उदयदेव बहुउदेश्यीय सहकारी संस्था उत्कृष्ठ करदाताकोरुपमा सम्मानित, दुई करोड १५ लाख २३ हजार १७५ रुपया राजश्व बुझायो
महेन्द्रनगर - कञ्चनपुरमा उदयदेव बहुउदेश्यीय सहकारी संस्था उत्कृष्ठ करदाता घोषित भएको छ । आन्तरिक राजश्व कार्यालय महेन्द्रनगरले आर्थिक बर्ष २०८१/०८२ मा सबैभन्दा बढि कर तिरेको भन्दै उदयदेव बहुउदेश्यीय सहकारी संस्थालाई उत्कृष्ठ करदाता घोषणा गर्दै सम्मान गरेको हो ।
आन्तरिक राजश्व कार्यालय महेन्द्रनगरले सोमबार राष्ट्रिय कर दिवस ०८२कोे अवसरमा औपचारीक कार्यक्रमको आयोजना गरी सहकारी संस्थालाई सम्मानपत्र हस्तान्तरण गरेको छ ।
आन्तरिक राजस्व कार्यालय कञ्चनपुरकोे तथ्याङ्क अनुसार जिल्लाभरीमा ३३ हजार करदातामध्ये गत आर्थिक बर्ष ०८१/०८२मा उदयदेव बहुउदेश्यीय सहकारीले सबैभन्दा बढी कर बुझाएको छ ।
गत आर्थिक बर्षमा उदयदेव सहकारीले सबैभन्दा बढी कर बुझाएकाले उत्कृष्ट सहकारी घोषणा गरी सम्मान गरिएको आन्तरिक राजस्व कार्यालय कञ्चनपुरका निमित्त प्रमुख विजय भुसालले बताए । उनका अनुसार सहकारीले २ करोड, १५ लाख २३ हजार ...




















