Advertisement

भीमदत्त नगरपालिका वडा नं.६ को वडाध्यक्षमा काकालाई हराउदै भतिजा निर्वाचित

महेन्द्रनगर-कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका वडा नं.६को वडा अध्यक्ष पदको लागि भएको उप निर्वाचनमा कांगेसका उमेदवार प्रकाश बहादुर चन्दले आफ्नै काका बहादुर चन्दलाई हराएर वडा अध्यक्षमा निर्वाचित भएका छन् । मंसिर १६ गते भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका उमेदवार प्रकाशले एमाले उमेदवारलाई ६ सय २० मतअन्तरले पराजित गरेका हुन ।

वडा अध्यक्ष प्रकाशले एक हजार एक सय ७ मत प्राप्त गरेका हुन् भने उनका निकटतम प्रतिद्धद्धि एमाले उम्मेदवार बहादुरले ४ सय ८७ मत प्राप्त गरेका हुन ।  त्यसैगरी राप्रपाका उमेदवार शुशिल कुमार भट्टले ३ सय ६९ मत, नेकपा एकिकृत समाजवादीका उमेदवार जितेन्द्र बहादुर चन्दले २ सय २५ मत, रास्वपाका उमेदवार रामदत्त भट्टले २ सय १८ मत, माओवादी केन्द्रका उमेदवार नानाराम कोलीले १ सय २२ मत, स्वतन्त्र उमेदवार थानेश्वर लेखकले एक सय ४२ मत, नागरीक उन्मुक्तिका उमेदवार हरिष डगौराले १ सय २७ मत, अर्का स्वतन्त्र उमेदवार युवराज चन्दले ९९ मत, राप्रपा पार्टी नेपालका उमेदवार दिल बहादुर धामीले २४ मत, नमकिपाका उमेदवार दल बहादुर बोहराले १२ मत, जनमतका उमेदवार यादव बहादुर चन्दले ५ मत प्राप्त गरेका छन् ।

कुल मत संख्याको ५५ दशमलव ०४ प्रतिशत मत २ हजार ९ सय ९१ मत खसेकोमा ४४ मत बदर भएको मुख्य निर्वाचन अधिकृत लिलाराज अधिकारीले जानकारी दिए ।

कञ्चनपुरका जिल्ला निर्वाचन अधिकारी उदयराज जोशीका अनुसार उक्त वडामा २ हजार ६ सय ६५ जना पुरुष र २ हजार ७ सय ६९ जना महिला गरी कुल ५ हजार ४ सय ३४ जना मतदाता रहेका थिए ।

वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा विभिन्न राजनीतिक दलबाट १० जना र स्वतन्त्र २ जना गरी १२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका थिए।

२०७९ को स्थानीय तह सदस्य निर्वाचनमा भीमदत्त नगरपालिका वडा नम्बर ६ को वडाध्यक्षमा नेपाली काँग्रेसका महेन्द्र बहादुर खड्का निर्वाचित हुनुभएको थियो । गत वर्ष मोटरसाइकल दुर्घटनामा उहाँको देहावसान भएपछि सो वडामा उपनिर्वाचन गरिएको हो ।

 

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

सुकासालमा इन्डोर क्रिकेट ट्रेनिङ सेन्टर सञ्चालन आयो

सुकासालमा इन्डोर क्रिकेट ट्रेनिङ सेन्टर सञ्चालन आयो

महेन्द्रनगर - होली फेम्ली क्रीकेट एकेडेमीद्वारा संचालित "इन्डोर क्रीकेट ट्रेनिङ सेन्टर " सञ्चालनमा ल्याइएको छ । मंगलबार होली फेँम्...
१४ महिला आइतबारदेखि सम्पर्कविहीन

१४ महिला आइतबारदेखि सम्पर्कविहीन

महेन्द्रनगर - शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा च्याउ खोज्न गएका १४ जना सम्पर्क बिहिन भएका छन् । भीमदत्त नगरपालिका १९ का उनीहरू निकु...
भारतको पञ्जावमा चोरीएका गहना आपको रुखमा भेटिएपछि ……

भारतको पञ्जावमा चोरीएका गहना आपको रुखमा भेटिएपछि ……

महेन्द्रनगर – दोधारा चादनी नगरपालिका वडा नं. ९ झाक्रिटोलकी सम्झना धामीको घरबाट असार ३२ गते बिहिबार दिउसो २ बजे प्रहरीले बहुमुल्य ग...
टर्चलाइटको भरमा प्रसूति सेवा, कोटपेटरा स्वास्थ्य चौकीमा विद्युत् संकट

टर्चलाइटको भरमा प्रसूति सेवा, कोटपेटरा स्वास्थ्य चौकीमा विद्युत् संकट

महेन्द्रनगर - बैतडीको डिलासैनी गाउँपालिका–२ स्थित कोटपेटरा स्वास्थ्य चौकीमा विद्युत् सेवा अवरुद्ध हुँदा स्वास्थ्य सेवा प्रभावित बन...
सरकारी सञ्चारमाध्यममा करार पत्रकार विस्थापनको प्रयासमा चौतारीको आपत्ती

सरकारी सञ्चारमाध्यममा करार पत्रकार विस्थापनको प्रयासमा चौतारीको आपत्ती

काठमाडौं – प्रेस चौतारी नेपालले सरकारी सञ्चारमाध्यममा लामो समयदेखि कार्यरत करार सेवाका श्रमजीवी पत्रकार तथा कर्मचारीलाई योजनाबद्ध ...
भीमदत्त नगरपालिका वडा नं. ९को सार्वजनिक सुनुवाई सम्पन्न

भीमदत्त नगरपालिका वडा नं. ९को सार्वजनिक सुनुवाई सम्पन्न

महेन्द्रनगर – भीमदत्त नगरपालिका वडा नं. ९ ले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिकाको सबैभन्दा बिकट वडाकोरुपमा रह...
संविधान संशोधन कार्यदलबाट एमालेले प्रतिनिधि फिर्ता बोलायो

संविधान संशोधन कार्यदलबाट एमालेले प्रतिनिधि फिर्ता बोलायो

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले संविधान संशोधन बहसपत्र तयारी कार्यदलबाट आफ्नो प्रतिनिधिलाई औपचारिक रूपमा फिर्ता बोला...
भरुवा बन्दुकसहित दम्पती पक्राउ

भरुवा बन्दुकसहित दम्पती पक्राउ

महेन्द्रनगर - कञ्चनपुर जिल्लाका एक दम्पती प्रहरी हिरासतमा छन् । जिल्लाको कृष्णपुर नगरपालिका वडा नं ९ पिपरियाका जोखराम राना र जानकी...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज