Advertisement

सात पटकको क्षेत्रीय विद्यालय शिल्डधारी ईन्टरनेशनल पब्लिक स्कुलले मनायो २९औँ बार्षिकोत्सव तथा अभिभावक दिवस

महेन्द्रनगर– सुदूरपश्चिम क्षेत्रकै अग्रणी शैक्षिक संस्था ईन्टरनेशनल पब्लिक स्कूलले २९औ बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । सात पटक क्षेत्रीय विद्यालय शिल्ड जित्न सफल ईन्टरनेशनल पब्लिक स्कुलले विहिबार सुदूरपश्चिम विश्वविद्यालय सेवा आयोगका अध्यक्ष यज्ञराज भट्टको प्रमुख आतिथ्यता एवं विद्यालय व्यवस्थापन समिति अध्यक्ष लिलाध्वज बस्नेतको अध्यक्षतामा बार्षिकोत्सव भव्यरुपमा मनाएको हो ।

 

बार्षिकोत्सवमा प्रिन्सिपल राजेन्द्र प्रशाद भट्टले शैक्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दैै स्कूलको थप शैक्षिक स्तर बृद्धिका लागि स्मार्ट विधिबाट कक्षा संचालन गर्ने बताए । उनले विद्यालयबाट उत्पादित जनशक्ति देशका विभिन्न सरकारी, गैर सरकारी क्षेत्रमा मात्रै नभई अन्तराष्ट्रिय संघसस्थामा उच्चपदमा रहेका कारण नै विद्यार्थीदेखि अभिभावकको स्कूलप्रति विश्वास बढेको बताए । विद्यालयले विद्यार्थीलाई सफल बनाउने लक्ष्य राखेर शिक्षा प्रदान गरि रहेको प्रिन्सिपल भट्टले बताए । ‘हाम्रो विद्यालयमा प्रविधिमैत्री शिक्षा छ, स्मार्ट बोर्डबाट पठनपाठ गर्छौ, चक डस्टरको प्रयोग हुँदैन, विद्यार्थी केन्द्रित शिक्षण विधिमा जोड दिन्छौ’ उनले भने,‘बाल बालबालिकाको सर्वाङ्गिण विकास होस भन्ने चाहन्छौ, युग सुहाउँदो शिक्षामा जोड दिएका छौ र हामी बालबालिकालाई सफल बनाउन चाहन्छौ ।’

 

सुदूरपश्चिम कै महिला क्याम्पस प्रमुख रहेका सिद्धनाथ विज्ञान क्याम्पस महेन्द्रनगरका क्याम्पस प्रमुख डा. तिलमाया ढकाललाई सम्मान गरेको छ । प्राद्याध्याक डा. ढकाललाई दोसल्ला, प्रसंसा पत्रका साथ सम्मान गरेको छ । कार्यक्रममा एनसीसीदेखि अन्य शैक्षिक, खेलकुद, अतिरिक्त कक्षा सहितका विधामा उत्कृष्ठ विद्यार्थी, शिक्षक, समाजिक क्षेत्रका व्यक्तित्वहरुलाई पुरस्कार वितरणका साथै विभिन्न कला, साहित्य, संस्कृति प्रस्तुत गरिएको थियो ।

सुदूरपश्चिम विश्वविद्यालयका सेवा आयोग अध्यक्ष यज्ञराज भट्टले निजी क्षेत्रबाट संचालित ईन्टरनेशल पब्लिक स्कुलले शैक्षिक गुणस्तर निरन्तर कायमै राखेको बताए । कार्यक्रममा भौतिक सहभागि नभएपनि शुभकामना सन्देश मार्फत विद्यालय संचालक समिति अध्यक्ष गौराज बहादुर लिम्बुले विद्यालयले विद्यार्थीलाई भविष्यकै कर्णधार बनाउने गरेर अघि विश्वास दिलाए । अहिलेसम्म पनि विद्यालयले शिक्षक, विद्यार्थी, अभिभावक, सरोकारवालाकै समन्वय, सहकार्यदेखि शिक्षक, विद्यार्थीको उच्च मेहनताका साथ शैक्षिक प्रगति भएको बताए । कार्यक्रममा विद्यार्थी, शिक्षक, कर्मचारी, अभिभावक सहितका सरोकारवालाको सहभागिता रहेको थियो ।

२०६३ सालको एसएलसिमा ईन्टरनेशनल स्कूलबाट सुभास लामिछाने नेपाल तस्रो भएका थिए । उनी अहिले स्वास्थ्य क्षेत्रमा चिकित्सकको रुपमा काम गरीरहेका छन् । २०६५ मा पहिलो पटक शिल्ड पाएको विद्यालयले त्यसपछि २०६९, २०७०, २०७१, २०७२ र २०७४ मा पाएको थियो ।

नर्सरीदेखि कक्षा १२ सम्म पढाई हुने इन्टरनेशनलमा एक हजार ६ सय ५० विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा ८० जना शिक्षक कर्मचारी कार्यरत छन् ।

विद्यालयका शिक्षकद्वय हेमन्त बहादुर सिह र नविन भट्ट सहित विद्यार्थीले संञ्चालन गरेको कार्यक्रममा अधिकांस अभिभावक महिला सहभागि रहेका थिए ।

 

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

एमाले केन्द्रीय कमिटीको दोस्रो दिन : आज मनोनयसँगै केन्द्रीय सदस्यले धारणा राख्ने क्रम सुरु हुने

एमाले केन्द्रीय कमिटीको दोस्रो दिन : आज मनोनयसँगै केन्द्रीय सदस्यले धारणा राख्ने क्रम सुरु हुने

काठमाडौं- नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकको आज दोस्रो दिन विहान नौ बजेबाट सुरु हुँदैछ । पार्टीका प्रचार तथा प्रकाशन विभ...
महाकाली यातायात बहुदेश्यीय कम्पनीको अध्यक्षमा भट्ट निर्वाचित, सदस्यमा कोको निर्वाचित भए ?

महाकाली यातायात बहुदेश्यीय कम्पनीको अध्यक्षमा भट्ट निर्वाचित, सदस्यमा कोको निर्वाचित भए ?

महेन्द्रनगर - महाकाली यातायात बहुदेश्यीय कम्पनी प्रालिको अध्यक्षमा नविन भट्ट निर्वाचित भएका छन् । सोमबार सम्पन्न निर्वाचनमा १ सय ...
संविधान दिवसको पूर्वसन्ध्यामा मन्त्रालय परिसर तथा मुख्यमन्त्री निवास वरपर सरसफाई

संविधान दिवसको पूर्वसन्ध्यामा मन्त्रालय परिसर तथा मुख्यमन्त्री निवास वरपर सरसफाई

धनगढी – सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले संविधान दिवसको पूर्वसन्ध्यामा मन्त्रालय परिसर तथा मुख्यमन्त्री निवा...
उग्रतारा बाल विद्यालयकी स्वर्णीमा यूएन महासभामा सहभागी हुँदै

उग्रतारा बाल विद्यालयकी स्वर्णीमा यूएन महासभामा सहभागी हुँदै

महेन्द्रनगर – कञ्चनपुरको बेलौरीस्थित उग्रतारा बाल विद्यालय कक्षा १० मा अध्ययनरत विद्यार्थी स्वर्णीमा कँडेल संयुक्त राष्ट्र संघको ८...
वडा अध्यक्ष खत्री राप्रपा कञ्चनपुरको जिल्ला अध्यक्षमा चयन

वडा अध्यक्ष खत्री राप्रपा कञ्चनपुरको जिल्ला अध्यक्षमा चयन

महेन्द्रनगर–राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) कञ्चनपुरले नयाँ नेतृत्व पाएको छ । बुधबार महेन्द्रनगरमा सम्पन्न सातौ जिल्ला अधिबे...
कृष्णपुरका युवाहरुको सराहनीय कार्य : तीज विशेष कार्यक्रममा उठेको रकम बाढीपीडितलाई सहयोग

कृष्णपुरका युवाहरुको सराहनीय कार्य : तीज विशेष कार्यक्रममा उठेको रकम बाढीपीडितलाई सहयोग

महेन्द्रनगर - कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ दोमिल्लास्थित राधाकृष्ण मन्दिर परिसरमा स्थानीय युवाहरूको सक्रियतामा आयोजना गरिएको ती...
दार्चुलाका बाढी–पहिरो प्रभावितलाई तत्काल पुनःस्थापना गर्न एमालेको आग्रह

दार्चुलाका बाढी–पहिरो प्रभावितलाई तत्काल पुनःस्थापना गर्न एमालेको आग्रह

धनगढी- दार्चुला जिल्लाको पश्चिमोत्तरको व्यास गाउँपालिका–४ मडगाउँमा गत भदौ २८ गतेको अविरल वर्षापछि आएको बाढी–पहिरोले ७ परिवार बिस्थ...
गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पुराना राजनीतिक दलहरूलाई लक्षित गर्दै दिएको उग्र अभिव्यक्तिप्रति नेकपा (एमाले) का अध्यक्ष केपी ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज