगरपालिकामा पनि हामीले भूमि समस्या समाधानलागि आफ्ना कार्य तिव्र बनाएकाछौ,’ जिल्ला अध्यक्ष पन्तले भने ‘अघिल्लो आयोगद्धारा अधुरा अपुरा तथा बाकि रहेका कार्यलाई निरन्तरता दिएकाछौ ।’

उनले असार मसान्तसम्ममा कञ्चनपुरमा ३ हजार देखि ४ हजारसम्म लालपुर्जा वितरण गरीसक्ने लक्ष्य राखिएको बताए । ‘आउदो असार मसान्तसम्म कञ्चनपुर जिल्लामा तिन देखि ४ हजारको हाराहारी लालपुर्जा वितरण गर्ने योजना रहेको छ,’ अध्यक्ष पन्तले भने ‘अघिल्लो आयोगद्धारा अधुरा अपुरा कार्यहरुलाई तिव्रता दिईन्छ ।’

वडाध्यक्ष झक्कासले बषौँदेखि भूमिहिन, सुकुमबासी रहेका नागरिकलाई जमिनको मालिक बनाउन ऐलानी जमिन नापनक्सा गर्न सुरु गरीएको बताए । ‘वडामा यस अघि विवरण भरेका अव्यवस्थित बसोबासी नागरिकको जमिन नाप्न शुरु गराएको छु, वडा अध्यक्ष बोहराले भने, ‘पहिला अव्यवस्थित बसोबासीको जमिन नाप्छु, त्यसपछि भूमिहिन दलित र भूमिहिन सुकुमबासीका लागि जमिन खोज्छु ।’

भीनपा १३का वडा सचिव हर्क बहादुर धामीले यस अघि भूमिहिन दलित तर्फ १३, सुकुमबासी तर्फ ३ र अव्यवस्थित बसोबासी तर्फ ३ सय १८ जनाले फारम भरेको बताए ।
भूमी समस्या समाधान आयोगका जिल्ला अध्यक्ष पन्तका अनुसार १९ वडा रहेको भीमदत्त नगरपालिकाका सबै वडाहरुमा जमिन नापजाँच हुनेछ । यस अघिका भूमि आयोग कञ्चनपुरले दोधाराचाँदनी, बेदकोट, शुक्लाफाँटा, कृष्णपुर, बेलौरी सहितका भूमिहिन जनतालाई लालपुर्जा वितरण गरिएको थियो । कञ्चनपुर भुमि समस्या समाधान आयोग कञ्चनपुरका विज्ञ सदस्य दिलबहादुर सिन्जाली, सदस्य दिल बहादुर देउवा, कमला चौधरीलगायत स्थानियको उल्लेख्य उपस्थीति रहेको थियो ।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।