महेन्द्रनगर- महाकाली साहित्य संगम, केन्द्रीय समिति कञ्चनपुरले यस वर्ष आयोजना गर्ने भनिएको ‘गौरा सभ्यता महोत्सव–२०८३’ स्थगित गरेको छ।
संगमले भदौ १६ देखि २६ गतेसम्म कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा महोत्सव आयोजना गर्ने तयारी गरेको थियो। तर भदौ १० गते भोटेकोशी नदी क्षेत्रमा आएको आकस्मिक प्राकृतिक विपद्का कारण विभिन्न जिल्लामा ठूलो जनधनको क्षति हुनुका साथै नागरिकहरू पीडित बनेको भन्दै महोत्सव नगर्ने निर्णय गरेको हो।
महाकाली साहित्य संगमका अध्यक्ष राजेन्द्र सिंह रावलद्वारा जारी प्रेस विज्ञप्तिमा प्राकृतिक विपद्मा परी ज्यान गुमाएका नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको छ। साथै बेपत्ता नागरिकको शीघ्र खोजी, उद्धार तथा सकुशल पुनर्मिलनको कामना गरिएको छ।
संगमको २०८३ भदौ १४ गते बसेको बैठकले राष्ट्रिय विपद् र नागरिकको पीडाको संवेदनशील अवस्था...




















