कञ्चनपुरको राजघाटमा पहिलोपटक माघी मिलन तथा वृहत सांस्कृतिक कार्यक्रम हुने
हेमा भट्ट, कञ्चनपुर - कञ्चनपुरको कृष्णपुर नगरपालिका–९ राजघाटमा पहिलोपटक माघी मिलन तथा वृहत सांस्कृतिक कार्यक्रम–२०८२ आयोजना हुने भएको छ। स्थानीय धर्म, संस्कृति, परम्परा र पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजना गर्न लागिएको हो । आगामी माघ ३ र ४ गते राजघाटदेखि राजपुर जाने बाटो नजिकै रहेको राजघाट खेलमैदानमा कार्यक्रम बिहान ११ बजेदेखि सञ्चालन हुनेछ।
थारू समुदायको महान पर्व माघीलाई केन्द्रमा राखेर आयोजना हुन लागेको यस कार्यक्रमले सामाजिक सद्भाव, सांस्कृतिक एकता र आपसी मेलमिलापको सन्देश फैलाउने अपेक्षा गरिएको छ ।
हाम्रो धर्म, हाम्रो संस्कृति, हाम्रो पहिचान, भन्ने मूल नारासहित आयोजना हुने कार्यक्रममा स्थानीय बासिन्दादेखि छिमेकी क्षेत्रका नागरिकसम्मको उल्लेखनीय सहभागिता रहने आयोजक समितिको विश्वास छ।
स्थानीय समाजसेवी तथा वनदेवी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष युवा न...




















