Advertisement

महेन्द्रनगर काठमाण्डौ रुटमा पवनदुत यातायात एण्ड अटोको राजगद्धी एसी सेवा सुरु

महेन्द्रनगर – महेन्द्रनगरदेखि काठमाण्डौ कालागि सुविधासम्पन्न राजगद्धी एसी बस सञ्चालनमा आएका छन् । आईतबार एक औपचारीक कार्यक्रमको अयोजना गरी पवनदूत यातायात एण्ड अटो म्यानेजमेन्ट प्रालिले काठमाण्डौ यात्राकालागि सुविधासम्पन्न राजगद्धी एसी वस सेवा संञ्चालनमा ल्याएको हो । पवनदूत यातायात एण्ड अटो म्यानेजमेन्टले यस अघि महेन्द्रनगर–काठमाडौ रुटमा सितारा गाडी सन्चालन गर्दै आएको थियो । सुविधासम्पन्न राजगद्दी बस महेन्द्रनगर र काठमाडौ बस पार्कबाट हरेक दिन दैनिक ४ बजे छुट्ने छन् ।



पवनदूत यातायात एण्ड अटो म्यानेजमेन्ट प्रालिका अध्यक्ष निराजन थापाले सार्वजनिक यातायातमा अहिलेसम्मकै सुविधासम्पन्न सेवा भएको बताए । ‘पछिल्लो समय यो सबैभब्दा आधुनिक, उच्च स्तरीय सुपर डिलक्स सेवा हो,‘उनले भने, ‘समय अनुसार सेवालाई परिस्कृत गर्दै जाने योजना अनुसार नया गाडीबाट सेवा दिन लागिएको हो।’



नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका उपाध्यक्ष डम्वर दत्त पन्तले बसको ढोकामा रिबन काटेर सेवा उद्घाटन गरे । आइतबार महेन्द्रनगरदेखि १५८७ नम्बरको बस काठमाण्डौ हिडेको छ । उक्त बस यातायात व्यवसायी अमर चौधरीको हो । चौधरी सहित शङ्कर चन्द, शेर सिंह कुवर, जितेन्द्र सिंह लगायतले राजगद्दी गाडी किनेका हुन् । 
बस धनी चौधरीले यात्रुको सुबिधाका लागि नयाँ गाडी ल्याएर सञ्चालन गर्न लागिएको बताए । चौधरीले यात्रुलाई आरामदायी यात्रा गराइने र बिस्कुट पानी नमकिन दिइने बताए । उद्घाटन कार्यक्रममा चौधरी सहित वस धनी चालक तथा सह चालकलाई टिका र खादा लगाएर सम्मान गरिएको छ ।



नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष पन्तले पवनदूत यातायात एण्ड म्यानेजमेन्ट प्रालिले यस क्षेत्रका वासिन्दालाई दिएको सेवा र समय सापेक्ष नयाँ सेवा सञ्चालनमा ल्याएकोमा बधाई दिए ।

उनले यातायात व्यवसाय क्षेत्र बिषम परिस्थितिमा पुगेको र अस्वस्थ प्रतिस्पर्धा र मजदूरको आर्थिक कारणले तहसनहस बन्न लागेको भन्दै चिन्ता व्यक्त गरे । ‘यातायात बिषम परिस्थितिमा छ, त्यो कुरा भनि राख्नु पर्ने छैन’ उनले भने ।

उपाध्यक्ष पन्तले सबै यातायात संस्था भीमदत्त नगरपालिकाको वस पार्कबाट आफ्नो सेवा विस्तार गर्दै आएको मन्तव्यमा उल्लेख गरे ।
तहसनहस अवस्थामा पुग्न लागेको यातायात क्षेत्र सुुधारका लागि आफूले जस्तोसुकै त्याग गर्ने उपाध्यक्ष पन्तले प्रतिवद्धता व्यक्त गरे । यातायात क्षेत्रको लडाई राज्यसित हुनु पर्नेमा जोड दिँदै उनले व्यवसायी र मजदुर एकजुट भएर अघि बढ्नु पर्ने आवश्यकता औंल्याउँदै उनले सबै संस्थालाई एकै स्थानमा आउनु पर्नेमा जोड दिए ।



उपाध्यक्ष पन्तले अस्वस्थ प्रतिस्पर्धा र बिचौलियाका कारण करोडौ लगानी गरी व्यवसाय गर्ने व्यवसायी समस्या परी तहसनहस हुने अवस्थामा आएको भन्दै आफू पदीय हैसियताले आफूसित भएको बुद्धि विवेकले अघि बढ्ने पन्तले उल्लेख गरे ।

कार्यक्रममा उनले व्यक्ति रहे सेवा र संस्था रहे व्यवसाय गर्न पाउने अवस्था रहेको र यस्तो नभए व्यवसाय भयावह अवस्थामा पुग्ने चिन्ता व्यक्त गरे । ‘मैले धेरै कुरा भनि राख्नु पर्ने अवस्था छैन, यातायात र व्यवसायी दुबै विषम परिस्थितिमा छौ, त्यसैले यो भरपर्दो र आरामदायी सेवाका लागि फेरि शुभकामर्ना दिन चाहन्छु’ उनले भने ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका इन्चार्ज प्रहरी निरीक्षक बालेन्द्र नाथले जनशक्ति व्यवसथापन र गति नियन्त्रणमा ध्यान दिएर सेवा सञ्चालन गर्न पर्ने आवश्यकता औल्याए । उनले गति नियन्त्रण नभएर धेरै सवारी दुर्घटना भएको उल्लेख गर्दै नयाँ सेवा सञ्चालन गरेका सवारीले यसमा गम्भीर हुन सुझाव दिए । 
कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ कञ्चनपुरका अध्यक्ष निरञ्जन मल्ल, शुक्लाफाँटा यातायात प्रालिका अध्यक्ष सुरेश खड्का, पवनदूत सार्वजनिक यातायात सार्वजनिक प्रालिका अध्यक्ष महेश बोहरा लगायत सहभागी भए ।

सरकारले यातायात समिति विघटन गरेपछि तत्कालिन पवनदूत यातायात समितिका व्यवसायीले म्यानेटमेन्ट र सार्वजनिक प्रालि सञ्चालन गरेका हुन् ।

पवनदूत अटोले सात वर्षदेखि काठमाडौं रुटमा सेवा सञ्चालन गर्दै आएको छ । ९ वर्ष अघि प्रालि खोलिएको थियो । पवनदुत यातायात एण्ड अटो म्यानेजमेन्टसंग ६८ गाडी छन् । नयाँ पाँच थपिएपछि ७३ गाडी पुगेका भएका छन् । 
राजधानी काठमाडौ सहित दिल्ली, गोकुलेश्वर, मेलौली, बाजुरा, नेपालगञ्ज, सुर्खेत, धनगढी र जिल्लाभित्र सबै रुटमा गाडी सञ्चानल छन् । समितिका सदस्य कर्म बहादुर सिहले बझाङ्ग रुटमा गाडी सञ्चालन गर्ने तयारी गरिएको बताए ।

नयाँ सञ्चालन गरिएको गाडीमा आरामदायी सीट सहित ८ जनाले सुत्न मिल्ने स्लिपर, टीभी, वाइफाइ, एसी लगायतका सेवा भएको प्रालिका कार्यालय प्रमुख बिरेन्द्र बहादुर शाहले बताए ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

संविधान दिवसको पूर्वसन्ध्यामा मन्त्रालय परिसर तथा मुख्यमन्त्री निवास वरपर सरसफाई

संविधान दिवसको पूर्वसन्ध्यामा मन्त्रालय परिसर तथा मुख्यमन्त्री निवास वरपर सरसफाई

धनगढी – सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले संविधान दिवसको पूर्वसन्ध्यामा मन्त्रालय परिसर तथा मुख्यमन्त्री निवा...
उग्रतारा बाल विद्यालयकी स्वर्णीमा यूएन महासभामा सहभागी हुँदै

उग्रतारा बाल विद्यालयकी स्वर्णीमा यूएन महासभामा सहभागी हुँदै

महेन्द्रनगर – कञ्चनपुरको बेलौरीस्थित उग्रतारा बाल विद्यालय कक्षा १० मा अध्ययनरत विद्यार्थी स्वर्णीमा कँडेल संयुक्त राष्ट्र संघको ८...
बाढी पीडितलाई होली फेमली स्कुलको तिन लाख ३१ हजार रुपया सहयोग

बाढी पीडितलाई होली फेमली स्कुलको तिन लाख ३१ हजार रुपया सहयोग

महेन्द्रनगर – होली फेमली इङ्गलिश मिडियम स्कुलले भोटेकोशीमा आएको बाढीपिडितका लागि आर्थिक सहयोग गरेको छ । भदौ १० गते भोटेकोशी नदीमा ...
सुदू्पश्चिममै पहिलो पटक अनुसन्धान सम्मेलन हुदै

सुदू्पश्चिममै पहिलो पटक अनुसन्धान सम्मेलन हुदै

महेन्द्रनगर – सुदूरपश्चिम प्रदेशमै पहिलो पटक अनुसन्धान सम्मेलन हुन लागेको छ । कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका ४ स्थित सार्क एज...
दार्चुलाका बाढी–पहिरो प्रभावितलाई तत्काल पुनःस्थापना गर्न एमालेको आग्रह

दार्चुलाका बाढी–पहिरो प्रभावितलाई तत्काल पुनःस्थापना गर्न एमालेको आग्रह

धनगढी- दार्चुला जिल्लाको पश्चिमोत्तरको व्यास गाउँपालिका–४ मडगाउँमा गत भदौ २८ गतेको अविरल वर्षापछि आएको बाढी–पहिरोले ७ परिवार बिस्थ...
गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पुराना राजनीतिक दलहरूलाई लक्षित गर्दै दिएको उग्र अभिव्यक्तिप्रति नेकपा (एमाले) का अध्यक्ष केपी ...
भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज