Advertisement

कञ्चनपुर उद्योग वाणिज्य संघको कोषाध्यक्षमा बाहेक सबै पदाधिकारी निर्विरोध

महेन्द्रनगर– कञ्चनपुर उद्योग वाणिज्य संघको नयाँ कार्य समिति पदाधिकारीमा कोषाध्यक्ष बाहेक सबै निर्विरोध निर्वाचित भएका छन् । सङ्घको १८औँ कार्यकारिणी समितिको निर्वाचन अन्तरगत उम्मेदवार मनोनयनमा कोषाध्यक्ष बाहेक अन्य पदाधिकारीहरुका लागि एक एक जनाको मात्रै उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएका हुन् ।
व्यवसायीबीचको आपसी समझदारी, सहकार्य जीवित रहेको कुरालाई पुष्टि गरेको छ ।
अध्यक्षमा दिनेश मल्ल, वरिष्ठ उपाध्यक्षमा दिपेन्द्र प्रसाद साउद, उपाध्यक्ष ९उद्योगतर्फ० पदमा तेजबहादुर चन्द, वाणिज्य उपाध्यक्ष पदमा गणेश चटोत, महासचिव पदमा राहुल भट्ट र सचिव पदमा नरेन्द्र प्रसाद जोशी सर्वसम्मत चयन भएका छन्।
यद्यपि, कोषाध्यक्ष र सदस्य पदमा भने सर्वसम्मति कायम हुन सकेको छैन। ती पदमा एकभन्दा बढी उम्मेदवारी परेकाले सहमतिका लागि छलफल जारी रहेको छ। सहमति हुन नसके संघको विधानअनुसार निर्वाचन प्रक्रियामार्फत टुंगो लगाइने छ। कोषाध्यक्षमा ३ जना र सात सदस्यका लागि २ महिलासहित१४ जनाको उम्मेदवारी परेको छ । कोषाध्यक्षमा शिवराज भट्ट, मिनराज भट्ट र प्रदीपाल को उम्मेदवारी परेको छ । सदस्यहरूमा लोकराज भट्ट, गोविन्द भट्ट, पारस जोशी, निरज गुप्ता, पुरण पाण्डेय, देवीदत्त जोशी, भोजराज अवस्थी, गंगा सिंह धामी, कृष्णहराना सरिता भण्डारी, हेमराज भट्ट, पार्वती कुमारी बिष्ट, संजय कुमार भट्ट र जगदीश चन्द्र भट्टको उम्मेदवारी परेको छ ।
बाणिज्य सङ्घको नेतृत्व पदमा सर्वसहमत हुनु व्यवसायीहरुका लागि सकारात्मक संकेत भएको व्यवसायिहरुको भनाई छ । उनीहरूले व्यवसायका साझा एजेन्डामा केन्द्रित भएर काम गर्ने र व्यवसायीका समस्या समाधानमा एकताबद्ध भएर अघि बढ्न सहयोग पुग्ने अपेक्षा राखेका छन् । यसले संघभित्र एकता, स्थायित्व र सामूहिक नेतृत्वको अभ्यासलाई बलियो बनाएको व्यवसायीहरूले दाबी गरेका छन्।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

डडेल्धुरा — बाढी तथा पहिरोलगायत प्राकृतिक विपद्बबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले डडेल्धुरा...
रसुवाका बाढीपहिरो पीडितका लागि मेगा सहकारीको १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग

रसुवाका बाढीपहिरो पीडितका लागि मेगा सहकारीको १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग

महेन्द्रनगर — रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि कञ्चनपुरको...
एमाले सुदूरपश्चिम संसदीय दलको बैठक : भोटेकोशी बाढीपीडितलाई सात दिनको तलब सहयोग गर्ने निर्णय

एमाले सुदूरपश्चिम संसदीय दलको बैठक : भोटेकोशी बाढीपीडितलाई सात दिनको तलब सहयोग गर्ने निर्णय

धनगढी - नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको बाढीबाट प्रभावित तथा पीडितलाई सहयोग गर...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

महेन्द्रनगर- सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्र सिंह रावलले बिहीबार भीमदत्त नगरपा...
बैतडीमा पहिरोले बस्ती जोखिममा, स्थानीयमा त्रास

बैतडीमा पहिरोले बस्ती जोखिममा, स्थानीयमा त्रास

नरेश बोहरा, बैतडी — बैतडीको सुर्नया गाउँपालिका–८ ढोले (रातापानी) मा पहिरोले बस्ती जोखिममा परेको छ । वर्षौंदेखि निरन्तर बगिरहेको पह...
कञ्चनपुर उद्योग बाणिज्य संघले साउनभित्र सदस्यता नविकरण गर्ने सदस्यको दुई लाख दुर्घट्नाको विमा निशुल्क गर्दै

कञ्चनपुर उद्योग बाणिज्य संघले साउनभित्र सदस्यता नविकरण गर्ने सदस्यको दुई लाख दुर्घट्नाको विमा निशुल्क गर्दै

महेन्द्रनगर – कञ्चनपुर उद्योग बाणिज्य संघले साउनको मसान्तभित्र सदस्यता नविकरण गर्ने सदस्यको विमा रकम दोब्बर बढाएको छ । कञ्चनपुर उद...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज