Advertisement

अपि ईन्टरनेशनल पब्लिक स्कूलले पनि मनायो शहिद दिवस

महेन्द्रनगर – कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं १० तिलकेनीस्थीत अपि ईन्टरनेशनल पब्लिक स्कूलले पनि शहिद दिवस मनाएको छ । शुक्रबार अपि ईन्टरनेशनल पब्लिक स्कूलमा अध्ययनरत विद्यार्थी, शिक्षक, व्यवस्थापकसहितले महेन्द्रनगर बजारस्थीत महान शहिद दशरथ चन्दको शालिकमा फुलमाला माल्यार्पण गरी शहिद दिवस मनाएका हुन् । अपि ईन्टरनेशनल पब्लिक स्कूलका प्रिन्सिपल राजेन्द्र पाण्डेयले विद्यार्थीहरुलाई शहिदहरुको सम्झनामा शहिदको शालिकमा फुलमाला माल्यार्पण गर्न लगाएर विद्यालयले शहिद दिवस भव्यरुपमा मनाईएको बताए । ‘विद्यार्थीहरुलाई शहिदहरुको शालिकमै ल्याएर प्रत्यक्षरुपमा माल्यार्पण गर्न लगाई स्कूलले शहिद दिवस मनाएको छ, प्रिन्सिपल पाण्डेले भने ।
त्यसैगरी स्कूलका संञ्चालक खगेश्वरी भट्ट बोगटीले विद्यार्थीहरुलाई शहिदहरुको योगदानको बारेमा प्रयोगात्मकरुपमा ज्ञान दिन र देशप्रति मायाप्रेम भाव जगाउनका लागि शहिदको शालिकमा ल्याई माल्यार्पण गर्न लगाईएको बताए । ‘यहा विद्यार्थीहरुलाई ल्याउनुको मुख्य उदेश्य शहिदहरु सम्बन्धी जानकारी र माल्यार्पण गराउन हो,’ उनले भनिन् ‘शहिदहरु कसरी शहिद भए ? उनीहरुको योगदान के रहेछ ? भन्ने कुराहरु प्रयोगात्मकरुपमै बुझाउन र देशप्रति मायाप्रेम भाव जगाउन विद्यार्थीहरुलाई यहा ल्याएका हौ ।’
विद्यार्थीहरुले शहिदहरुको बारेमा कितावमा पढदै आईरहेता पनि प्रत्यक्षरुपमा शालिकमै पहिलो पटक माल्यार्पण गरेको बताउदै शहिदहरको सम्मान सधै गरीरहने र उनीहरुले देशको लागि गरेको त्याग र बलिदान कहिल्यै नविर्सने बताए । भावना कार्कीले शहिदको परिभाषा दिदै उनीहरुको सम्झनाका लागि शहिद दिवस मनाउने गरेको बताईन् । जनता र देशको लागि आफ्नो ज्यानको बलिदान दिने शहिदहरुको शालिकमा फुलमाला लगाएर सर्दाभाव व्यक्त गर्दै शहिद दिवस मनाइएको सृष्टी साउदले बताईन् ।
प्रयोगात्मक शिक्षालाई जोड दिदै आएको अपि ईन्टरनेशनल पब्लिक स्कूलले विद्यार्थीहरुको अभिरुचि अनुसार नै पठनपाठन गर्दै आएको छ ।
त्यसैगरी जिल्ला समन्वय समिति कञ्चनपुर सहितका सरकारी, गैर सरकारी संघ संस्थाहरुको आयोजनामा प्रभातफेरीदेखि रक्तदान, स्वास्थ्य स्कृनिङ्गसम्मका कार्यक्रमहरु गरीएका छन् ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...
बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज