Advertisement

एमाले उम्मेदवार डा. भट्टलाई महाकाली कोरिडोरको काम फास्ट गराई दिन माग

महेन्द्रनगर – आसन्न २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उमेदावारहरु मतदाताका घरदैलोसम्म पुगिरहेका छन् । उमेदवारहरुले मतदातासंग भोटमात्र नमागेर मतदाताका गुनासा र सल्लाहसुझावसमेत संकलन गरीरहेका छन् । कञ्चनपुर ३ का एमाले उम्मेदवार डा. दिपक प्रकाश भट्टसंग मतदाताले विभिन्न माग राखिराखेका छन् । अधिकांसरुपमा मतदाताले रोजगारी, स्वास्थ्य, शिक्षा र बाटोघाटोको समस्या समाधान गरीदिन माग राखिराखेको एमाले जिल्ला उपाध्यक्ष जनकराज अवस्थीले बताए । मंगलबार भीमदत्त नगरपालिका ९ र १० का विभिन्न वस्तीमा चुनाव प्रचार गरेका छन् । उक्त ठाउका जनताले उमेदवार डा. दिपक प्रकाश भट्टलाई महाकाली कोरिडोरको ब्रह्मदेब कौवानी खण्ड निर्माण कार्यको ढिलासुस्ती भएकाले त्यसलाई तीव्रता दिने गरी काम अघि बढाउन पहल गरि दिन आग्रह गरेका छन् । उक्त विषयमा उमेदवार डा भट्टले सहजीकरण गर्ने प्रतिबद्धता जनाएको उपाध्यक्ष अवस्थीले बताए ।

भीमदत्त नगरपालिका ९ को खल्ला मुसेट्टी र १० को श्रीलंका टोल, रावल फाँटा र चक्की फाँटा लगायतका वस्तीमा चुनावी कार्यक्रम गरिएको उपाध्यक्ष अवस्थीले जानकारी दिए ।
चुनाव प्रचारमा उम्मेदवार डा. भट्ट सहित समानुपातिक उम्मेदवार निरुदेबी पाल, एमाले सुदूरपश्चिम प्रदेश कमिटी उप सचिव नर बहादुर बिक, भीदत्त नगरपालिकाका निवर्तमान मेयर सुरेन्द्र विष्ट, एमाले कञ्चनपुरका प्रचार विभाग प्रमुख जनकराज अवस्थी लगायत नेता सहभागी छन् ।

खल्ला र मुसेट्टीमा स्थानीयले उम्मेदवारद्धय भट्ट र पाल सहित नेतासित २०७४ को स्थानीय तह निर्वाचनपछि भएका विकास निर्माण कार्यले वस्तीले विकास देखेको र त्यसपछि वास्ता नगरिको गुनासो गरेका छन् ।

 

२०७४ पछि खल्ला मुसेट्टीमा गाडी पुगेको, मोबाइल टाबर बनेको, महाकाली कोरिडोरको काम सुरु भएको, बिजुली बत्ती पुगेको, गाउँ घर क्लिनिक र विद्यालय स्तरोन्नति, महाकाली नदीमा साहसिक जलयात्रा सुरु लगायत काम भएका हुन् ।

चुनाव प्रचारमा स्थानीयले महाकाली नदीको बाढी वस्तीमा आएर फसेका स्थानीयलाई हेलिकोप्टरबाट उद्धार गरेको कार्य आफूहरुले बिर्सन नसक्ने बताए ।

महाकाली नदीको बाढीमा मुसेट्टीका तीन जना फसेपछि हेलिकोप्टर मगाएर उद्धार गरिएको थियो ।

 

एमाले प्रचार विभाग प्रमुख अवस्थीले सबै वस्तीका टोल सभामा स्थानीयको उत्साह पूर्वक सहभागिता देखिएको बताए ।
‘सबै ठाउँमा जनताको सहभागिता उत्साह पूर्वक थियो, महाकाली कोरिडोर कार्य ढिलो भयो, त्यसलाई फास्ट गरि दिनु परो भन्ने कुरा राख्नु भयो’ उनले भने ।

स्थानीयले २०७४ पछि गरेका काम बाहेक वस्तीमा विकास नभएको र हालसम्म जनप्रतिनिधि नआएको दुखेसो पोखे ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...
बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

डडेल्धुरा — बाढी तथा पहिरोलगायत प्राकृतिक विपद्बबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले डडेल्धुरा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

महेन्द्रनगर- सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्र सिंह रावलले बिहीबार भीमदत्त नगरपा...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज