Advertisement

मधेस प्रदेश

बौद्धिक नेता डा दीपक प्रकाश भट्टका २२ प्रतिबद्धताभित्र केके अटाए ?

बौद्धिक नेता डा दीपक प्रकाश भट्टका २२ प्रतिबद्धताभित्र केके अटाए ?

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, मधेस प्रदेश, मनोरञ्जन, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – प्रतिनिधि सभा सदस्य निर्वाचन आउन हप्ता दश दिनमात्रै बाकि छ । अहिले नेताहरु र पार्टीहरुमा निर्वाचनको चटारो चलेको छ । उमेदवारहरुलाई मतदाता भेट्घाट र घरदैलोमा, टोलभेलामा जानका लागि भ्याईनभ्याई छ । यही फागुन २१ गते प्रतिनिधि सभा सदस्यको निर्वाचन हुदैछ । उमेदवारहरु मतदातालाई भेट्दै उनीहरुका समस्या र माग बुझ्ने प्रयास गर्नुका साथै उनीहरुका माग र नयाँ नयाँ सपना बाडिरहेका छन् । उमेदवारहरुले आफ्ना प्रतिबद्धता पत्र सार्वजनीक गरीरहेका छन । यसैक्रममा निर्वाचन क्षेत्र नं. ३मा नेकपा एमालेका उमेदवार डा दीपक प्रकाश भट्टले पनि आफ्ना २२ बुदे घोषणा पत्र जारी गरेका छन् । डा. दीपक प्रकाश भट्टले प्रविधि सुहाउदो प्रतिबद्धता पत्र जारी गरेका छन् । उनले डिजिटलरुपमा आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरीसकेका छन् । डिजिटल घोषणा पत्र जारी गर्ने एमाले उमेदवार भट्टले २२ बुदे घोषणा पत्रमा के गर्छु भनेका यस ...
मधेशको जल संकट: कारण, चुनौती र दीर्घकालीन समाधानको बाटो

मधेशको जल संकट: कारण, चुनौती र दीर्घकालीन समाधानको बाटो

अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, मधेस प्रदेश, विचार, शिक्षा
–प्रेमचन्द्र झा, नेपालको मधेश प्रदेश—देशको समथर भूभाग, जहाँ देशको एक तिहाइभन्दा बढी जनसंख्या बसोबास गर्छ—आज गम्भीर जल संकटको सामना गरिरहेको छ। पानी मानव जीवनको आधार हो, तर यतिबेला मधेशवासीहरूलाई स्वच्छ पिउने पानीको अभावसँगै सिँचाइ र सरसफाइको लागि आवश्यक पानीको हाहाकार झेल्नुपरेको छ। यस संकटको जरा केवल प्राकृतिक स्रोतको सीमिततामा छैन, यो राजनीतिक इच्छाशक्ति, नीति निर्माणमा स्पष्टताको अभाव, प्रविधिको दुरुपयोग, सामाजिक-आर्थिक असमानता र जलवायु परिवर्तनसँग पनि गहिरो रूपमा गाँसिएको छ। तीन तहको सरकार र योजनाको समन्वय अभाव संघीयता पश्चात् जनअपेक्षा थियो कि खानेपानी र सिँचाइ जस्ता आधारभूत आवश्यकतामा तत्काल सुधार हुनेछ। तर मधेश प्रदेशमा यस्तो अपेक्षा उल्टो रूपमा परिणत भएको देखिन्छ। तीन तहको सरकारबीच समन्वय नहुँदा बजेट योजना विखण्डन हुँदै गएको छ। प्रदेश सरकारले धेरैजसो बजेट स–साना योजनामा बाँड्दै '...
जंगली हात्तीको आतंकले चन्द्रपुरमा त्रास: रातभर सुत्न सकेनन् स्थानीय, आन्दोलनको चेतावनी

जंगली हात्तीको आतंकले चन्द्रपुरमा त्रास: रातभर सुत्न सकेनन् स्थानीय, आन्दोलनको चेतावनी

samachar, ट्रेन्डिङ, ताजा अपडेट, मधेस प्रदेश, समाचार
प्रेमचन्द्र झा, रौतहट । चन्द्रपुर नगरपालिका वडा नम्बर २ जुडिवेला हाइस्कुल नजिक गए राति जंगली हात्तीको आतंकले स्थानीय बासिन्दाको जीवन त्रासमय बनेको छ। जंगली हात्तीले स्थानीय निरास कुमर र मेघनाथ कछडियाको घरमा आक्रमण गरी ठूलो क्षति पुर्‍याएको छ। ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका निमित्त प्रमुख ईन्सपेक्टर रुपेश झाले घटनाको पुष्टि गर्दै सम्बन्धित निकायलाई जानकारी गराइसकेको बताए। तर, प्रहरीको भनाइ सुन्दा मात्र पुग्दैन, स्थानीयको जीउधनको सुरक्षामा अझ गम्भीर चासो आवश्यक देखिएको छ। जंगलबाट आउने हात्तीहरूले रातको सुताइ हराम बनाइदिएको छ। जुडिबेला माविका प्रधानाध्यापक जुगल किशोर सिँहका अनुसार, पछिल्ला दिनहरूमा जंगली हात्तीले घर भत्काउने, फलफूल नष्ट गर्ने, बाली कुल्चने, नाली भत्काउने जस्ता गतिविधिहरू बारम्बार दोहोरिएका छन्। तर, सरोकारवाला निकाय भने ‘मौन दर्शक’ मात्र बनेको आरोप लगाइएको छ। ...
माओवादीबाट निर्वाचित गाउँपालिका अध्यक्षलाई लागुऔषध मुद्धामा एक वर्ष जेल र दुई लाख जरिवाना

माओवादीबाट निर्वाचित गाउँपालिका अध्यक्षलाई लागुऔषध मुद्धामा एक वर्ष जेल र दुई लाख जरिवाना

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, मधेस प्रदेश, समाचार
महेन्द्रनगर–माओवादी केन्द्रबाट निर्वाचित एक गाउँपालिका अध्यक्षलाई नवलपरासी जिल्ला अदालतबाट एक बर्ष जेल र दुई लाख जरिवार र ८ हजार क्षतिपूर्ति भराउने फैसला भएको छ । अदालतले लागु औषध सम्बन्धी मुद्धामा माओबादी केन्द्रबाट निर्वाचित नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्तालाई १ वर्ष कैद, दुई लाख जरिवाना र ८ हजार क्षतिपूर्ति भराउने फैसला गरेको हो । लागुऔषधसम्बन्धी मुद्दामा गत साता बुधबार न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले उनीसहित दुई जनालाई दोषी ठहर गरेको थियो । बिहीबार भएको सजाय निर्धारण फैसलाअनुसार अध्यक्ष गुप्तालाई जरिवानासहित कारागार चलान गर्ने र नगरपालिकाका नगर प्रहरी रघुनाथप्रसाद धोबीलाई दुई वर्ष कैद र चार लाख जरिवानाको फैसला गरेको अदालतका शाखा अधिकृत यामप्रसाद रेग्मीले जानकारी दिए । नगरप्रहरी धोबी यसअघि पनि लाघुऔषध मुद्दामा दोषी ठहर भइसकेकाले थप एक वर्ष कैद र ५० ...
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरद्धारा तिन लाख बढि मूल्य बरावरका कर छलीका सामान बरामद

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरद्धारा तिन लाख बढि मूल्य बरावरका कर छलीका सामान बरामद

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, मधेस प्रदेश, सुदूरपश्चिम
महेन्द्रनगर–जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले कर छली गरी भित्र्याईएका तिन लाख मूल्य बढिका सामान बरामद गरेको छ । बुधबार जिल्ला प्रहरीका कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले अन्दाजी रु तिन लाख दुई हजार एक सय पचास हजार मूल्य बरावरको करछली गरी भित्र्याईएको सामान बरामद गरेको हो । बरामद गरीएको सामानमा चिनी, प्याज, सुट, कट्टु, भेष्ट, साडी, कालो मरिच कपडा, जुत्ता र किराना सामान रहेको जिल्ला प्रहरी कार्यालय सूचना अधिकारी एवं प्रहरी निरीक्षक डम्बर दत्त भट्टले नयाँ खवर डटकमलाई जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी भट्टका अनुसार बरामद गरीएको उक्त सामान आवश्यक कानूनी कारवाहीका लागि गड्डाचौकी भन्सार काार्यालय पठाएको छ ।...
प्रेस सेन्टर कञ्चनपुरद्वारा बिरामी पत्रकार सिनाललाई आर्थिक सहयोग

प्रेस सेन्टर कञ्चनपुरद्वारा बिरामी पत्रकार सिनाललाई आर्थिक सहयोग

Breaking News 1, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, मधेस प्रदेश, मनोरञ्जन, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
महेन्द्रनगर–लामो समय देखि स्वास्थ्य समस्याबाट पीडित पत्रकार सूजित सिनाललाई प्रेस सेन्टर कञ्चनपुरले आर्थिक सहयोग गरेको छ। मङ्गलबार महेन्द्रनगरमा प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति कञ्चनपुरका अध्यक्ष अरुण भट्टले आर्थिक सहयोगका साथै स्वास्थ्य लाभको कामना गर्नुभएको हो। प्रेस सेन्टरका अध्यक्ष अरुण भट्टले ‘श्रमजीवी पत्रकार लाई गम्भीर खालको स्वास्थ्य समस्याले पीडा दिएकाले संगठनले तत्काल उपचारका लागि सक्दो सहयोग गरेको छ ।’, भन्नुभयो । उहाँले आगामी दिनमा उपचारमा कमी नहुने गरी सक्दो आर्थिक सहायता गर्ने प्रतिबद्धता पनि जनाउनुभएको छ। साथै अध्यक्ष भट्टले पत्रकार र सम्बन्ध सम्बद्ध निकायलाई कमजोर आर्थिक अवस्था भएका पत्रकार सिनालको उपचारमा सहयोगका लागि अपिल गर्नुभएको छ । पत्रकार सुजित सिनाल शुक्लाफाँटा एफएममा कार्यरत पत्रकार हुन् । लामो समयदेखि सुदूरपश्चिम क्षेत्रका विभिन्न मिडियामा काम गर्दै आउनु भ...
सहकारी ठगीमा संलग्नलाई कारवाहि हुन्छ : पुर्वमुख्य मन्त्री रावल

सहकारी ठगीमा संलग्नलाई कारवाहि हुन्छ : पुर्वमुख्य मन्त्री रावल

Breaking News 1, Breaking News 2, samachar, अर्थ, कर्णाली, कोशी प्रदेश, खेलकुद, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, ब्यापार, मधेस प्रदेश, मनोरञ्जन, राजनीति, लुम्बिनी, विचार, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर– सुदुरपश्चिम प्रदेश सरकारका पुर्ब मुख्य मन्त्री एबम एमाले संसदीय दलका नेता राजेन्द्र सिह रावलले सहकारी ठगीमा संलग्न जो सुकै भएपनि कानुनको दायरामा ल्याएर कारबाही हुने बताएका छन् । श्री शुभलक्ष्मी साना किसान कृर्षि सहकारी संस्था लिमिटेड डडेल्धुराको शनिबार १० औं बार्षिक सधारण सभाको उद्घाटन गर्दै पुर्ब मुख्य मन्त्री रावलले सहकारीको उदेश्य र लक्ष्य भन्दा बाहिर गएर बचतकर्ताको रकम हिनामिना गर्ने जो सुकै पात्र भएा पनि कानुनी कारबाहीको दायरामा ल्याएर बचतकर्ताको रकम यथासिघ्र फिर्ता गर्न पहलकदमी गर्न प्रतिबद्धता जनाउनु भएको हो । नेकपा एमालेका पोलिटब्युरो सदस्य एबम सुदुरपश्चिम प्रदेश एमाले संसदीय दलका नेता समेत रहनु भएका रावलले सहकारी पिडितहरुलाई मलमपटटी लगाउन सरकारले संसदीय छानबिन समिति मार्फत कारबाही अघि बढाएको र सहकारी ऐन परिमार्जन गर्दे बचतकर्ताको रकम फिर्ताको सुनिश्चितता गर्ने ...
गड्डाचौकीमा स्थानीयले महाकाली पहुँच मार्ग अवरोध गरेको भन्दै निर्माण कम्पनीद्वारा सडक अवरुद्ध

गड्डाचौकीमा स्थानीयले महाकाली पहुँच मार्ग अवरोध गरेको भन्दै निर्माण कम्पनीद्वारा सडक अवरुद्ध

Breaking News 1, Breaking News 2, samachar, अर्थ, कर्णाली, कोशी प्रदेश, खेलकुद, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, मधेस प्रदेश, मनोरञ्जन, लुम्बिनी, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर– राष्ट्रिय गौरवको आयोजना महाकाली नदीमा निर्माधिन चारलेन पुल निर्माण कम्पनीले पहुँच मार्ग अवरुद्ध गरेको छ । कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालिका र भीमदत्त नगरपालिका जोड्ने महाकाली नदीमाथि निर्माणाधिन चारलेन पुन निर्माण कम्पनि कुमार सिएफईसी जोईन्ट भेन्चरले बुधबार महाकाली पुल वारीपारी सडक खनेर पहुँच मार्गमा अवरोध सिर्जना गरेको हो । पुलको दुर्वतर्फ खन्दा एकतर्फ सडक बन्द भएको छ । पुल निर्माण कम्पनीले दुवै तर्फ सडक खनेर भीमदत्त दोधाराचाँदनी यातायात अवरोध गर्न खोजेको छ । निर्माण कम्पनीले पुलसम्म जोड्ने पहुँच मार्ग गड्डाचौकी क्षेत्रमा केही स्थानीयले २ सय मिटर सडक कालोपत्रे गर्न नदिएको भन्दै दवाव स्वरुप सडक खनेर यातायात बन्द गर्न खोजेको हो । यसका साथै चौथो भेरिएसन स्वीकृत नहुँदा समेत अतिरिक्त काम रोकिएको भन्दै यातायात नै अवरुद्ध गरेर सरकारलाई दवाव दिन साँकेतिक सडक अवरोध गर्न खोजेक...
आर्थिक बर्ष २०८१/०८२ को प्रथम त्रैमासिक प्रगति समिक्षा गोष्ठि सुरु

आर्थिक बर्ष २०८१/०८२ को प्रथम त्रैमासिक प्रगति समिक्षा गोष्ठि सुरु

Breaking News 1, Breaking News 2, अर्थ, कर्णाली, कोशी प्रदेश, खेलकुद, गण्डकी, बागमती, ब्यापार, मधेस प्रदेश, मनोरञ्जन, राजनीति, लुम्बिनी, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
महेन्द्रनगर–सुदूरपश्चिम प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तरर्गका कृषि विकास निर्देशनालय र पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय दिपायल डोटीको संयु्क्त आयोजनामा प्रथम त्रैमासिक प्रगति समिक्षा गोष्ठी सुरु भएको छ । आईतबार कञ्चनपुर जिल्लास्थित शुक्लाफाँटा जंगल कटेजमा आर्थिक बर्ष २०८१/०८२ को प्रथम त्रैमासिक दुई दिने प्रगति समिक्षा गोष्ठि कार्यक्रम सुरु भएको हो । कार्यक्रमको भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विर बहादुर थापा(पातल)ले समुद्धघाटन गरेका थिए । उद्धघाटन कार्यक्रमको सभापतित्व भुमि व्यवस्था, कृषि सहकारी मन्त्रालयका सचिव यज्ञराज जोशी रहेका थिए । कार्यक्रममा कृषि विकास निर्देशनालयका निर्देशक खगेन्द्र शर्मा र पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका तर्फबाट सुचना अधिकारी पुस्कर राज नाथले तिन महिने प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । अनुदान वितरणको कार्यक्र...
प्राचिन सिद्धनाथ मन्दिर सरक्षण समिति अध्यक्षमा नायक निर्वाचित

प्राचिन सिद्धनाथ मन्दिर सरक्षण समिति अध्यक्षमा नायक निर्वाचित

Breaking News 1, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, मधेस प्रदेश, मनोरञ्जन, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – कञ्चनपुरको प्राचिन सिद्धनाथ मन्दिर सरक्षण समिति ब्रम्हदेबको अध्यक्षमा केशव सिह नायक निर्वाचित भएका छन । भीमदत्त नगरपालिका ९ ब्रम्हदेब स्थित प्राचिन सिद्धनाथ मन्दिरको अध्यक्षमा १७औ कार्य समिति चयनका लागि मंगलबार भएको निर्वाचनबाट नायक पाँचौँ पटक निर्वाचित भएका हुन । नायक आप्ना निकटकतम प्रतिद्वन्द्वी बीर बहादुर खडकालाई १२०मतान्तरले पाखा लगाउदै अध्यक्षमा निर्वाचित भएका हुन । ०५२ सालमा मन्दिर समितिको अध्यक्षमा निर्बिरोध निर्वाचित भएका नायक यस अघि तीन पटक निर्वाचनबाट निर्वाचित भएका थिए । उपाध्यक्षमा यज्ञराज नाथ निर्वाचित भएका छन । नाथले निकटतम प्रतिस्पर्धी राममती पाललाई १९मतको अन्तरले हराउँदै उपाध्यक्षमा निर्वाचित भएका छन । नाथले २४८, पालले २२९ र अर्का प्रतिस्पर्धी हेमराज भट्टले २२४मत ल्याएका थिए । सचिवमा मोतिसिह महता चयन भएका छन । महताले निकटतम प्रतिस्पर्धी केशबनाथ योगीलाई ९९म...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज