Advertisement

सुदूरपश्चिम विश्वविद्यालयमा ‘सम्पदा, नवप्रवर्तन र रूपान्तरण’ सम्मेलन सुरु

महेन्द्रनगर – सुदूरपश्चिम विश्वविद्यालयद्वारा आयोजित ‘सम्पदा, नवप्रवर्तन र रूपान्तरण’ (Heritage, Innovation and Transformation) विषयक तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन औपचारिक रूपमा सोमबारदेखि सुरु भएको छ । कञ्चनपुरको महेन्द्रनगरस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयको सभाहलमा आयोजित सम्मेलनको सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले उद्घाटन गरेका छन् । सम्मेलन फागुन ७ गतेसम्म सञ्चालन हुनेछ ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रमुख मियाँले विश्वविद्यालयहरू शैक्षिक प्रमाणपत्र वितरण गर्ने संस्था मात्र नभई समाज रूपान्तरणका बौद्धिक केन्द्र हुनुपर्ने धारणा व्यक्त गरे । “सम्पदाको संरक्षण, नवप्रवर्तनको प्रवर्द्धन र रूपान्तरणको नेतृत्व विश्वविद्यालयहरूले नै गर्नुपर्छ,” उनले भने, “विश्व समुदायसँगको सहकार्यले सुदूरपश्चिमलाई ज्ञान, अनुसन्धान र प्रविधिको केन्द्रका रूपमा स्थापित गर्न सकिन्छ ।” उनले जलवायु परिवर्तन, आप्रवासन, बेरोजगारी, प्रविधिगत परिवर्तन र सामाजिक असमानताजस्ता चुनौतीहरूको समाधान खोज्न अनुसन्धान र नीतिनिर्माणबीच समन्वय आवश्यक रहेको उल्लेख गर्नुभयो । “अन्तर्राष्ट्रिय सम्मेलनहरू अनुभव साटासाट गर्ने मात्र होइनन्, नीति र व्यवहारबीचको दूरी घटाउने अवसर पनि हुन्,” प्रदेश प्रमुख मियाँले भने।
सम्मेलनका संयोजक तथा इन्जिनियरिङ संकायका डीन प्रा.डा. किशनदत्त भट्टले २३ देशका विज्ञ तथा अनुसन्धानकर्मीहरूको सहभागिताले सम्मेलनलाई अन्तर्राष्ट्रिय स्वरूप दिएको बताए । करिब ३०० अनुसन्धान पत्रमध्ये झण्डै २०० वटा प्रस्तुतीकरणका लागि छनोट गरिएको जानकारी दिँदै उनले उत्कृष्ट शोधपत्रहरू प्रतिष्ठित जर्नल तथा ISBN सहितको सम्मेलन कार्यवृत्तमा प्रकाशन गरिने उनले बताए ।
सहसंयोजक उपप्राध्यापक डा. दीपकचन्द्र भट्टका अनुसार सम्मेलनमा ८ मुख्य सत्र र २५ उपविषयमा केन्द्रित छलफल हुनेछ । समाजशास्त्र, मानविकी, विज्ञान तथा प्रविधि, इन्जिनियरिङ, कृषि, वन, प्राकृतिक स्रोत व्यवस्थापन, स्वास्थ्य, जनसङ्ख्या, आप्रवासन, योजना, जलवायु परिवर्तन, व्यापार व्यवस्थापन, उद्यमशीलता र अर्थतन्त्र लगायतका क्षेत्रमा बहुआयामिक बहस हुने जनाइएको छ ।

 

करिब ८० लाख रुपैयाँको बजेटमा आयोजना गरिएको सम्मेलन नेपाल मटेरियल साइन्स सोसाइटी, विश्वविद्यालय अनुदान आयोग तथा विभिन्न सरकारी निकायको सहकार्यमा सञ्चालन भइरहेको छ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...
बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज