Advertisement

सृजना सहकारीको २३ औं वार्षिक साधारण सभा सम्पन्न

पप्पु गुरुङ्ग, दोधारा । कञ्चनपुरको दोधारा चाँदनीमा रहेको सृजना बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ् । सभामा संस्थाका कोषाध्यक्ष शम्भुराज भट्टले सञ्चालक समितिको तर्फबाट आर्थिक वर्ष २०८०/८१ को लेखा परिक्षण प्रस्तुत गर्नुभएको थियो । कोषाध्यक्ष शम्भुराज भट्टले आर्थिक वर्ष २०८१/०८२ को लागि नीति तथा कार्यक्रम, लक्ष्य र बजेट प्रस्तुत गर्नुभएको छ् । आर्थिक वर्ष २०८१/०८२ मा रु. ६ करोड ९८ लाख ९३ हजार २३ औं वार्षिक साधारण सभा तथा निर्णय प्रमाणिकरण भेलामा प्रस्तावित बजेट प्रस्तुत गरिएको छ् । आर्थिक वर्ष २०८०/८१ मा रु. २ करोड ६२ लाख शेयर पुँजी, रु. १५ करोड ९५ लाख ५ हजार ४ सय ४६ बचत, रु. १ करोड ५० लाख, ९० हजार ४ सय २५ रुपिँया जगेडा कोष रहेको संस्थाका कोषाध्यक्ष शम्भुराज भट्टले बजेट पेश गर्नुभएको छ् । संस्थामा वार्षिक रु. २३ करोड ४४ लाख, ४३ हजार १ सय ६५ रुपिँयाको आर्थिक वर्ष २०८०/८१ मा वार्षिक कारोवार भएको कोषाध्यक्ष शम्भुराज भट्टले बताउनुभयो । सिमित स्रोत र साधानलाई उच्चतम उपयोग गर्दै मितव्ययिताको सिद्धान्त अनुरुप जनशक्ति तथा अन्य क्रियाकलापहरुलाई परिचालन गर्दै आएको र यसलाई वृद्धि गर्दै लैजाने योजना रहेको संस्थाका कोषाध्यक्ष शम्भुराज भट्टको भनाई रहेको छ् ।

कार्यक्रममा शुदुरपश्चिम प्रदेशका सदस्य बेल बहादुर राना मगरले देशमा बिभिन्न सहकारीको संस्थाको अवस्था सबैलाई जानकारी भएको बताउदै दोधारा चाँदनी नगरपालिकालाई कार्य क्षेत्र बनाएर बिगत लामो समय देखि बित्तिय क्षेत्रमा योगदान पुर्‍याउदै आएको सृजना बचन तथा ऋण सहकारी संस्था लिमिटेडले उत्कृष्ठ रहेको शुदुरपश्चिम प्रदेशका सदस्य बेल बहादुर राना मगरले बताउनुभएको छ् । सरकारीलाई पारदर्शी र जनमुखी बनाउन स्थानिय सरकारले अनुगमन तथा मुल्यांकन गर्नुको साथै सहकारीकर्मीहरु ईमानदार हुन अत्यन्तै जरुरी हुनु पर्ने प्रदेशका सदस्य बेल बहादुर राना मगरले बताउनुभएको छ् । सहकारीले सहुलियत ढंगबाट ऋण लगानी, किसानहरुले उत्पादन गरेको दुग्ध खरिद लगाएत नगर क्षेत्रको लागी उत्कृष्ठ कार्य गर्दै आएको प्रदेश सदस्य राना मगरले बताउनुभयो ।

दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले देशको कुल उत्पादनमा सहकारी क्षेत्रको योगदान सार्वजनिक हुन नसकेको वर्तमान परिस्थितीमा सहकारी संस्थाहरुलाई थप व्यवस्थित गर्दै क्षमता अभिवृद्धि गर्न, कृषि क्षेत्रमा लगानी बृद्धि गरी रोजगार तथा कुल उत्पादनमा समेत अभिबृद्धि गर्न विभिन्न किसिमका रणनीतिहरु अबलम्बन गर्नु अपरिहार्य रहेकोमा जोड दिनुभएको छ् । बिगतका दिनहरु देखि दोधारा चाँदनी नगरपालिका क्षेत्रमै उत्कृष्ट सहकारीकोरुपमा परिचय बनाउदै आएको सृजना बचन तथा ऋण सहकारी संस्था लिमिटेडको थप प्रगतीको नगर प्रमुख किशोर कुमार लिम्बुले कामना गर्नुभएको छ् ।

आगामी दिनमा संस्थाले सदस्यता घरदैलो, सहकारी शिक्षा र वित्तीय साक्षरता कार्यक्रम सञ्चालन, बचतकर्ताहरुलाई विभिन्न प्रकारको बीमा योजना संग आवद्ध गराइने तथा शेयर सदस्य ४ हजार ७ सय ८ बाट बृद्धि गरि शेयर सदस्य ५ हजार २ सय ८ पुर्‍याउने लक्ष्य रहेको सभामा जानकारी गराईएको छ् । समाजको आर्थिक, सामाजिक र साँस्कृतिक विकासका लागी सहकारी संस्था सदैव क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरिएको छ् ।

संस्था संग आबद्ध ब्यक्ती, कर्मचारीहरुलाई प्रोत्साहनका लागी विभिन्न विषयगत पुरस्कारबाट सम्मानित गरिएको छ् । सहकारीले गरेको उपलब्धी, भावी योजना, सम्भावना र भविष्यमा आउन सक्ने चुनौतीको बारेमा छलफल गरिएको संस्थाले जनाएको छ् ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

डडेल्धुरा — बाढी तथा पहिरोलगायत प्राकृतिक विपद्बबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले डडेल्धुरा...
रसुवाका बाढीपहिरो पीडितका लागि मेगा सहकारीको १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग

रसुवाका बाढीपहिरो पीडितका लागि मेगा सहकारीको १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग

महेन्द्रनगर — रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि कञ्चनपुरको...
एमाले सुदूरपश्चिम संसदीय दलको बैठक : भोटेकोशी बाढीपीडितलाई सात दिनको तलब सहयोग गर्ने निर्णय

एमाले सुदूरपश्चिम संसदीय दलको बैठक : भोटेकोशी बाढीपीडितलाई सात दिनको तलब सहयोग गर्ने निर्णय

धनगढी - नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको बाढीबाट प्रभावित तथा पीडितलाई सहयोग गर...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

महेन्द्रनगर- सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्र सिंह रावलले बिहीबार भीमदत्त नगरपा...
बैतडीमा पहिरोले बस्ती जोखिममा, स्थानीयमा त्रास

बैतडीमा पहिरोले बस्ती जोखिममा, स्थानीयमा त्रास

नरेश बोहरा, बैतडी — बैतडीको सुर्नया गाउँपालिका–८ ढोले (रातापानी) मा पहिरोले बस्ती जोखिममा परेको छ । वर्षौंदेखि निरन्तर बगिरहेको पह...
कञ्चनपुर उद्योग बाणिज्य संघले साउनभित्र सदस्यता नविकरण गर्ने सदस्यको दुई लाख दुर्घट्नाको विमा निशुल्क गर्दै

कञ्चनपुर उद्योग बाणिज्य संघले साउनभित्र सदस्यता नविकरण गर्ने सदस्यको दुई लाख दुर्घट्नाको विमा निशुल्क गर्दै

महेन्द्रनगर – कञ्चनपुर उद्योग बाणिज्य संघले साउनको मसान्तभित्र सदस्यता नविकरण गर्ने सदस्यको विमा रकम दोब्बर बढाएको छ । कञ्चनपुर उद...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज