सत्यवादी माविले मनायो ४३औ बार्षिकोत्सव तथा अभिभावक दिवस
महेन्द्रनगर – सत्यवादी माध्यमिक विद्यालयको ४३औं बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरीएको छ । शुक्रबार शिक्षक अभिभावक संघ अध्यक्ष वीर बहादुर चन्दको सभापतित्व तथा शिक्षा विकास तथा समन्वय इकाई प्रमुख लक्ष्मण गिरीको प्रमुख आतिथ्यतामा अभिभावक दिवस भव्यताका साथ मनाईएीको हो । त्यसैगरी विशिष्ठ अतिथिमा भीमदत्त नगरपालिका वडा नं ५ का वडा अध्यक्ष एबम नगर प्रवक्ता पदम राज अवस्थी र शिक्षा शाखा प्रमुख हरी जोशी रहेका थिए । यसैगरी कार्यक्रममा भीमदत्त शिक्षा शाखाका अधिकृत दिपेन्द्र बिष्ट, बैजनाथ माबीका पीटीए अध्यक्ष नव राज भट्ट, प्रधानाध्यापक नरेन्द्र राज जोशी, महेन्द्रनगर माबी साधारण स्कुलका अध्यक्ष बिरेन्द्रराज बिष्ट, प्रधानाध्यापक देबराज भट्ट, लक्ष्मी माबी बागफाटाक प्रधानाध्यापक प्रमानन्द नाथ, महेश्वर माबी सुकासालका प्रधानाध्यापक जनकराज जोशी, जनसेवा माबी हल्दुखालका प्रधानाध्यापक कल्पना पाण्डेय जोशी, ...




















