Advertisement

महाकाली र जगबुडा नदीबाट बस्ती जोगाउन नगर प्रमुख लिम्बु मन्त्रालयहरुमा धाउदै

दोधारा । कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बु महाकाली नदी र जगबुडा नदीबाट जोगाउनका लागि झण्डै एक साता देखि संघिय सरकारका विभिन्न मन्त्रालयहरुमा धाईरहेका छन् । नगर प्रमुख लिम्बु महाकाली नदीका कारण बर्षेनी आउने विपद दिगोरुपमा हटाई नगरबासिलाई बाढीबाट जोगाउनका लागि केही दिन देखि काठमाण्डौमा संघिय सरकारका विभिन्न मन्त्रालयमा मन्त्री तथा कार्यालय प्रमुख संग हारगुहार गरिरहेका हुन् । त्यसै क्रममा नगर प्रमुख लिम्बुले गृह मन्त्रालयका गृहमन्त्री रमेश लेखकसंग भेट गर्ने कार्यक्रम तय भएको नगर प्रमुख किशोर कुमार लिम्बुले जानकारी दिनुभएको छ् । उहाँले गृहमन्त्री लेखक संग भेट गरि दोधारा चाँदनी नगरपालिकामा बाढी दिदै आएको पिडा र वन्यजन्तुले गरेको मानविय र किसानहरुको अन्नवालीको क्षतीको बारेमा जानकारी गराउनुहुने भएको छ् ।

दोधारा चाँदनी नगरपालिकाका बासिन्दाले बर्षेनी झेल्दै आएको बाढी र वन्यजन्तुको समस्यालाई दिर्घकालिनरुपमा समाधान गर्न संघिय सरकारका बिभिन्न मन्त्रालय धाउदै आउनुभएको छ् । नगर प्रमुख लिम्बुले सञ्चार तथा सूचना प्रविधी मन्त्री पृथ्वी सुब्बा गुरुङ्ग, संघिय मामिला तथा सामान्य प्रसाशन मन्त्री राजकुमार गुप्ता, उद्योग मन्त्री दामोदर भण्डारीलाई समेत भेट गरिसक्नुभएको छ् । मध्यवर्ती क्षेत्रको कारणले पर्यटन विकासमा बाँधा आएको बताउदै विहिवार वन तथा भूसंरक्षण विभाग र भूमी व्यवस्थापन तथा अभिलेख विभाग बबरमहलमा पुगी नगर प्रमुख किशोर कुमार लिम्बुले ज्ञापन पत्र बुझानुभएको छ् ।

‘मध्यवर्ती क्षेत्रको कारणले पर्यटन विकासमा काम गर्न नदिएपछि नगरपालिका भित्रको जग्गा नगरपालिकाले प्रयोग तथा भोगचलन गर्न पाउने अधिकारको लागि वन तथा भूसंरक्षण विभाग र भूमी व्यवस्थापन तथा अभिलेख विभाग बबरमहल सम्म पुगेको छु’ दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले भने ।

यस्तै महाकाली नदी र जगबुडा नदी र वन्यजन्तुले स्थानियहरुलाई दिदै आएको पिडालाई लिएर नगर प्रमुख लिम्बुले केही दिन अघि मात्रै प्रधानमन्त्री केपि शर्मा ओलीलाई पनि भेट गर्नुभएको थियो ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

डडेल्धुरा — बाढी तथा पहिरोलगायत प्राकृतिक विपद्बबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले डडेल्धुरा...
रसुवाका बाढीपहिरो पीडितका लागि मेगा सहकारीको १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग

रसुवाका बाढीपहिरो पीडितका लागि मेगा सहकारीको १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग

महेन्द्रनगर — रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि कञ्चनपुरको...
एमाले सुदूरपश्चिम संसदीय दलको बैठक : भोटेकोशी बाढीपीडितलाई सात दिनको तलब सहयोग गर्ने निर्णय

एमाले सुदूरपश्चिम संसदीय दलको बैठक : भोटेकोशी बाढीपीडितलाई सात दिनको तलब सहयोग गर्ने निर्णय

धनगढी - नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको बाढीबाट प्रभावित तथा पीडितलाई सहयोग गर...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

महेन्द्रनगर- सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्र सिंह रावलले बिहीबार भीमदत्त नगरपा...
बैतडीमा पहिरोले बस्ती जोखिममा, स्थानीयमा त्रास

बैतडीमा पहिरोले बस्ती जोखिममा, स्थानीयमा त्रास

नरेश बोहरा, बैतडी — बैतडीको सुर्नया गाउँपालिका–८ ढोले (रातापानी) मा पहिरोले बस्ती जोखिममा परेको छ । वर्षौंदेखि निरन्तर बगिरहेको पह...
कञ्चनपुर उद्योग बाणिज्य संघले साउनभित्र सदस्यता नविकरण गर्ने सदस्यको दुई लाख दुर्घट्नाको विमा निशुल्क गर्दै

कञ्चनपुर उद्योग बाणिज्य संघले साउनभित्र सदस्यता नविकरण गर्ने सदस्यको दुई लाख दुर्घट्नाको विमा निशुल्क गर्दै

महेन्द्रनगर – कञ्चनपुर उद्योग बाणिज्य संघले साउनको मसान्तभित्र सदस्यता नविकरण गर्ने सदस्यको विमा रकम दोब्बर बढाएको छ । कञ्चनपुर उद...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज