बाढीबाट पुर्ण क्षती भएका घरपरिवारलाई नेपाल रेडक्रसद्धारा त्रिपाल, भाडाकुडा लगाएत गैरखाद्य सामग्री बितरण
पप्पु गुरुङ्ग, दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाका बाढीपिडितहरुलाई नेपाल रेडक्रस सोसाईटीले भाडाकुडा, त्रिपाल लगाएत गैरखाद्य सामग्री बितरण गरेको छ् । दोधारा चाँदनी नगरपालिका– ३ पटरा खल्लाका २६ घरपरिवार बाढीपिडितलाई नेपाल रेडक्रस सोसाईटी चाँदनी उपशाखाले भाडाकुडा, त्रिपाल लगाएत गैरखाद्य सामग्री बितरण गरेको दोधारा चाँदनी नगरपालिका– ३ का वडाध्यक्ष हरिसिंह धनाडीले जानकारी दिनुभएको छ् । गएको २४ र २५ गते आएको अबिरल वर्षा संग जगबुडा नदी र महाकाली नदीमा आएको बाढीले दोधारा चाँदनी नगरपालिका क्षेत्रमा १ सय २ घरहरु पुर्ण क्षती बनाएको छ् ।
दोधारा चाँदनी नगरपालिका– ३ पटरा खल्लामा बसोबास गर्ने २६ घरपरिवारको घरहरुमा बाढीले ठुला क्षती बनाएर घर फर्किने अवस्था नभएको हुदा नेपाल रेडक्रस सोसाईटी चाँदनी उपशाखाले भाडाकुडा, त्रिपाल लगाएत गैरखाद्य सामग्री उपलब्ध गराएको दोधारा चाँदनी नगरपालिका– ३ का वडाध्...



















