Advertisement

सत्यवादी माविले मनायो ४३औ बार्षिकोत्सव तथा अभिभावक दिवस

महेन्द्रनगर – सत्यवादी माध्यमिक विद्यालयको ४३औं बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरीएको छ । शुक्रबार शिक्षक अभिभावक संघ अध्यक्ष वीर बहादुर चन्दको सभापतित्व तथा शिक्षा विकास तथा समन्वय इकाई प्रमुख लक्ष्मण गिरीको प्रमुख आतिथ्यतामा अभिभावक दिवस भव्यताका साथ मनाईएीको हो । त्यसैगरी विशिष्ठ अतिथिमा भीमदत्त नगरपालिका वडा नं ५ का वडा अध्यक्ष एबम नगर प्रवक्ता पदम राज अवस्थी र शिक्षा शाखा प्रमुख हरी जोशी रहेका थिए । यसैगरी कार्यक्रममा भीमदत्त शिक्षा शाखाका अधिकृत दिपेन्द्र बिष्ट, बैजनाथ माबीका पीटीए अध्यक्ष नव राज भट्ट, प्रधानाध्यापक नरेन्द्र राज जोशी, महेन्द्रनगर माबी साधारण स्कुलका अध्यक्ष बिरेन्द्रराज बिष्ट, प्रधानाध्यापक देबराज भट्ट, लक्ष्मी माबी बागफाटाक प्रधानाध्यापक प्रमानन्द नाथ, महेश्वर माबी सुकासालका प्रधानाध्यापक जनकराज जोशी, जनसेवा माबी हल्दुखालका प्रधानाध्यापक कल्पना पाण्डेय जोशी, नेपाल शिक्षक महासङघ कंचनपुरका अध्यक्ष निर्मला जोशी, त्रिवेणी आधारभूत बिधालयका प्रधानाध्यापक ज्ञानु आग्री, शिव ज्ञानेश्वर आधारभूत बिधालयका प्रधानाध्यापक शेर सिह महरा, सरस्वती माबिका प्रधानाध्यापक जनक राज जोशी, भानु माबिका शिक्षक डम्वर जोशी लगायत अतिथि रहेका थिए ।

बार्षिकोत्सवमा प्रधानाध्यापक सुरेन्द्र सिंह साउदले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
पदम राज अवस्थी, देवेन्द्रराज बिष्ट, डम्मर जोशी, निर्मला जोशी, निवर्तमान विविस अध्यक्ष रमेश दयाल र समाजसेवी अजय चन्द, जिल्ला शिक्षा समन्वय कार्यालय प्रमुख लक्ष्मण गिरीले शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा बिधालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष रमेश दयाललाई सम्मान गरिएको छ । कार्यक्रममा अजब बहादुर चन्दले गरिब तथा बिपन्न विद्यार्थीहरूलाई ६ थान साइकल वितरण गरे । उत्कृष्ट शिक्षक, कर्मचारी, अभिभावक, विद्यार्थीहरूलाई सम्मान तथा पुरस्कृत गरिएको छ । अक्षयकोषमार्फत २९ जना विद्यार्थीहरूले छात्रवृत्ति प्राप्त गरेका थिए । सत्यवादी माध्यमिक विद्यालय कल्याणकारी अक्षयकोषमा स्थानीय लक्ष्मी जोशीले ५० हजार उपलब्ध गराईन ।

गत बर्षको एसईई परिक्षामा सहभागि मध्ये ३ दशमलव ८४ जिपिए ल्याउने विद्यार्थी सञ्जय थापालाई नगद रु ५ हजार पुरस्कार प्रदान गरिएको छ । सामुदायिक विद्यालय प्रति आकर्षण बृद्धि गर्ने उदेश्यले विद्यालयले एसईई परिक्षामा ३ दशमलव ६० जिपिएभन्दा बढि अंक ल्याउने विद्यार्थीलाई नगद रु ५ हजार पुरस्कार दिने घोषण गरेको थियो ।
त्यसैगरी तीन जना उत्कृष्ठ अभिभावकलाई सम्मान गरिएको छ । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक प्रस्तुति पस्केका थिए । कार्यक्रममा कक्षागत रुपमा अध्ययनमा उत्कृष्ठ विद्यार्थी र अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार मेडल तथा प्रमाण पत्र वितरण गरिएको छ ।
कक्षा १ देखि १० सम्म अध्ययन हुँदै आएको विद्यालयमा ५ सयबढि विद्यार्थी अध्ययनरत रहेका छन ।

 

शिक्षक जगदीश ओझा र खेमराज जोशीले सञ्चालन गरेको कार्यक्रममा विद्यार्थी सृष्टि साउद र प्रज्ञा पन्तले स्वागत मन्तव्य राखेका थिए

 

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...
बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज