Advertisement

गड्डाचौकीमा स्थानीयले महाकाली पहुँच मार्ग अवरोध गरेको भन्दै निर्माण कम्पनीद्वारा सडक अवरुद्ध

महेन्द्रनगर– राष्ट्रिय गौरवको आयोजना महाकाली नदीमा निर्माधिन चारलेन पुल निर्माण कम्पनीले पहुँच मार्ग अवरुद्ध गरेको छ । कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालिका र भीमदत्त नगरपालिका जोड्ने महाकाली नदीमाथि निर्माणाधिन चारलेन पुन निर्माण कम्पनि कुमार सिएफईसी जोईन्ट भेन्चरले बुधबार महाकाली पुल वारीपारी सडक खनेर पहुँच मार्गमा अवरोध सिर्जना गरेको हो । पुलको दुर्वतर्फ खन्दा एकतर्फ सडक बन्द भएको छ ।
पुल निर्माण कम्पनीले दुवै तर्फ सडक खनेर भीमदत्त दोधाराचाँदनी यातायात अवरोध गर्न खोजेको छ । निर्माण कम्पनीले पुलसम्म जोड्ने पहुँच मार्ग गड्डाचौकी क्षेत्रमा केही स्थानीयले २ सय मिटर सडक कालोपत्रे गर्न नदिएको भन्दै दवाव स्वरुप सडक खनेर यातायात बन्द गर्न खोजेको हो । यसका साथै चौथो भेरिएसन स्वीकृत नहुँदा समेत अतिरिक्त काम रोकिएको भन्दै यातायात नै अवरुद्ध गरेर सरकारलाई दवाव दिन साँकेतिक सडक अवरोध गर्न खोजेको जनाएको छ । कुमार सिएफईसी जोईन्ट भेन्चरका ईन्जिनियर किशोर पाण्डेयले गड्डाचौकी स्थित स्थानीयले सडक अवरोध गरेपछि दवाव दिनका लागि सडक बन्द गर्न खोजेको बताए ।
‘गड्डाचौकीमा पहुँच मार्गको बेस निर्माण भईसकेको छ, तर स्थानीयले अवरोध गरेपछि हामीले कालोपत्रे गर्न सकेका छैनौँ, ‘उनले भने, ‘हामीले काम कसरी गर्ने रु, यहाँबाट पठाएको चौथो भेरिएसन पनि स्वीकृत भएको छैन, त्यो नहुँदा गत भदौँमा आएको वाढीले भत्काएको गाईडबण्ड पुर्ननिर्माण हुन सकेको छैन ।’ पहिलो पटक हामीले साँकेतिक सडक खनेर आवत जावत बन्द गर्न खोजेको ईन्जिनियर पाण्डेयले बताए । सडक खनेर अवरोध गर्न खोजेको भन्दै ईन्जिनियर पाण्डेयलाई प्रहरीले पुलदेखि नियन्त्रणमा लिएर प्रशासन हुँदै प्रहरी कार्यालय पु¥याएर छाडेको थियो । प्रहरीले सडक अवरोध गर्न नहुने जनाएको छ ।

गड्डाचौकीका स्थानीय भन्छन, ‘हामीले अवरोध गरेका छैनौँ, चलनचल्तीको सडकमा वाईपास सडक मागेका हौँ गड्डाचौकीका स्थानीयले भने आफुहरुले महाकाली पुल पहुँच मार्ग निर्माणमा कुनै अवरोध नगरेको दावि गरेका छन । उनीहरुले ठेकेदार कम्पनीले अनेकन स्वार्थ राखेर आफैले सडक बनाउन नखोजेर स्थानीयमाथि दोषारोपण गर्न खोजेको दावि गरेका छन । भीनपा ११गड्डाचौकीका स्थानीयले भुपेन्द्र क्षेत्रीले पुलदेखि गड्डाचौकीसम्म निर्माण भएका पुलको दायाबाया क्षेत्रमा वाईवास निर्माण गरिएको तर, गड्डाचौकीमा निर्माण नगरिदिएपछि आफुहरुले वाईपासको मात्रै माग अघि सार्दा निर्माण कम्पनीले आफुहरुमाथि अवरोध गरेको आरोप मात्रै लगाएको दावि गरेका छन । ‘हाम्रो माग पुरानो सडक शुचारुका लागि पुर्वपश्चिम वाईपास निर्माण हो, ‘उनले भने, ‘जनताले कालोपत्रे काम रोकेको छैन, हामीमाथि किन दोष मात्रै दिएको हो ।’
अर्का स्थानीय राकेश चन्दले पुलको दक्षिणमा लिएको वाईपास जस्तै उत्तरमा पनि दिनुपर्ने बताए । ‘हामीले सडक अवरोध गर्ने कुरा भएन, हामी विकास बिरोधी पनि होईनौँ, तर स्थानीयमाथि सडक अवरोध गरेको एकतर्फ आरोप मात्रै आयो ।’
पुल निर्माण कम्पनीले धेरै टाढादेखि वाईपास दिन खोजेपछि स्थानीयलाई असुविधा भएको दुखेसो पोखेका छन । भीमदत्त नगरपालिका ११का वडाध्यक्ष प्रकास थापाले स्थानीयले अघि सारेको वाईपास सडक निर्माणमा निर्माण कम्पनीले पिरमर्का बुझिदिनुपर्ने बताए । ‘पुल निर्माणदेखि ठाँउ ठाँउमा बनेका पुल क्षेत्रमा दुवै तर्फ वाईपास निर्माण गरिएको छ, ‘उनले भने, ‘यहाँ गड्डाचौकीमा मात्रै किन बहानाबाजी गरेको होला, यसका सबैको ध्यान जान जरुरी छ ।’
यस अघि नै महाकाली चार लेनको पक्की पुल निर्माणको जिम्मा पाएको निर्माण कम्पनी कुमार सिएफईसी जोईन्ट भेन्चरले गड्डाचौकीको बाधा अड्चन नखुले पुल बन्दको चेतावनी दिएको थियो । ४ पुष ०८१ मा निर्माण कम्पनी कुमार सिएफईसी जोईन्ट भेन्चरले महाकाली पुल योजना कार्यालय महेन्द्रनगरलाई पत्र काट्दै गड्डाचौकीको बाधा अडचन नखुले पुल बन्द गर्न चेतावनी दिएको थियो । त्यसपछि ९ पुष ०८१मा महाकाली पुल योजना कार्यालयले जिल्ला प्रशासन कार्यालय कञ्चनपुरलाई पत्र पठाउँदै गड्डाचौकीमा सडक अवरोध भएकाले सहजिकरणका लागि पत्राचार गरिएको थियो । आयोजना प्रमुख ई विवश बाबु सहादेवले हस्ताक्षर गरेको पत्रमा गड्डाचौकीदेखि दक्षिण २ सय मिटर निर्माण कार्य शुरु गर्दा अवरोध गरिएकाले आवश्यक सहयोग र सहजिकरण गरिदिन अनुरोध गरिएको छ ।
महाकाली पुल योजना कार्यालयका सहायक सुचना अधिकारी सव ईन्जिनियर दुर्गादत्त अवस्थीले गड्डाचौकीको अवरोध खुलाउने प्रयास नएर १३ करोड रकम फ्रिज जाने बताए । उनले निर्माण कम्पनीले गड्डाचौकी क्षेत्रमा अवरोध बारे कार्यालयलाई जानकारी गराएसंगै अवरोध खुलाउन कार्यालयले सम्बन्धीत व्यक्ति, निकायसंग पहल गर्ने बताए ।
‘गड्डाचौकीमा उत्पन्न अवरोध बारे दुई चरणमा छलफल पनि भयो, स्थानीय सहित जनप्रतिनिधीको रहोबरमा वार्ता भयो, तर निष्कर्षमा पुगेन, ‘उनले भने, ‘यस्तो द्वन्द्वको अवस्थामा निर्माण कम्पनीले काम गर्न सक्दैन, भनेपछि काम रोकिएको छ, ०२२ जुलाईमा संशोधिन डिजायन नक्सा अनुरुप काम भईरहेको छ,र सडक कालोपत्रे सम्बन्धी ९८ प्रतिशत काम भएको, काम गर्न नदिएपनि उक्त २सय मिटर छाडेरै भएपनि ठेक्का फरफारक गर्नुपर्ने बाध्यता आउन सक्छ ।’ उनले यो अवरोध सडक छाडेरै भएपनि पुल निर्माण कार्य सम्पन्न गरेर फरफारक गर्नुपर्ने अवस्था सृजना भएकाले सरोकारवाला गम्भिर हुनुपर्ने बताए ।
‘यो हाम्रो प्रदेशकै गौरबको योजना हो, यसमा सबैले आ–आफ्नो स्थानबाट साथ सर्मथन सहयोग गर्नुपर्छ, अवरोध होईन सहयोग सघाउनुपर्छ, योजनाको पुरै निर्माण कार्य सम्पन्न गर्न हामी सबै जिम्मेबार बन्नुपर्छ ।’ उनले गड्डाचौकी खण्डको डिजायन परिर्वतन नहुने जिकिर गर्दै नक्सा परिर्वतनका ठुलो समय लाग्ने भएकाले र महाकाली पुलको समय समेत कम भएकाले साविक डिजायन अनुरुप काम हुनुको विकल्प नभएको बताए ।

भुजेला खोला यथाश्रिघ नियन्त्रणको माग
भीमदत्त नगरपालिका ११, १२ र १३का स्थानीयले समेत पुल निर्माण कम्पनीले भुजेला खोला नियन्त्रका लागि यथाशिघ्र काम अघि बढाउनुपर्ने बताएका छन । भीनपा १३का वडाध्यक्ष राम बहादुर बोहरा९झक्कास०ंले बर्षातका बेला फेरी महाकालीको भेल गाँउ पस्ने भएकाले वाढीबाट बाँच्नका लागि समेत यथाशिघ्र काम बढाउनुपर्नेमा जोडदिए ।
निर्माण कम्पनीले भेरिएसन ३ अनुसार गड्डाचौकीदेखि चारपुलसम्मको पहुँचमार्ग कालोपत्रे अन्र्तरगत गड्डाचौकीमा २ सय मिटर सडक स्थानीयका कारण कालोपत्रे गर्न नसकिएको भन्दै अवरोध खुलाउन दुई साताको अल्टिमेटम समेत दिएको थियो ।
विगत दुई बर्षदेखि चालु अवस्थामा रहेको महाकाली पुल र ५ बर्षदेखि चालु अवस्थामा रहेको गड्डाचौकी नहर पुल बन्न गर्नुपर्ने कठोर विकल्पको आत्मसाथ गर्न बाध्यता पुग्ने र त्यस कार्यबाट जिल्लाबासीलाई पर्ने जाने असुविधा बारे योजनालाई जिम्मेबार हुन सचेत गराईएको छ । नदीको बहाब महाकाली क्षेत्रको मध्य भागबाट केन्द्रीत नभएर बाया तर्फ किनारमा रहदा भुजेला खोलाको बहाब रोकिएकाले ठुलो समस्या देखा परेको जनाउँदै वितत ३ बर्षदेखि भुजेला खोलाको बहाब रोकिई भीन १२ र १२ तर्फ केन्द्रीत हुँदा ठुलो धनजनको क्षति भएको समेत उल्लेख गरिएको छ ।
‘नदी नियन्त्रण तथा जल उत्पन्न प्रकोपलाई न्यूनिकरण गर्ने विषयलाई मध्यनजर गरी अन्य विवित कारण शुरु ठेक्का सम्झौतामा दिएको डिजायनमा फेर बदेल भएको हुँदा २० महिनादेखि भेरिएसन सम्बन्धीको प्रकृया नै चलिरहेको छ, ‘पत्रका उल्लेख गरिएको छ, ‘कार्यालयको तर्फबाट ०८० फागुनमा पुरक भेरिएसन ३ का नाममा आनशिक भेरिएसन ३ र ९ चैत्र ०८० मा डिजायन स्वीकृत भएपनि यसले सम्पूर्ण डिजाजन संशोधनलाई समेटेको छैन, हुनुपर्ने भेरिएसन समयमा हुन नसक्दा पुल निर्माण ठेक्का कार्य अन्तरगतको कार्य दुई बर्षदेखि सुस्त ढङगबाट अघि बढेको छ ।’ गत २६ देखि २९ भाद्रसम्म बर्षातका कारण महाकाली नदीमा ४ लाख, ६१ हजार क्युसेक भन्दा बढि जलस्तर प्रवाह भएसंगै गाईडबण्डमा ब्यापक क्षति भएको र झण्डै ३ सय मिटर तटबन्ध भत्किएको जनाउँदै क्षति भएको स्थानबाट सम्पूर्ण महाकाली नदी आयोजनाको पोखरीभित्र छिरेको अवस्थामा चार महिना वितिसक्दा र निर्माण कम्पनीले बेहोरेको करोडौँ नोक्सानीको हकमा समेत कार्यालयबाट कुनै बस्तुगत ठोस निर्देशन आउन नसकेको भन्दै चिन्ता व्यक्त गरिएको छ ।
चारलेन पुल निर्माण कार्य सम्पन्न भएर दुई बर्षदेखि भीमदत्त र दोधाराचाँदनी नगरपालिकाविच निर्वाध रुपमा यातायात सचालन भईरहेको जनाएको छ । महाकाली पुल योजना कार्यालय महेन्द्रनगरले पुल निर्माणलाई पुरा गर्न कार्यालयबाट मन्त्रालयमा पेश गरेको भेरिएसन अर्थात अतिरिक्त काम मन्त्रीपरिषद्बाट स्वीकृत नभएको जनाएको छ । चार अन्र्तरगत स्पटर, पलङ कंक्र्रिट, तारजाली, माटो भरान, भुजेला खोलाको तटबन्ध सहितका काम रहेका छन । तर, उक्त भेरिएसनको काम भौतिक पूर्वाधार सचिव स्तरबाट स्वीकृत भएर मन्त्री हुँदै मन्त्रिपरिषद्मा पेश हुन बाँकी रहेको जनाईएको छ । हासम्म ठेक्का सम्झौता र स्वीकृत भेरिएसन ३ का आधारमा ९५ भौतिक र ९२ वित्तिय प्रगति भएको जनाएको छ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

यसरी पुर्याइन उप प्रमुख लेखकले असाहाय परिवारको घरमा खाद्यान्न

यसरी पुर्याइन उप प्रमुख लेखकले असाहाय परिवारको घरमा खाद्यान्न

खडक बहादुर काेली महेन्भिद्रनगर - भीमदत्त  नगरपालिकाकी उप प्रमुख निलम लेखक जोशीले  माता तीर्थ औँसी अथवा आमाको मुख हेर्ने दिनकाे ...

Juegos De Apuestas Online Gratis

Juegos De Apuestas Online Gratis ¿Qué nos ofrece Dafabet Chile Por lo tanto, entrenador del ...
सार्वजनिक खरिद ऐन संशोधनका लागि कञ्चनपुर निर्माण व्यवसायी संघद्वारा सुझाव समिति गठन

सार्वजनिक खरिद ऐन संशोधनका लागि कञ्चनपुर निर्माण व्यवसायी संघद्वारा सुझाव समिति गठन

महेन्द्रनगर– निर्माण व्यवसायी संघ कञ्चनपुरले सार्वजनिक खरिद ऐन ०६३ सशोधनका लागि सुझाव संकलन समिति गठन गरेको छ । नेपाल निर्माण व्यव...
भीमदत्तद्धारा शिक्षक दरबन्दी मिलान गर्न गठित कार्यदलले बुझायो प्रतिवेदन, एकलाई अपग्रेड ६ लाई मर्ज गर्ने सुझाव

भीमदत्तद्धारा शिक्षक दरबन्दी मिलान गर्न गठित कार्यदलले बुझायो प्रतिवेदन, एकलाई अपग्रेड ६ लाई मर्ज गर्ने सुझाव

महेन्द्रनगर–भीमदत्त नगरपालिकाले शिक्षक दरबन्दी मिलान, विद्यालय समायोजन तथा विद्यालय व्यवस्थापन सम्बन्धी कार्य गर्न गठन गरेको उच्च ...
दैजी–लिपना सडक योजनाको ठेक्का सम्झौता तोडिँदै

दैजी–लिपना सडक योजनाको ठेक्का सम्झौता तोडिँदै

महेन्द्रनगर - कञ्चनपुर जिल्लामा लामो समयदेखि निर्माण कार्य अलपत्र पारिएका विभिन्न सडक आयोजनाका ठेक्का सम्झौता तोड्ने प्रक्रिया सुर...
दैजी-जोगबुडा सडक निर्माण गर्न यस्तो आन्दोलन, मुख्यमन्त्री कार्यालय अगाडि लाश प्रदर्शन

दैजी-जोगबुडा सडक निर्माण गर्न यस्तो आन्दोलन, मुख्यमन्त्री कार्यालय अगाडि लाश प्रदर्शन

महेन्द्रनगर - दैजी जोगबुडा सडकको दैजी देखि लिपन सम्मको सडकखण्ड निर्माण सम्झौता भएको आठ वर्ष बितेपनि कालोपत्रे नबनेपछि मुख्यमन्त्री...
महेन्द्रनगरमा कांग्रेस-एमालेको विरोध प्रदर्शन

महेन्द्रनगरमा कांग्रेस-एमालेको विरोध प्रदर्शन

महेन्द्रनगर - महेन्द्रनगरमा एमाले र नेपाली कांग्रेसले संयुक्त प्रदर्शन गरेका छन् । पूर्व प्रधानमन्त्री एबं नेकपा ...
एमालेका २३ जनसंगठनको चेतावनी : कार्की आयोगको प्रतिवेदन प्रतिशोधपूर्ण, कार्यान्वयन भए प्रतिरोध हुन्छ

एमालेका २३ जनसंगठनको चेतावनी : कार्की आयोगको प्रतिवेदन प्रतिशोधपूर्ण, कार्यान्वयन भए प्रतिरोध हुन्छ

काठमाडौं- नेकपा एमाले सम्बद्ध २३ वटा जनसंगठनहरुले सरकारले गौरीबहादुर कार्की आयोगले तयार गरेको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय आ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज