पूर्ण विजय न पूर्ण पराजय छ , केवल निरन्तर संघर्ष छ : अमेरिका -ईरान युद्व विराम
प्रेमचन्द्र झा - मरुभूमिको तातो हावामा इतिहास कहिल्यै पूर्ण रूपमा सुक्दैन; त्यहाँ सधैं केही न केही चिसोपन बाँकी रहन्छ—यादहरूको, पीडाको, प्रतिरोधको। ईरान त्यही चिसोपन बोकेको एउटा भूगोल मात्र होइन, बरु एउटा जीवित अनुभव हो, जहाँ समयले बारम्बार परीक्षा लिएको छ र मानिसहरूले बारम्बार आफूलाई पुनःपरिभाषित गरेका छन्। संसारका शक्तिशाली राष्ट्रहरूको गर्जनबीच, धम्की र दबाबहरूको छायामा पनि, त्यहाँको माटोले एउटा अनौठो प्रतिज्ञा बोकेको देखिन्छ—झुक्नुभन्दा टुक्रिनु ठीक।
तर यथार्थ सधैं कविताजस्तो सरल हुँदैन। इतिहासका पानाहरू पल्टाउँदा स्पष्ट हुन्छ कि इरान र संयुक्त राष्ट्र संघ बीचको सम्बन्ध कुनै एक क्षणको टकराव होइन; यो त दशकौँदेखि बुनिँदै आएको अविश्वासको जाल हो। सन् १९५३ को राजनीतिक उथलपुथलदेखि सुरु भएको कथा, जसले एउटा निर्वाचित नेतृत्वलाई हटाएर बाह्य प्रभावलाई गहिरो बनायो, आज पनि इरानी सामूहिक चेतनामा ज...




















