Advertisement

आईतबार देखि वर–पिपलस्थीत राधाकृष्ण मन्दिरमा श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ

महेन्द्रनगर–कञ्चनपुरको महेन्द्रनगर स्थित राधाकृष्ण मन्दिरमा श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ संचलन हुने भएको छ । भीमदत्त नगरपालिका १८ महेन्द्रनगर वर पिपलस्थीत राधाकृष्ण मन्दिरमा श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ संचलन हुने भएको हो । राधाकृष्ण मन्दिर प्रबन्ध समिति र राधेराधे मातृशक्तिको संयुक्त आयोजनामा १८माघदेखि साताव्यापी कार्यक्रमको आयोजना गरीएको राधाकृष्ण मन्दिर प्रबन्ध समितिका अध्यक्ष ऋर्षिराम खरेलले बताए । उनले तेस्रो पटक लाग्न लागेको महायज्ञ सम्पन्न गर्नका लागि मुल आयोजक समिति, सहितका विभिन्न उपसमिति गठन गरीएको बताए ।
अन्तराष्ट्रिय कथाबाचक आचार्य दिपक भाई जोशी र आचार्य साजन तिवारीबाट दैनिक प्रबचन, पुजा आरती, कथा बाचन, सहितका धार्मिक कार्यक्रम गरिने महायज्ञको पहिलो दिन विहान कलस यात्रा सहित उद्धघाटन गरीने उनले बताए ।
राधेराधे मातृशक्तिकी अध्यक्ष लक्ष्मी जोशीले जेनजी आन्दोलनका क्रममा मारिएका बालबालिकाको शान्तिका लागि समेत महायज्ञ संचालन गर्न लागेको बताए । राधेराधे मातृशक्तिकी सल्लाहकार महिला अगुवा नारा जोशीले समाजिक कार्यका लागि समाज सुधारका लागि महायज्ञ सरानिय हुने बताईन । महिला अगुवा भावना केसीले महायज्ञबाट विद्यार्थीलाई समेत सहभागिता गराईने र उनीहरुलाई नैतिक शिक्षा प्रदान गरिने बताए । राधाकृष्ण मन्दिरका सहकोषाध्यक्ष राजेन्द्र केसीले हरेक दिन धार्मिक कार्यक्रम प्रभावकारी बनाईने बताए । भीमदत्त नगरपालिका १८का वडासदस्य तथा युवा तथा सुरक्षा परिचालन समितिका संयोजक हेम बहादुर बस्नेतले कार्यक्रम प्रभावकारी बनाउने बताए । २४ माघसम्म हुने कार्यक्रममा सहभागिताका लागि आयोजकले भक्तजनहरुमा हार्दिक अपिल गरेको छ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...
बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज