Advertisement

भारतको कुशीनगरमा बन्धक बनाइएका ३४३ पुरुष र ११० महिला गरी ४५३ को उद्धार, उद्धार गरीएका मध्ये अधिकांस सुदूरपश्चिमका

महेन्द्रनगर — भारतको उत्तर प्रदेशको कुशीनगरमा बन्धक रहेका ४ सय ५३ नेपालीको उद्धार गरिएको छ । भारतीय प्रहरीको सहयोगमा रूपन्देही प्रहरीले शुक्रबार उद्धार गरेर शनिबार नेपाल ल्याएको हो । उनीहरुमध्ये १ सय १० महिला र ३ सय ४३ जना पुरुष रहेका छन् । जसमा अधिकांस सुदूरपश्चिम प्रदेशका रहेका छन् । सुभअवसर ग्रुप नेपाल संस्था, भारतीय प्रहरीको सहयोगमा लुम्बिनी प्रदेश प्रहरी र रुपन्देही प्रहरीको टोलीले कुशीनगरबाटै उद्धार गरेको हो ।

आकर्षक जागिर र राम्रो कमाई हुने प्रलोभन देखाएर नेपालीहरूकै एक गिरोहले नेपालका विभिन्न जिल्लाका युवायुवतीलाई कुशीनगर पुर्‌याएर बन्धक बनाइरहेको सूचना पाएपछि लुम्बिनी प्रदेश र रूपन्देही प्रहरीले अपरेसन सुरू गरेको थियो ।

 

बन्धक बनाउने गिरोहले नेपालबाट आकर्षक जागिरको प्रलोभन देखाएर सुनौली हुँदै कुशीनगर पुर्‌याउने र त्यहाँ प्रति व्यक्ति ७ हजार भारतीय रूपैयाँदेखि १ लाखसम्म रकम असुल गरेर सदस्यता बिस्तार गर्दै नेटवर्किंङ व्यवसायको शैलीमा सदस्यता बिस्तार गर्दै लैजाने र बाध्य बनेर बन्धक हुने गरेको तथ्य खुलेको छ ।
कुशीनगरमा लुम्बिनी प्रदेश, कोशी र सुदूरपश्चिम प्रदेशका गरी कम्तीमा एक हजार युवायुवतीलाई लगेर बन्दी बनाइएको सूचना प्राप्त गरेको रूपन्देही जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एव प्रहरी निरिक्षक दिनेश बहादुर कुँवरले जानकारी दिए । ‘सबैभन्दा बढि सुदूरपश्चिम प्रदेशका रहेका छन्, उनले भने, उद्धार गरेर पनि उनीहरु सन्तुष्ट छैनन्, खासमा धन्यवाद दिनुपर्ने तर पैसा पनि डुवेको हुन सक्ने अनुसन्धानबाट खुलेको छ । खासमा उछिंखल गतिविधि गरेका कारण बन्धक छन भन्नेकुरा खुलेको हो ।’

 

कुशीनगरमा बन्धक बनाएर फिरौती रकमसमेत माग गरिएको भन्दै पीडितका आफन्तले ईलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएका थिए । प्रहरीले त्यही उजुरीका आधारमा अनुसन्धान सुरू गरेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवले बताए ।
एसएसपि प्रकाश मल्ल नै उद्धारमा खटिएको प्रहरी निरिक्षक कुँवरले बताए । ‘एसएसपि साव नै उद्धारमा खटिएका हुन्,’ उनले भने, ‘कोही कोही त ५/५ बर्ष देखि पनि बन्धक बनेको पाईएको छ, घट्नाको अनुसन्धान जारी राखेका छौ । साझसम्म घर जान पठाउछौ ।’

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...
बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

डडेल्धुरा — बाढी तथा पहिरोलगायत प्राकृतिक विपद्बबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले डडेल्धुरा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

महेन्द्रनगर- सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्र सिंह रावलले बिहीबार भीमदत्त नगरपा...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज