Advertisement

माईती नेपालले बेचबिखनमा परेका दश जनाको उद्धार गर्नुका साथै हजारौ सवारी साधनको चेकजाँच ग¥यो

महेन्द्रनगर–माईती नेपाल कञ्चपनुरले एक बर्षको समयावधिमा भारतको विभिन्न शहरबाट मानव बेचविखनमा परेका दश जनाको उद्धार गरेको छ । सन् २०२५ को जनवरीदेखि डिसेम्बरसम्ममा माईती नेपालले मानव बेचविखनमा परेका दुई महिला र ८ जना बालिका गरी दश जनाको उद्धार गरेको हो । शनिबार संस्थाले पत्रकार सम्मेलन गरी एक बर्षको कार्य प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ । भारतको विहार, चण्डिगढ, चमौली, हरियाणा, मुम्बै र हैदराबाद शहरबाट एक एक जना, दिल्ली र गाजियाबादबाट दुई÷दुई जना गरी दश जनाको उद्धार गरीएको माईति नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले बताईन् । उद्धार गरीएका दश जनामध्ये ८ जना बालिका र दुई जना महिला रहेको उनले बताईन् । सबैभन्दा दलित समुदायका बेचबिखनमा पर्ने गरेका छन् । उद्धार गरीएकामध्ये ७ जना दलित, १ जना क्षेत्री र २ जना ब्रामण समुदायका रहेका छन् । सन् २०२४ मा पनि विभिन्न प्रलोभनमा परी मानव बेचविखनमा परेका १४ जनाको उद्धार गरेको माईती नेपालले सन् २०२३ मा २५ जनाको उद्धार गरेको थियो ।
कञ्चनपुरको गड्डाचौकी नाकामा बसेर उक्त नाकाको निगरानी राखिरहेको माईती नेपालले दोधाराचादनी झोलुङ्गे पुल र चार लेन पुलपारी दोधाराचादनी २ मा कार्यालय राखी मानव बेचविखन नियन्त्रणमा महत्वपूर्ण भुमिका खेलिरहेको छ । संस्थाले २ सय ९ जनालाई मानवबेचविखन हुनबाट जोगाएको दावि गरेको छ । मानव बेचविखनको उच्च जोखिममा रहेका २०९ जनाको सिमा नाकाबाट फकाई उनीकोहरुको आफन्तको जिम्मा लगाईएको माईति नेपालका संयोजक भट्टले बताईन् । मानिस गड्डाचौकी सिमानामा ८९ जना, चारलेन पुलमा ३१ जना र झोलुङ्गे पुलबाट २९ जना महेन्द्रनगर बसपार्क सहितका अन्य क्षेत्रबाट ६४जनालाई बेचविखनबाट रोकथाम गरीएको उनले बताईन् । मानव बेचविखनको जोखिममा पर्ने महिला तथा बालबालिकाहरु सामाजिक संञ्जाल फेसबुकको माध्यमबाट मानव तस्करको सम्पर्कमा पुग्ने गरेको उनले बताईन् ।
गत बर्षमा रोकथाम गरिएका मध्ये ८१क्षेत्री, ६९ दलित, ४० जनजाती र १९ब्रम्महण समुदायबाट रहेका छन । विभिन्न २२जिल्लाका मध्ये १सय कञ्चनपुरकै रहेका छन । ३२ कैलाली, १४ बैतडी, १० बझाङ्ग र ८ डोटीका रहेका छन ।
खोजतलासका लागि १ सय ८९ निवेदन परेकामध्ये ८१ बालबालिका र १ सय ८ महिला रहेका छन् । जसमा सदूरपश्चिम प्रदेशका १ सय ६३ रहेका छन । कञ्चनपुरका ६९, कैलालीका ४१, बझाङ्गका १३, डोटी र डडेल्धुराका १०÷१० जना मध्ये ८१भेटिएर परिवारको जिम्मा लगाएको छ ।
एक बर्षको अवधिमा ९३बालबालिका सहित २सय २७ महिलालाई मनोपरामर्स, सीमा नाकामा १२ हजार ८ सय ८५ सवारी साधन चेकजाँच गरेर ४४ हजार ५सय ९१लाई परासर्म दिईएको छ । २ सय १७जनाको पारिवारिक पुर्नमिलन, सिनानाकाबाटै परामर्स दिएर सिधै ३३जनालाई घर फाईएको थियो ।
माईती नेपाल कञ्चनपुरले मानव बेचबिखन रोकथामका साथै घरेलु हिन्सामा परेका महिलाको उद्दारका लागि समेत काम गर्दै आएको छ । घरेलु हिंसाका १० निवदेन मध्ये ८ समाधान गरेको छ । ४ जबरजस्तीकरण र १ मानव बेचबिखन बिरुद्ध मुद्दा दर्ता गरिएको छ ।
माईती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले पछिल्ला बर्षहरुमा मानव बेचबिखनको कञ्चनपुर ट्रान्जिट प्वाईट बनिरहेको बताईन । ‘कार्यालयमा दर्ता भएका र अन्य पीडित परिवारबाट आएको सुचनाका आधारमा जोखिमामा परेका मानिसको उद्दार गर्दै परिवारको जिम्मा लगाउँदै आएका छौँ, ‘संयोजक भट्टले भनिन, ‘हिन्सा अन्य जोखिममा परेका महिलालाई पुर्नस्थापना गृहमा राखेर सीपमुलक तालिमका लागि पठाउँछौँ ।’ मानव बेचबिखन रोकथामका लागि नजिककै व्यक्ति आफन्तबाट हुने, स्वयम जोखिममा परेका व्यक्तिबाट झुटा विवरण पेश हुने मानव तस्करले नयाँ नयाँ तरिका अपनाउने र प्रविधिकीको दुरुपयोगले मानव बेचबिखन रोकथामका लागि चुनौती थपिदै गएको संयोजक भट्टले बताईन ।
मानव बेचबिखन रोकथामका लागि माईती नेपालले सीमा क्षेत्रमा संस्कापद व्यक्तिमाथि सोधपुछ गरेर उद्दार गर्दै आएको, बेचबिखनको जोखिममा परेका व्यक्तिलाई नेपाल भारतका सुरक्षाकर्मीको सहयोगमा उद्दार गर्दै आएको माईती नेपालका संयोजक भट्टले बताईन । गरिबी, बेरोजगारी, खुला सीम नाका मोबाईल फोन, समाजिक सञ्जालको दुरुपयोग, घरेलु हिन्सा, देखाखिकी, नक्कली कागजात प्रयोग, आफ्नै घरपरिवार, साथिभाई, सीमापार गराउन चिनजान एव जानेकै मान्छेको प्रयोगले मानव बेचबिखनका घटना नरोकिएको संयोजक भट्टले बताईन ।
संयोजक भट्टले मानव बेचबिखन रोकथामका लागि सीमावर्ती क्षेत्रमा सचेतनामुलक कार्यक्रम संचालन, किशोर,किशोरीलाई विद्यालय स्तरमा अनुशिक्षण, नेपाल भारत दुवै देशका सरोकारवालासंग छलफ गर्दैै सुरक्षात्मक समुदायका सचेतना, समन्वय सहकार्य तथा सहयोग कार्यक्तम मार्फत बेचबिखन रोकथामका लागि प्रयास भईरहेका छन । माईती नेपालको मात्रै प्रयासले मानव बेचबिखन पुर्ण नरोकिने अन्य सरकारी गैर सरकारी निकायबाट समेत प्रयास हुनुपर्नेमा संयोजक भट्टले बताईन । माईती नेपाल कञ्चनपुरकी संयोजक भट्टले गड्डाचौकी क्षेत्रमा माईती नेपाल सहितका ७ संघ संस्था, सरकारी निकाय सकृय हुँदा समेत मानव बेचविखन जस्तो जघन्य अपराधमा न्यूनिकरण नआएको दुखेसो पोखिन् ।
माईती नेपाल कञ्चनपुरकी संयोजक भट्टले आफन्तबाटै रोजगारी दिने बहानामा मानवबेचविखन भईरहेकोले नियन्त्रणमा चुनौतीपूर्ण रहेको बताईन् ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पुराना राजनीतिक दलहरूलाई लक्षित गर्दै दिएको उग्र अभिव्यक्तिप्रति नेकपा (एमाले) का अध्यक्ष केपी ...
भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...

महेन्द्रनगर- महाकाली साहित्य संगम, केन्द्रीय समिति कञ्चनपुरले यस वर्ष आयोजना गर्ने भनिएको ‘गौरा सभ्यता महोत्सव–२०८३’ स्थगित गरेको ...
रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज