मर्निङ ग्लोरी सेकेन्डरी स्कूलमा विज्ञान प्रदर्शनी
महेन्द्रनगर– मर्निङ ग्लोरी सेकेन्डरी स्कूलमा विज्ञान प्रदर्शनी कार्यक्रम गरिएको छ । प्रदर्शनीमा विद्यार्थीहरुले कक्षामा सिकेका कुराहरूलाई व्यवहारमा उतार्न खोजेको देखिन्छ । उनीहरूले रिमोट कार, लन्डन ब्रिज, बोट बिरुवाका भागहरू, ईको प्रणाली, नाष्ट प्रयोगशाला, ज्वालामुखी, ईलेक्ट्रोनिक म्याग्नेट लगायतका विज्ञान सामाग्री प्रदर्शन गरेका छन् ।
कक्षा ४मा पढ्ने आरभ भट्ट र उनका साथीहरुले मिलेर सोलार सिस्टम बनाएर प्रदर्शनीमा राखेका छन् । त्यसैगरी कक्षा ९का प्रतिप ओझा र उनका साथीहरुले ईलेक्ट्रोनिक म्याग्नेट प्रदर्शनमा राखेर अन्य विद्यार्थीहरुलाई त्यसको बारेमा जानकारी दिए ।
कक्षा ६मा पढ्ने युवराज गिरीले रिमोट कार बनाएर प्रदर्शन गरेका छन् । उनले उक्त कार बनाउन साढे चार सय खर्च गरेको बताए ।
त्यसैगरी भविष्यमा नर्स बन्ने लक्ष्य बोकेकी कक्षा ९मा पढ्ने प्रवेशिका जोशीलगायतका छात्राहरुको समुहले नेपालको...




















