Advertisement

विद्यार्थी राजनितिबाट खारिएका राजिव दमाई नेकपाको जेनजी कोटामा प्रतिनिधि सभा सदस्य उमेदवार सिफारिस

महेन्द्रनगर – नेपाली कम्युनिष्ट पाटी(नेकपा)कञ्चनपुरले जनेजी कोटामा राजिव दमाईलाई उमेदवारका लागि सिफारिस गरेको छ । लामो समय विद्यार्थी राजनितिमा खारिएका युवा राजिव दमाईलाई कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ बाट जेनजी कोटामा उम्मेदवार सिफारिस गरेको हो । नेकपाले आगामी २१फागुनमा हुने प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि जिल्लाका तीनै निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिस गरेको छ ।
विद्यार्थी राजनितिमा नेपाल अखिलक्रान्तिकारीको केन्द्रीय सदस्यसम्म जिम्मेवारी सम्हालेका विद्यार्थीका ढुकढुकि राजिव दमाई(नेपाली) भीमदत्त नगरपालिका वडा नं. ५ का स्थायी बासिन्दा हुन् । सुदूरपश्चिम विश्वविद्यालयबाट व्यवस्थापन संकायमा स्नातक गरेका दमाई स्नातकोत्तर तहमा अध्ययनरत छन् । उनले २०७२ को महाभुकम्प होस या सन २०२० मा आएको महामारी(कोरोनाकाल) होस या महाकाली नदी गाउँपस्दा उनले गरेको योगदान अमूल्य रहेका छन् । उनले महाभुकम्पका बेला स्वयमसेवकको भुमिकामा घर निर्माणमा खटिएका थिए भने कोरोना कालमा पनि गाउघरका आपतविपतमा परेका मानिसहरुको सेवा गरेका थिए । समयसमयमा गाउँ टोलमा सरसफाईका अभियानहरू सञ्चालन गर्नेदेखि कञ्चनपुर जिल्लामा शैक्षिक माफियाहरू÷दलालहरू र भ्रष्टाचारहरू लाई चुनौती दिइरहने राजिव प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उमेदवार सिफारिस हुनु गौरवको विषय भएको स्थानीयले बताएका छन् । गरिब असाय अर्थात् आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरूका लागि सम्बन्धित निकायसम्म पटकपटक निःशुल्क लागि पहल कदमी चालिसकेका राजिव नेपाली नेकपाले उमेदवार सिफारिस मात्रै गर्छ कि उमेदवारै बनाएर अगाडि बढ्छ त्यो समयले बताउने छ । जेनजी समुहबाट उमेदवार सिफारिस भएका राजिव नेपाली(दमाई) पढाइमा पनि एकदमै अब्बल थिए । स्कुलतह देखि नै कक्षामा प्रथम हुदै स्नातक सम्मको अध्ययन पुरा गरीसकेका राजिवले समाजमा जरा गाडेका विकृति विसंगति व्यथिति जातीय भेदभाव र भ्रष्टाचार लगायतका तमाम मुद्दाहरूमा सम्बन्धित निकायहरूलाई ध्यानाकर्षण गराउँदै आएका छन् । नेकपाले अहिले जेनजी युवा पुस्ता, महिला, सहिद परिवारदेखि विगतमा सांसद, मन्त्री भईसकेका सबैलाई समेटेर उम्मेदवार सिफारिस गरेको दावि गरेको छ ।
नेकपा कञ्चनपुरका अनुसार क्षेत्र १बाट बीना मगर, लोकेन्द्र प्रशाद लम्साल, झत्त बहादुर अधिकारी, जिवनराज थापा, तिलक भट्ट, दिपक बिसी, मदनसेन बडायक, कृष्णराज गिरी क्षेत्र २ बाट लाल बहादुर खडका, महेराज जोशी, जयराज पाण्डेय, हरिस ठकुल्ला(कमल क्षेत्री), माधव प्रशाद पन्त, दुर्गा जोशी(भट्ट), तोयराज जोशी र क्षेत्र ३ बाट मान बहादुर सुनार, हरक सिह धामी, दिपक सिह साउद, खेम भण्डारी, राजिव दमाईलाई सिफारिस गरेको जनाएको छ ।
प्रत्यक्ष अघि नेकपाले विभिन्न कलष्टरबाट समानुपातिक उम्मेदवार सिफारिस गरेको थियो । आदिवासी जनजातिबाट देवीलाल चौधरी, बीर बहादुर बुढाथोकी, रामऔवतार राना, नन्द कुमार राना, महिलाबाट माया नेगी, निराशा चौधरी, हिरा भण्डारी, निरुदेवी कामि, दलितबाट प्रताप तिरुवा, पदम राना(वादी) सहित रुप बहादुर शाही, लक्ष्मण कुमाललाई सिफारिस गरेको थियो ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पुराना राजनीतिक दलहरूलाई लक्षित गर्दै दिएको उग्र अभिव्यक्तिप्रति नेकपा (एमाले) का अध्यक्ष केपी ...
भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...

महेन्द्रनगर- महाकाली साहित्य संगम, केन्द्रीय समिति कञ्चनपुरले यस वर्ष आयोजना गर्ने भनिएको ‘गौरा सभ्यता महोत्सव–२०८३’ स्थगित गरेको ...
रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज