नयाँ खबर
महेन्द्रनगर – कञ्चनपुर क्षेत्र नं २ का एमाले उम्मेदवार बचन बहादुर सिंहले आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छन् । आईतबार शुक्लाफाँटा नगरपालिका–५ वनसमितिमा पत्रकार सम्मेलन गर्दै उनले प्रतिवद्धता पत्र सार्वजनिक गरेका हुन् ।
सिंहले सार्वजनिक सेवा प्रवाहमा नागरिकको सहज पहुँच पु–याउन नीतिगत सुधार, भ्रष्टाचार विरुद्ध शुन्य सहनशिलताको नीतिलाई प्रभावकारी लागू गर्ने, ३÷३ महिनामा जनतासँग प्रत्यक्ष संवाद गर्ने बताएका छन् ।

निर्वाचन क्षेत्रभित्र रहेका क्याम्पसहरुलाई आंगिक क्याम्पस बनाउन पहल गर्ने, सबै विद्यालयहरुमा डिजिटल कक्षा र प्रविधियुक्त गुणस्तरीय शिक्षा पठनपाठन गर्न नीतिगत व्यवस्थाका लागि पहल गर्ने, विद्यालय बस सञ्चालनका लागि पहल गर्ने उनको प्रतिबद्धता पत्रमा उल्लेख छ ।
यस्तै, प्रत्येक वडामा निर्माणधीन खानेपानी तथा सरसफाई योजनाहरुको निर्माण सम्पन्न गर्न आवश्यक बजेट व्यवस्थापन गर्ने, निर्माणमा ढिलासुस्ती अन्त्य गर्न सम्बन्धित निकायलाई जवाफदेही बनाउने र थप खानेपानी योजना निर्माणका लागि पहल गर्ने जनाएको छ ।
निर्वाचन क्षेत्रभित्र स्थानीय तहले सञ्चालन गरेका शहरी स्वास्थ्य केन्द्रहरुमा १ जना विशेषज्ञ डाक्टरसहित आवश्यक स्वास्थ्यकर्मी र निःशुल्क औषधी व्यवस्था गर्ने, पूर्वप्रधानमन्त्री केपीशर्मा ओली नेतृत्वको सरकारले शिलान्यास गरेका नगर अस्पताललाई सुविधासम्पन्न आधुनिक नगर अस्पतालका रुपमा विकास गर्ने सिंहको प्रतिवद्धता छ ।
उनको घोषणपत्रमा सडक निर्माण, पुल निर्माण, पर्यटकीय स्थलहरुको विकास तथा प्रवद्र्धन, आरक्ष पीडितलाई १० कट्टा वा ६० लाख उपलब्ध गराउन विशेष पहल गर्ने, नदी नियन्त्रण, दैजी छेला औद्योगिक क्षेत्रलाई यथाशीघ्र निर्माण गरी २२ हजार नागरिकलाई रोजगारी सृजना गर्नेलगायतका विषय उल्लेख छन् ।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।