Advertisement

बैतडीका कार्की घुसुडी महोत्सवमा दिनकै ५० हजारबढिको कारोवार गर्दै

महेन्द्रनगर–कञ्चनपुर जिल्लाको महेन्द्रनगर बजारस्थीत खुलामञ्चमा घुसुडि महोत्सवको रौनक चलेको छ । महोत्सवमा विभिन्न प्रकारका स्टलहरु राखिएका छन् । मेलाको प्रवेशद्धार भित्र पस्नेवित्तिकै पहिलो स्टलमा एक जना हसिलो अनुहारका अधबैसे उमेरका देखिने युवा अर्गानिक अचारहरु … आमको अचार, लप्सीको अचार, सन्तुलाको अचार भन्दै उपभोक्ताहरुलाई आफुतिर आकर्षण गरीएको दृष्य देख्न सकिन्छ । उनको बोली मिठो भएपनि उनले विक्रिका लागि राखेका विभिन्न १५ प्रकारका फरकफरक परीमाण तोकिएका अचारहरु भने अमिलो(खट्टो–खट्टो) अर्थात मुखै रसाउने स्वादका छन् ।

 

बैतडीका गाँउघरमा उत्पादन गरीएका कृषिजन्य खाद्य पदार्थ र घरेलु सामाग्रि मेलामा विक्रि गर्न दोगडाकेदार गाउपालिका ७ बैतडी बाट आएका टेक बहादुर कार्की दैनिक ५० हजारभन्दा माथिको कारोवार गरीरहेका छन् । आप, अमल, लप्सी, कागती, गाजर, मुला, मौसमी, डल्ले खुर्सानी, बयर, किवि लगायत गरी १५ प्रकार अचार उनले विक्रि गरीरहेका छन् ।
मेलामा अरु समयको भन्दा ४/५ गुणा बढि कारोवार हुने गरेकाले जहाँजहाँ मेला महोत्सव लाग्ने गर्छ त्यहात्यहा पुग्ने गरेको उनी बताउछन् । ‘मेला महोत्सवमा बिक्रीको परिमाणमा परिवर्तन हुन्छ, अरु बेलाको भन्दा ४/५ गुणाबढि कारोवार हुन्छ,’ उनले भने ‘जहाँ जहाँ मेलामहोत्सव लाग्छन सकेसम्म पुग्छु ।’

 

कार्की आफ्नो फर्मले उत्पादन गरेका सामाग्रि मात्रै विक्रि नगरी अन्य किसानको पनि खरिद गरी ल्याउने गरेको सुनाउछन् । ‘म मेरो फर्ममा मात्रै नभई अन्य गाउले साथीभाई पनि विक्रि गरीदिनुभन्छनु उनीहरुले उत्पादन गरेका गुणस्तरीय बस्तु पनि विक्रि गर्छु , नाई भन्न सकिदैन्,’ उनले भने ।

 

उक्त स्टलमा पहाडी गुण, जैविक महँ, सिस्नोको धुलो, पहाडमा उत्पादन गरीएका विभिन्न प्रकारका दाल तथा गेडागुडी सुफत मूल्यमा पाईने कार्कीले बताए । कार्कीलाई उनका छोराछोरीले व्यपारमा सघाउदै आएका छन् । महोत्सवको उद्धघाटनकै दिन पुष २९ गतेका दिनदेखि राखेको उनको ष्टलमा घरायसी प्रयोजनका लागि बेतबासबाट बनेका सामाग्रिहरु सुप्पा, छाप्रा, कुर्सी, मदानी लगायत पनि सुफत मूःल्यमा पाईने गरेको टेक बहादुर कार्कीले बताए ।

 

८ बर्ष अगाडि अचार बनाउने तालिम लिएर २० हजार लगानी गरी लघु उद्यमबाट सूरु गरीएको उद्यमशिलतालाई विस्तारै सुदर्शन कृषि तथा लघु उद्यममार्फत बजारीकरण गरीएसंगै उनले अमेरीका, जापान लगायतका देशहरुमा मासिक २० केजिभन्दाबढि अचार पठाउने गरेका छन् । अमेरीका जापानलगायतका देशमा बस्ने नेपालीहरुले नै उनले उत्पादन गरेका अचार उपभोग गर्दै आएका छन् ।
सुरुमा अचार बनाउने १५ दिने तालिम लिएका उनी अहिले अरुलाई अचार बनाउन र मौरी पालनसम्बन्धी तालिम दिने गरेका छन् । ‘पहिले घरको काम गर्ने गरेको हो, ८ बर्ष अगाडि पालिकाले अचार बनाउने तालिम दिएको थियो, पछि विस्तारै मैले अचार बनाउने लघु उद्यम नै सूरु गरे,’ उनले भने, ‘अहिले त म आफै अरुलाई समेत तालिम दिने गरेको छु ।’
एक बर्षदेखि धनगढीमा शाखा खोलेर पहाडमा उत्पादन गरीएका कृषि उपजहरु बजारीकरण तथा विक्रिवितरण गरीरहेको उनले बताए । ‘एक बर्ष भयो धनगढी शाखा आधिकारीकरुपमा खोलेको तर कारोबार त ३ वर्षदेखि गर्दै आएको थियौ।’

 

कार्कीले उक्त व्यवसायबाट नै घरखर्चदेखि घरघडेरीसम्म जोडेका बताए । उक्त व्यवसायबाटै छोराछोरीको पढाई खर्च जुटाएका छन् । ‘मैले धनगढीमा एक कट्टा जमिन र अढाई तले घर पनि यही व्यवसायमा लागेर बनाएको हुँ,’ उनले भने, मेरा चार छोरा छोरी छन् उनीहरुको पनि पढाई खर्च पनि यहीबाट गर्छु । व्यवसाय मलाई ठिकै भएको छ ।’ उनका एक छोरा र ३ छोरीसहित ६ जनाको घरपरिवार रहेको छ । उनकी जेठी जापानमा कृषि विषय अध्ययन गरीरहेकी छन् ।
अचार व्यवसायमा जमेका उनी विदेश जानुभन्दा नेपालमै व्यवसाय गर्नु ठिक लागेको बताउछन् । ‘विदेशमा जानु भन्दा यही व्यवसाय ठीक छ, यसले नै घर घरेडी बनाएको छु,’ उनले अगाडि भने, ‘सायद यो व्यवसाय नगरेको भए पहाडका बनपाखामा र गाउघरमा बरालिदै बसेको हुन्थ्ये ।’
उनले विक्रि गर्ने सिस्नो धुलो पहाडमा कुहेर खेर जाने सिस्नुबाट उत्पादन गरीएको हो । उक्त सिस्नो पिठोलाई मसलाको रुपमा तरकारीमा मिलाएरमा खाएमा स्वास्थ्यका लागि लाभदायिक हुने उनी बताउछन् ।
स्टार्टअफ कर्जा नपाएको गुनासो गर्ने कार्की आफुले उक्त कर्जा पाएमा २÷४ जना युवाहरुलाई रोजगारी दिने, व्यवसायलाई अन्तराष्टिय करण गर्ने योजना रहेको बताउछन् ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

डडेल्धुरा — बाढी तथा पहिरोलगायत प्राकृतिक विपद्बबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले डडेल्धुरा...
रसुवाका बाढीपहिरो पीडितका लागि मेगा सहकारीको १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग

रसुवाका बाढीपहिरो पीडितका लागि मेगा सहकारीको १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग

महेन्द्रनगर — रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि कञ्चनपुरको...
एमाले सुदूरपश्चिम संसदीय दलको बैठक : भोटेकोशी बाढीपीडितलाई सात दिनको तलब सहयोग गर्ने निर्णय

एमाले सुदूरपश्चिम संसदीय दलको बैठक : भोटेकोशी बाढीपीडितलाई सात दिनको तलब सहयोग गर्ने निर्णय

धनगढी - नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको बाढीबाट प्रभावित तथा पीडितलाई सहयोग गर...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

महेन्द्रनगर- सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्र सिंह रावलले बिहीबार भीमदत्त नगरपा...
बैतडीमा पहिरोले बस्ती जोखिममा, स्थानीयमा त्रास

बैतडीमा पहिरोले बस्ती जोखिममा, स्थानीयमा त्रास

नरेश बोहरा, बैतडी — बैतडीको सुर्नया गाउँपालिका–८ ढोले (रातापानी) मा पहिरोले बस्ती जोखिममा परेको छ । वर्षौंदेखि निरन्तर बगिरहेको पह...
कञ्चनपुर उद्योग बाणिज्य संघले साउनभित्र सदस्यता नविकरण गर्ने सदस्यको दुई लाख दुर्घट्नाको विमा निशुल्क गर्दै

कञ्चनपुर उद्योग बाणिज्य संघले साउनभित्र सदस्यता नविकरण गर्ने सदस्यको दुई लाख दुर्घट्नाको विमा निशुल्क गर्दै

महेन्द्रनगर – कञ्चनपुर उद्योग बाणिज्य संघले साउनको मसान्तभित्र सदस्यता नविकरण गर्ने सदस्यको विमा रकम दोब्बर बढाएको छ । कञ्चनपुर उद...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज