Advertisement

एमालेले बनायो निर्वाचन परिचालन कमिटी, हजारौ युवा परिचालन हुदै

महेन्द्रनगर – एमाले कञ्चनपुरले फागुन २१ गते हुने निर्वाचनका लागि निर्वाचन परिचालन कमिटि गठन गरेको छ । बिहिबार एमाले कञ्चनपुरले जिल्ला अध्यक्ष लक्ष्मी बुढाको संयोकत्वमा हजारौ युवा परिचालन गर्ने उदेश्यका साथ मूल निर्वाचन परिचालन कमिटी बनाएको हो ।
मूल निर्वाचन परिचालन कमिटीमा जिल्ला कमिटी सदस्य, सल्लाहकार कमिटी सदस्य, क्षेत्रीय समन्वय कमिटी, पालिका कमिटी सदस्य, वडा कमिटी पदाधिकारी तथा जनवर्गीय संगठनका जिल्ला स्तरीय सदस्यहरू समेटिएका छन् ।

त्यसैगरी बैठकले कञ्चनपुर इन्चार्ज निरुदेबी पालको नेतृत्वमा अनुगमन तथा निर्देशन कमिटी बनाएको छ । पाल प्रतिनिधि सभा सदस्यका लागि समानुपातिक साँसद छन् ।
उम्मेदवारी दर्तापछि बिहीबार पार्टी कार्यालयमा तीन ओटै निर्वाचन क्षेत्रका उम्मेदवार सहित बसेको सचिवालय बैठकले सबै क्षेत्रमा निर्वाचन परिचालन कमिटी बनाएर जाने लगायतका निर्णय गरिएको एमाले कञ्चनपुरका उपाध्यक्ष एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख जनकराज अवस्थीले बताए ।
सचिवालय बैठकले क्षेत्रीय निर्वाचन तथा परिचालन कमिटी पनि गठन गरेको छ । जसअनुसार क्षेत्र नं. १ मा कमला बोहरा, क्षेत्र नं. २ मा कृपाराम राना र क्षेत्र नं. ३ मा ईश्वरीप्रसाद खरेललाई संयोजकको जिम्मेवारी दिइएको छ । यस्तै तीनवटै निर्वाचन क्षेत्रमा ५०१ सदस्यीय क्षेत्रीय मूल निर्वाचन परिचालन कमिटी गठन गरिएको छ । यस अन्तर्गत क्षेत्र नं. १ मा पल्लवराज भट्ट, क्षेत्र नं. २ मा अशोककुमार चन्द र क्षेत्र नं. ३ मा राजीव खड्कालाई संयोजक तोकिएको छ ।
सचिवालय सदस्य ओम बस्नेतको संयोजकत्वमा ५१ सदस्यीय युवा–विद्यार्थी परिचालन कमिटी गठन गरिएको छ भने प्रदेश कमिटी सदस्य मोहन रावलको नेतृत्वमा ११ सदस्यीय आर्थिक संकलन कमिटी गठन गरिएको छ ।

जिल्ला प्रचार तथा प्रकाशन विभाग प्रमुख अवस्थीको संयोजकत्वमा ११ सदस्यीय मूल निर्वाचन प्रचार–प्रसार कमिटी पनि गठन गरिएको छ । साथै नौवटै पालिकामा संयोजनका लागि सचिवालयले छुट्टाछुट्टै जिम्मेवारी तोकेको छ । उपाध्यक्ष अवस्थीले तीनवटै निर्वाचन क्षेत्रमा पार्टीका उम्मेदवारहरू विजयउन्मुख रहेको दाबी गर्दै पार्टी पंक्ति एकढिक्का भएर निर्वाचनमा परिचालित हुने बताए । एमालेबाट कञ्चनपुर १ मा तारालामा तामाङ्ग, २ मा बचन बहादुर सिह र ३ मा डा. दिपक प्रकाश भट्ट उम्मेदवार छन् । उनीहरुमा तामाङ्ग निर्वतमान साँसद हुन् ।
२०७९ को निर्वाचनमा उनी काँग्रेस माओवादी केन्द्रको गठबन्धनका उम्मेदवार विना मगरलाई पराजित गरी निर्वाचित भएका हुन् । एमालेले यस पटक तामाङ्ग सुरुमा टिकट नदिई पछि नेता र कार्यकर्ताको सुझावपछि निर्णय हेरेफर गरेको हो । एमाले केन्द्रीय सचिवालय बैठकले केन्द्रीय सदस्य कमला बोहरालाई टिकट दिने निर्णय गरेको थियो । तामाङ्ग २०७४ मा प्रदेश सभा सदस्य निर्वाचित भएर सुदूरपश्चिम सरकारको आर्थिक मन्त्री भएका थिए । उनी एमाले कञ्चनपुरका पूर्व अध्यक्ष हुन् ।

 

कञ्चनपुर २ का उम्मेदवार सिह पहिलो पटक संघीय संसदका लागि चुनावी दौडमा छन् । उनी २०७९ मा प्रदेश सभा सदस्य चुनाव लडेका थिए । सिह राष्ट्रिय युवा संघका पूर्व अध्यक्ष हुन् ।
कञ्चनपुर ३ का उम्मेदवार भट्ट २०७४ मा चुनाव लडेर निर्वाचित भएका थिए । २०७९ मा उम्मेदवारका लागि सिफारिश भए पनि निरुदेबी पाललाई टिकट दिइएको थियो ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

सुकासालमा इन्डोर क्रिकेट ट्रेनिङ सेन्टर सञ्चालन आयो

सुकासालमा इन्डोर क्रिकेट ट्रेनिङ सेन्टर सञ्चालन आयो

महेन्द्रनगर - होली फेम्ली क्रीकेट एकेडेमीद्वारा संचालित "इन्डोर क्रीकेट ट्रेनिङ सेन्टर " सञ्चालनमा ल्याइएको छ । मंगलबार होली फेँम्...
१४ महिला आइतबारदेखि सम्पर्कविहीन

१४ महिला आइतबारदेखि सम्पर्कविहीन

महेन्द्रनगर - शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा च्याउ खोज्न गएका १४ जना सम्पर्क बिहिन भएका छन् । भीमदत्त नगरपालिका १९ का उनीहरू निकु...
भारतको पञ्जावमा चोरीएका गहना आपको रुखमा भेटिएपछि ……

भारतको पञ्जावमा चोरीएका गहना आपको रुखमा भेटिएपछि ……

महेन्द्रनगर – दोधारा चादनी नगरपालिका वडा नं. ९ झाक्रिटोलकी सम्झना धामीको घरबाट असार ३२ गते बिहिबार दिउसो २ बजे प्रहरीले बहुमुल्य ग...
टर्चलाइटको भरमा प्रसूति सेवा, कोटपेटरा स्वास्थ्य चौकीमा विद्युत् संकट

टर्चलाइटको भरमा प्रसूति सेवा, कोटपेटरा स्वास्थ्य चौकीमा विद्युत् संकट

महेन्द्रनगर - बैतडीको डिलासैनी गाउँपालिका–२ स्थित कोटपेटरा स्वास्थ्य चौकीमा विद्युत् सेवा अवरुद्ध हुँदा स्वास्थ्य सेवा प्रभावित बन...
सरकारी सञ्चारमाध्यममा करार पत्रकार विस्थापनको प्रयासमा चौतारीको आपत्ती

सरकारी सञ्चारमाध्यममा करार पत्रकार विस्थापनको प्रयासमा चौतारीको आपत्ती

काठमाडौं – प्रेस चौतारी नेपालले सरकारी सञ्चारमाध्यममा लामो समयदेखि कार्यरत करार सेवाका श्रमजीवी पत्रकार तथा कर्मचारीलाई योजनाबद्ध ...
भीमदत्त नगरपालिका वडा नं. ९को सार्वजनिक सुनुवाई सम्पन्न

भीमदत्त नगरपालिका वडा नं. ९को सार्वजनिक सुनुवाई सम्पन्न

महेन्द्रनगर – भीमदत्त नगरपालिका वडा नं. ९ ले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिकाको सबैभन्दा बिकट वडाकोरुपमा रह...
संविधान संशोधन कार्यदलबाट एमालेले प्रतिनिधि फिर्ता बोलायो

संविधान संशोधन कार्यदलबाट एमालेले प्रतिनिधि फिर्ता बोलायो

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले संविधान संशोधन बहसपत्र तयारी कार्यदलबाट आफ्नो प्रतिनिधिलाई औपचारिक रूपमा फिर्ता बोला...
भरुवा बन्दुकसहित दम्पती पक्राउ

भरुवा बन्दुकसहित दम्पती पक्राउ

महेन्द्रनगर - कञ्चनपुर जिल्लाका एक दम्पती प्रहरी हिरासतमा छन् । जिल्लाको कृष्णपुर नगरपालिका वडा नं ९ पिपरियाका जोखराम राना र जानकी...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज