Advertisement

कृष्णपुर नगरपालिकाले मंगलबारदेखि राष्ट्रपती रनिङ्ग शिल्ड प्रतियोगिता आयोजना गर्दै, २६ विद्यालयका विद्यार्थीले प्रतिस्पर्धा गर्ने

महेन्द्रनगर–कञ्चनपुरको कृष्णपुर नगरपालिकाले मंगलबारदेखि १५औँ राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता आयोजना गर्ने भएको छ । नगरपालिकाले प्रीतियोगिताको तयारी अन्तिम चरणमा पुगेको पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । कृष्णपुर नगरपालिका वडा नंम्बर २ वाणी स्थित सरस्वती माध्यामिक विद्यालयको प्राङगणमा हुने उक्त प्रतियोगितामा पालिकाका २६ माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई सहभागि गराउने नगर प्रमुख हेमराज ओझाले बताउनु भयो । ‘यस प्रतियोगितामा नगरपालिका भरीका सबै २६ वटै माध्यमिक विद्यालयका विद्यार्थीहरु प्रतिस्पर्धि रहनेछन,’ उहाले भन्नुभयो ‘सानो कक्षाको विद्यार्थीहरु पनि प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन्, तर अन्य कक्षा आठ भन्दा साना विद्यालयका विद्यार्थीहरु सहभागिताबाट छुट्ने कुरालाई मध्यनवजर राख्दै अन्य बक्तित्वकला, बादविवाद प्रतियोगिता समेत आयोजना गरिनेछ ।’
मेयर ओझाका अनुसार प्रथम,द्वितिय, तृतियलाई नगद ५, ३ र २ हजार पुरस्कार प्रदान गरिनेछ । सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिलामन्त्री बहादुर सिह थापाकै प्रमुख आथित्यमा प्रतियोगिता उद्घाटन हुनेछन । उद्घाटन कार्यक्रममा विद्यालयका पुर्व पदाधिकारी, शिक्षक सहितका नगरको खेलकुद विकासका योगदान पु¥याउने खेलाडीलाई सम्मान गरिनेछन ।

 

नगर प्रमुखओझाले प्रतियोगिता सफलरुपमा सम्पन्न गर्नको लागि विविन्न समिति उपसमिति बनाईएको समेत बताए । संघीय सरकारको नियमित खेलकुद प्रतियोगितासंगसंगै नगरले समेत खेलकुद क्षेत्रको बृद्धि विकासका लागि कार्यक्रम अघि बढाएको नगर प्रमुख ओझाले बताए । विद्यालयहरुले विद्यार्थीहरु छनौट गरिसकेको र उनीहरुलाई अभ्यास गराईरहेका मेयर ओझाले बताउनुभयो । “नगर खेलकुद प्रतियोगितामा सहभागिताका लागि नगरका सबै सामुदायिक र संस्थागत विद्यालयले अहिले आ–आफ्नो विद्यालयमा खेलाडी छनौट गरिरहेका छन, ‘मेयर ओझाले भने, ‘सबै विद्यालयले राम्रो भन्दा राम्रो प्रर्दशन गर्ने लक्ष्य अघि सारेका छन ।’
राष्ट्रपति रनिङशिल्ड प्रतियोगितासंगै विद्यालयमा खेल मैदान निर्माणदेखि खेलकुद पुर्वाधारा समेत निर्माण भईरहेको मेयर ओझाले बताए । ‘हाम्रो उदेश्य केबल राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता मात्रै गर्ने होईन, ‘मेयर ओझाले भन्नुभयो ‘एक विद्यालय एक खेलकुद मैदान निर्माण गर्नेपनि हो, सोही अनुरुप हामीले फिल्डमा खटिएका छौँ ।’ खेलकुदका माध्यमबाट खेलाडी उत्पादनदेखि युवा पुस्तालाई कुलतबाट बचाउने उदेश्य समेत रहेको उहाँले बताउनुभयो । ‘खेलकुद महोत्सव पनि हो, हामीले यसलाई उत्सकै रुपमा मनाईरहेका छौँ, ‘उनले भने, ‘उत्सवमा विद्यार्थी, शिक्षक, अभिभावक सहितको सहभागिता हुनेछ ।’

 

 

कृष्णपुर नगरपालिका २ का वडाध्यक्ष अर्जुन सिह साउदले नगरस्तरकै प्रतियोगिताले उत्साह जगाएको बताए । ‘हाम्रो वडा, नगर खेलकुदको उर्बराभूमि हो, ‘उनले भने, ‘यस प्रतियोगिताबाट समेत थप खेलकुद क्षेत्रमा आयाम थप्नेछ ।’ प्रतियोगिता संचालनकै लागि सरस्वती माविमा फिल्ड व्यवस्थापन गरिने बताए । वडाध्यक्ष साउदले नगरभरीकै विद्यार्थी,शिक्षक सहितको सहभागिताले वाणी क्षेत्र खेलकुदमय बन्नेदेखि स्थानीय पर्यटन प्रर्बद्धन हुने बताए ।

 

 

सरस्वती माध्यामिक विद्यालयका प्रद्यानाध्यापक अम्बादत्त बडूले विद्यालयमा पहिलो पटक हुन लागेको राष्ट्रपति रनिङ्गशिल्ड छनौट प्रतियोगिताले विद्यार्थी, शिक्षक, अभिभावमा उत्साह जगाएसंगै सम्पन्न गर्नका लागि खटिएको बताए ।
कृष्णपुर नगर खेलकुद समितिका अध्यक्ष प्रकास खडकाले यस बर्षपनि भईरहेको नगर स्तरिय खेलकुद प्रतियोगिता उत्साहजनक र विगत भन्दा थप पुरस्कृत बनाईने बताए । खेलकुद प्रतियोगिताले थप खेलाडीलाई समेत उत्साह जगाउने बताए । कञ्चनपुर खेलकुद समितिका अध्यक्ष कुबेर खडकाले जिल्लाका केही पालिकाले नगर स्तरको छनौट प्रतियोगिता सम्पन्न गरेको केहीले अब गर्ने भएकाले जिल्लाभरी खेलकुद महोत्सवको माहोल बनाएको बताए ।
गत बर्ष नगरको पुर्वी भूगोल क्षेत्रमा रहेको गुलरियामा रहेको कृष्ण माध्यामिक विद्यालयमा भएको राष्ट्रपति रनिङ्गशिल्ड यस पटक नगरको पश्चिम भेग वाणीमा रहेको सरस्वती माध्यामिक विद्यालयमा हुन लागेको हो ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

सुकासालमा इन्डोर क्रिकेट ट्रेनिङ सेन्टर सञ्चालन आयो

सुकासालमा इन्डोर क्रिकेट ट्रेनिङ सेन्टर सञ्चालन आयो

महेन्द्रनगर - होली फेम्ली क्रीकेट एकेडेमीद्वारा संचालित "इन्डोर क्रीकेट ट्रेनिङ सेन्टर " सञ्चालनमा ल्याइएको छ । मंगलबार होली फेँम्...
१४ महिला आइतबारदेखि सम्पर्कविहीन

१४ महिला आइतबारदेखि सम्पर्कविहीन

महेन्द्रनगर - शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा च्याउ खोज्न गएका १४ जना सम्पर्क बिहिन भएका छन् । भीमदत्त नगरपालिका १९ का उनीहरू निकु...
भारतको पञ्जावमा चोरीएका गहना आपको रुखमा भेटिएपछि ……

भारतको पञ्जावमा चोरीएका गहना आपको रुखमा भेटिएपछि ……

महेन्द्रनगर – दोधारा चादनी नगरपालिका वडा नं. ९ झाक्रिटोलकी सम्झना धामीको घरबाट असार ३२ गते बिहिबार दिउसो २ बजे प्रहरीले बहुमुल्य ग...
टर्चलाइटको भरमा प्रसूति सेवा, कोटपेटरा स्वास्थ्य चौकीमा विद्युत् संकट

टर्चलाइटको भरमा प्रसूति सेवा, कोटपेटरा स्वास्थ्य चौकीमा विद्युत् संकट

महेन्द्रनगर - बैतडीको डिलासैनी गाउँपालिका–२ स्थित कोटपेटरा स्वास्थ्य चौकीमा विद्युत् सेवा अवरुद्ध हुँदा स्वास्थ्य सेवा प्रभावित बन...
सरकारी सञ्चारमाध्यममा करार पत्रकार विस्थापनको प्रयासमा चौतारीको आपत्ती

सरकारी सञ्चारमाध्यममा करार पत्रकार विस्थापनको प्रयासमा चौतारीको आपत्ती

काठमाडौं – प्रेस चौतारी नेपालले सरकारी सञ्चारमाध्यममा लामो समयदेखि कार्यरत करार सेवाका श्रमजीवी पत्रकार तथा कर्मचारीलाई योजनाबद्ध ...
भीमदत्त नगरपालिका वडा नं. ९को सार्वजनिक सुनुवाई सम्पन्न

भीमदत्त नगरपालिका वडा नं. ९को सार्वजनिक सुनुवाई सम्पन्न

महेन्द्रनगर – भीमदत्त नगरपालिका वडा नं. ९ ले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिकाको सबैभन्दा बिकट वडाकोरुपमा रह...
संविधान संशोधन कार्यदलबाट एमालेले प्रतिनिधि फिर्ता बोलायो

संविधान संशोधन कार्यदलबाट एमालेले प्रतिनिधि फिर्ता बोलायो

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले संविधान संशोधन बहसपत्र तयारी कार्यदलबाट आफ्नो प्रतिनिधिलाई औपचारिक रूपमा फिर्ता बोला...
भरुवा बन्दुकसहित दम्पती पक्राउ

भरुवा बन्दुकसहित दम्पती पक्राउ

महेन्द्रनगर - कञ्चनपुर जिल्लाका एक दम्पती प्रहरी हिरासतमा छन् । जिल्लाको कृष्णपुर नगरपालिका वडा नं ९ पिपरियाका जोखराम राना र जानकी...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज