Advertisement

मंगलबारदेखि सुदूरपश्चिम विश्वविद्यालयले तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन गर्दै

महेन्द्रनगर – सुदूरपश्चिम विश्वविद्यालयले तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ । सुदूरपश्चिम विश्वविद्यालयको आयोजना तथा नेपाल मटेरियल्स साइन्स सोसाइटीको सह आयोजनामा मंगलबारदेखि बिहीबारसम्म तिनदिन सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयमा ‘सम्पदा, नवप्रवद्धन र रूपान्तरण’ शीर्षकमा अन्तराष्ट्रिय सम्मेलन हुने भएको हो । सोमबार केन्द्रीय कार्यालयमा आयोजकले पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको छ । तेस्रो अन्तराष्टिय सम्मेलन विश्वविद्यालयको चार ओटा हलमा गरीने र उक्त सम्मेलनमा अमेरीका, फिलिपिन्स, जर्मनी, भारत, न्यूजिल्याण्ड, अष्टे«लिय, चाईना पोल्याण्ड, पाकिस्तान, टर्की लगायतका २३ देशका प्राध्यापक, अनुसन्धानकर्ता तथा विज्ञहरुले दुई सय अनुसन्धान परिणाम प्रस्तुत गर्ने अन्तराष्टिय सम्मेलनका संयोजक एव. ईन्जिनियरिङ्ग संकायका डिन प्राडा कृष्णदत्त भट्टले बताए । उनले मुख्यतया ८ वटा थिममा काम गरीरहेको र त्यसको साहायक २५ थिममा काम गरीरहेको उनले बताए । सोसाईटी कल्चर हिष्ट्रसम्बन्धी, साईन्स टेक्नोलोजी र ईन्जिनियरिङ्गसम्बन्धी, एग्रीकल्चर फरेष्ट्रि तिर नेचुरल म्यानेजमेन्ट रिसोर्स, हेल्थ, पपुलेसन माईग्रेसन एण्ड डभलभमेन्ट, पोलेसी पालालिङ्ग र गभरमेन्स, ईन्भाईरोमेन्ट ईकोलोजी र क्लाईमेट चेन्ज, ईन्टरप्यानरसिप विजनेज र ईकोनोमी गरेर ८ वटा थिम रहेको प्राडा भट्टले बताए । उनका अनुसार १६२ वटा मौखिक, २९ वटा पोष्टर प्रजेन्टेसन, ४ वटा प्लेनरी स्पीकर रहने उनले बताए । त्यसैगरी उनले ४५ जना कि स्पीकर बोलाईएको बताए । उनले विश्वविद्यालयको लागि महत्वपूर्ण कार्यक्रम भएको उनले बताए ।
सम्मेलनमा विज्ञहरूले गरेका खोज, अनुसन्धानलाई प्रस्तुतीकरण गरिने छ ।
राष्ट्रिय तथा अन्तराष्ट्रिय संघसंस्थाहरुविचमा ज्ञान आदानप्रदान गर्नु, नीतिनिर्माण गर्न प्रमाणमा आधारित सिफारीस तयार गर्ने, अनुसन्धानकर्ता, विद्यार्थी र प्राध्यापकलाई अन्तराष्ट्रियस्तरमा प्रकाशनको अवसर प्रदान गर्ने, दिगो विकास लक्ष्य प्राप्त गर्ने उदेश्यसहित सम्मेलनको आयोजना गरीन लागेको सम्मेलनका सह संयोजक दिपकचन्द्र भट्टले बताए ।
सम्मेलनमा प्राज्ञिक एवम् अनुसन्धानका क्षेत्रमा कार्यरत अनुसन्धानकर्ता, शिक्षाविद् तथा विद्यार्थीहरूका प्राज्ञिक, बौद्धिक एवम् अनुसन्धानात्मक उपलब्धिहरूको प्रस्तुतीकरण गरिनुका साथै स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय समसामयिक समस्या एवम् मुद्दाहरूमा घनिभूत छलफल हुने जनाइएको छ । सम्मेलनले स्थानीय बजारलाई प्रवद्र्धन गर्नुका साथै शैक्षिक सुधारमा महत्वपूर्ण टेवा पुग्ने मदन सिंह देउपाले बताए । उनका अनुसार अनुसन्धानकर्तालाई प्लेटफर्म प्रदानगर्ने, रिसर्च गुणस्तर बृद्धि गर्ने र सहीबाटो केहो ? भन्ने कुरालाई थाहा पाउनका लागि अनुसन्धान मार्गदर्शनको बाटो यस्तै प्रकारका अन्तराष्ट्रिय सम्मेलनले गर्ने गरेका छन् ।
सम्मेलनमा ८० लाख बढि खर्च हुने अनुमान गरीएको छ । खर्चको व्यवस्थापन स्थानीय तह, बैंकलगायत विभिन्न संघसंस्था र विश्वविद्यालय आफैले व्यहोर्ने बताईएको छ ।
सम्मेलनमा कञ्चनपुरका नौ वटै स्थानीय तह तथा कैलालीको धनगढी उपमहानगरपालिकाका प्रमुख तथा उपप्रमुखको सहभागिता रहने आयोजकले जनाएको छ । प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश प्रमुख नाजिर मिया रहनेछन् ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...
बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज