महाकाली सुगर मिलमा भारतीय उखु भित्रिदै, प्रशासन मौन
महेन्द्रनगर–कञ्चनपुर जिल्लाको दक्षिणीबेल्टमा अबैधरुपमा भारतिय उखुभित्रिन थालेको छ । जिल्लाको बेलौरी नगरपालिका वडा नं. १० शिवनगरस्थीत महाकाली सुगर मिलमा भारतिय उखु भित्रिन थालेको हो । सरकारले भारतिय उखु आयातमा कडाई गरेता पनि कञ्चनपुर जिल्लामा भने अबैधरुपमा भारतीय उखुको आयात भईरहेको स्थानीयहरुले बताएका छ्न ।
भारतबाट अबैधरुपमा उखु आयात हुन थालेपछि स्थानीय उखु कृषक मारमा परेको उनीहरुले दुखेसो पोखेका छन् । भारतीय उखुका कारण कृषकहरुले ५÷५ दिनसम्म पालो पर्खेर बस्नुपर्ने बाध्यता रहेको बताएका छन् । जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले पनि चासो नदिनुका साथै उनीहरुको मिलोमतोमा उखु भित्रिरहेको उनीहरुको दावि रहेको छ । ‘भारतबाट अबैध उखु भित्रि रहेको छ,’ नाम नखुलाउने सर्तमा एक कृषकले भने, ‘अनुदान पाईन्छ भन्दैमा भारतबाट उखुलिएर अन्य उखु किसानलाई परिसान त गर्नु भएन नी, जिल्ला प्रशासन र जिल्ल...




















