Advertisement

कञ्चन विद्या मन्दिर सेकेण्डरी स्कुल र समुदायिक कलेजले मनायो वार्षिकोत्सव तथा अभिभावक दिवस

महेन्द्रनगर–कञ्चन विद्या मन्दिर सेकेण्डरी स्कुल तथा कञ्चन विद्या मन्दिर सामुदायिक कलेजले संयुक्त रूपमा आफ्नो वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न गरेका छन्। माध्यमिक विद्यालयको ४६ औँ तथा सामुदायिक कलेजको १६ औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा विविध कार्यक्रम आयोजना गरिएको थियो।

धेरै आरोह–अवरोध पार गर्दै विद्यालयले वर्तमान उपलब्धि हासिल गरेको हो। कलेजका प्रधानाध्यापक डा। राजकुमार साँउदको नेतृत्वमा संस्थाले शैक्षिक गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण सफलता प्राप्त गरेको छ। शिक्षासँगै विद्यार्थीहरूमा धर्म, संस्कृति र अनुशासनप्रति रुचि जगाउने कार्यमा पनि विद्यालयले विशेष ध्यान दिएको छ। कार्यक्रम प्रारम्भमा कक्षा ९ मा अध्ययनरत समिक्षा पन्तले संस्कृत भाषामा आफ्नो परिचय प्रस्तुत गर्दै भजन गायन गरेकी थिइन्।

 

वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा विद्यार्थीहरूले धर्म–संस्कृतिको संरक्षण र प्रवद्र्धन झल्कने नृत्य, गायन तथा नाटक प्रस्तुत गरेका थिए ।
विभिन्न क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उत्तम विष्टको सभापत्विमा प्रमुख अतिर्थी पंतञ्जलि योग समिति नेपालका मुख्य केन्द्रीय प्रभारी लवदेव मिश्र रहनु भएको थियो, कार्यक्रममा स्वागत मन्तव्य सह प्रध्यापक यज्ञराज जोशीले गर्नु भएको थियो भने विद्यालयको प्रतिवेदन विद्यालयका प्रधानाध्यापक डा। राजकुमार साउदले गर्नु भएको थिये । कार्यक्रममा अभिभावक, शिक्षक, विद्यार्थी तथा स्थानीय सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

 

कञ्चन विद्या मन्दिर कञ्चनपुरको एकमात्र क्यूएए प्राप्त कलेज हो । यहाँ नर्सरी देखि बिबिए सम्म १ हजार ७ सय ५७ विद्यार्थी रहेका छन् ।

 

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

असी बर्षिय सासुका आखामा बुहारीका दुःख

असी बर्षिय सासुका आखामा बुहारीका दुःख

महेन्द्रनगर – काठका खाबाको साहारामा बनाईएको बाख्रा गोठ जस्तै देखिने छाप्रो । छाप्रोको एक फिट माथिबाट माटोले पातेको बार, अनि बार मा...
पुष्पलालको जन्मथलोमा स्मृति दिवस, पहिलो राष्ट्रिय पत्रकारिता पुरस्कार पौडेललाई

पुष्पलालको जन्मथलोमा स्मृति दिवस, पहिलो राष्ट्रिय पत्रकारिता पुरस्कार पौडेललाई

रामेछाप - प्रेस चौतारी नेपाल रामेछापले स्थापना गरेको ‘पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३’ पहिलो पटक पत्रकार तथा ने...
मौन चिच्याइरहेको समाज: आत्मदाहका बढ्दा घटनाले उठाएका असहज प्रश्नहरू

मौन चिच्याइरहेको समाज: आत्मदाहका बढ्दा घटनाले उठाएका असहज प्रश्नहरू

– रमेश बस्नेत, कुनै पनि समाजको वास्तविक अवस्था केवल त्यसका अग्ला भवन, फराकिला सडक वा आर्थिक सूचकाङ्कले मापन हुँदैन। त्यो समाज कति ...
महेन्द्रनगरमा एनसेल सेन्टर फोफो स्टोर अवधारणासहित पुनः सञ्चालनमा

महेन्द्रनगरमा एनसेल सेन्टर फोफो स्टोर अवधारणासहित पुनः सञ्चालनमा

महेन्द्रनगर - एनसेलले फ्रान्चाइज ओन्ड, फ्रान्चाइज–अपरेटेड (फोफो) स्टोरको अवधारणामा महेन्द्रनगरमा एनसेल सेन्टर सञ्चालनमा ल्याएको छ।...
महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध आकाशे पानीले ढल्यो

महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध आकाशे पानीले ढल्यो

महेन्द्रनगर – महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध बर्षाको पानीले जमिन कटान गर्दा ढलेको छ । कञ्चनपुर जिल्लाको दोधारा च...
उच्च अदालत महेन्द्रनगर इजलासको उल्लेखनीय उपलब्धि: ९२ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्योट, लक्ष्यको १४२ प्रतिशत प्रगति

उच्च अदालत महेन्द्रनगर इजलासको उल्लेखनीय उपलब्धि: ९२ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्योट, लक्ष्यको १४२ प्रतिशत प्रगति

महेन्द्रनगर - उच्च अदालत दिपायल अन्तर्गत महेन्द्रनगर इजलासले आर्थिक वर्ष २०८२/०८३ मा उल्लेखनीय न्यायिक प्रगति हासिल गरेको छ। इजलास...
युवाको भविष्य खोसिए देश कमजोर हुन्छ

युवाको भविष्य खोसिए देश कमजोर हुन्छ

महेन्द्रनगर - म रमेश बस्नेत, म कुनै ठूलो व्यक्ति होइन। यो देशको एउटा सामान्य नागरिक हुँ। यही माटोमा जन्मिएँ, यही हुर्किएँ र यही दे...
मर्निङ्ग ग्लोरीद्धारा कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत

मर्निङ्ग ग्लोरीद्धारा कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत

महेन्द्रनगर – मर्निङ्ग ग्लोरीले कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत गरेको छ । आईतबार भीमदत्त नगरपालिका १८ जानकी टोलस्थित व...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज