Advertisement

पूर्वमन्त्री प्रेम आले कैलाली–५ बाट प्रतिनिधिसभा उम्मेदवार

हेमा भट्ट, धनगढी – पूर्वमन्त्री तथा अनुभवी कम्युनिस्ट नेता प्रेम आलेले कैलाली निर्वाचन क्षेत्र नम्बर–५ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन्। उनले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को तर्फबाट उम्मेदवारी दिएका हुन्।
प्रतिनिधिसभाका पछिल्ला तीनवटै निर्वाचनमा डोटी जिल्लाबाट लगातार निर्वाचित हुँदै ‘ह्याट्रिक’ जित हासिल गरेका आले यसपटक पार्टीको रणनीतिअनुसार कैलालीबाट मैदानमा उत्रिएका हुन्। नेकपाले डोटीमा सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री त्रिलोचन भट्टलाई उम्मेदवार बनाएको छ।
सुदूरपश्चिम प्रदेशको पहिचान र अधिकारका सवालमा लामो समयदेखि सक्रिय आले संघीय संरचनामा मुलुक प्रवेश गर्ने क्रममा धनगढीमा भएको ऐतिहासिक अखण्ड सुदूरपश्चिम आन्दोलनका प्रमुख नेतृत्वकर्तामध्ये एक हुन्। उनले सुदूरपश्चिमका राजनीतिक, सामाजिक तथा विकाससम्बन्धी मुद्दालाई राष्ट्रिय तहमा स्थापित गर्न महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका छन्। धनगढीमै स्थायी बसोबास रहेकाले कैलालीसँग उनको सम्बन्ध पनि दीर्घकालीन रहेको छ।
कैलाली–५ मा उम्मेदवारी दिएपछि आलेले क्षेत्रको समग्र विकास, पूर्वाधार विस्तार, शिक्षा र स्वास्थ्य सेवाको सुदृढीकरण तथा रोजगारी सिर्जनालाई आफ्नो प्रमुख प्राथमिकता रहने बताएका छन्। उनका प्रमुख एजेन्डामा सेती प्रादेशिक अस्पतालको स्तरोन्नति, फाप्ला क्रिकेट खेलमैदानको विकास, धनगढी विमानस्थलको विस्तार, गेटा मेडिकल कलेजको प्रभावकारी सञ्चालन, तराई–पहाड–हिमाल जोड्ने सडक सञ्जाल, चीन सीमा जोड्ने रणनीतिक सडक तथा कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रको सुधार रहेका छन्।
पत्रकारहरूसँग कुरा गर्दै आलेले विकासलाई पहिलो प्राथमिकता दिँदै भने, “म संसद बन्न होइन, विकास गर्ने स्पष्ट योजनाका साथ अघि बढेको हुँ। यदि जनतासँग गरेका प्रतिबद्धता पूरा गर्न सकिनँ भने संसद पदबाट समेत राजीनामा दिन तयार छु।”
राजनीतिक विश्लेषकहरूका अनुसार अनुभवी र जनपरिचित नेताको रूपमा आलेको उम्मेदवारीले कैलाली–५ को चुनावी प्रतिस्पर्धालाई थप चासोपूर्ण बनाएको छ। स्थानीय तहका पार्टी नेता तथा कार्यकर्ताहरूले समेत उनको उम्मेदवारीले संगठनलाई मजबुत बनाएको प्रतिक्रिया दिएका छन्।
सुदूरपश्चिमको विकास र अधिकारका मुद्दालाई निरन्तर उठाउँदै आएका आलेको यसपटकको चुनावी यात्रालाई क्षेत्रीय राजनीतिक सन्तुलन तथा आगामी प्रतिनिधिसभा गठनका दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

सुकासालमा इन्डोर क्रिकेट ट्रेनिङ सेन्टर सञ्चालन आयो

सुकासालमा इन्डोर क्रिकेट ट्रेनिङ सेन्टर सञ्चालन आयो

महेन्द्रनगर - होली फेम्ली क्रीकेट एकेडेमीद्वारा संचालित "इन्डोर क्रीकेट ट्रेनिङ सेन्टर " सञ्चालनमा ल्याइएको छ । मंगलबार होली फेँम्...
१४ महिला आइतबारदेखि सम्पर्कविहीन

१४ महिला आइतबारदेखि सम्पर्कविहीन

महेन्द्रनगर - शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा च्याउ खोज्न गएका १४ जना सम्पर्क बिहिन भएका छन् । भीमदत्त नगरपालिका १९ का उनीहरू निकु...
भारतको पञ्जावमा चोरीएका गहना आपको रुखमा भेटिएपछि ……

भारतको पञ्जावमा चोरीएका गहना आपको रुखमा भेटिएपछि ……

महेन्द्रनगर – दोधारा चादनी नगरपालिका वडा नं. ९ झाक्रिटोलकी सम्झना धामीको घरबाट असार ३२ गते बिहिबार दिउसो २ बजे प्रहरीले बहुमुल्य ग...
टर्चलाइटको भरमा प्रसूति सेवा, कोटपेटरा स्वास्थ्य चौकीमा विद्युत् संकट

टर्चलाइटको भरमा प्रसूति सेवा, कोटपेटरा स्वास्थ्य चौकीमा विद्युत् संकट

महेन्द्रनगर - बैतडीको डिलासैनी गाउँपालिका–२ स्थित कोटपेटरा स्वास्थ्य चौकीमा विद्युत् सेवा अवरुद्ध हुँदा स्वास्थ्य सेवा प्रभावित बन...
सरकारी सञ्चारमाध्यममा करार पत्रकार विस्थापनको प्रयासमा चौतारीको आपत्ती

सरकारी सञ्चारमाध्यममा करार पत्रकार विस्थापनको प्रयासमा चौतारीको आपत्ती

काठमाडौं – प्रेस चौतारी नेपालले सरकारी सञ्चारमाध्यममा लामो समयदेखि कार्यरत करार सेवाका श्रमजीवी पत्रकार तथा कर्मचारीलाई योजनाबद्ध ...
भीमदत्त नगरपालिका वडा नं. ९को सार्वजनिक सुनुवाई सम्पन्न

भीमदत्त नगरपालिका वडा नं. ९को सार्वजनिक सुनुवाई सम्पन्न

महेन्द्रनगर – भीमदत्त नगरपालिका वडा नं. ९ ले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिकाको सबैभन्दा बिकट वडाकोरुपमा रह...
संविधान संशोधन कार्यदलबाट एमालेले प्रतिनिधि फिर्ता बोलायो

संविधान संशोधन कार्यदलबाट एमालेले प्रतिनिधि फिर्ता बोलायो

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले संविधान संशोधन बहसपत्र तयारी कार्यदलबाट आफ्नो प्रतिनिधिलाई औपचारिक रूपमा फिर्ता बोला...
भरुवा बन्दुकसहित दम्पती पक्राउ

भरुवा बन्दुकसहित दम्पती पक्राउ

महेन्द्रनगर - कञ्चनपुर जिल्लाका एक दम्पती प्रहरी हिरासतमा छन् । जिल्लाको कृष्णपुर नगरपालिका वडा नं ९ पिपरियाका जोखराम राना र जानकी...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज